कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

भेटून् रोजै अमरपुरमा

विजयराज न्यौपाने

कस्तो राम्रो हँसमुख थियो कान्ति बान्की मिलेको

गोरो गोरो झलमल अहा ! जूनभैफँ झल्किएको

यस्तो राम्रो ढकमक अहा ! फक्रँदो फूल पक्री

च्यापिस् तैँले नियति कसरी दुःख्छ यो चित्त कक्री

कस्तो मीठो सहज कविता सिर्जना पत्र–पत्र

काटिस् तैँले नियति कसरी क्रूर भै कत्र–कत्र

देख्दा यस्तो हविगत जसै पोखियो अश्रु तप्प

खेपँू यस्तो जलन कसरी भित्र दुख्दो छ चस्स

भिज्नै पर्थ्यो तनभरि मिठो गोगने पात पानी

लाग्नै पर्थ्यो बल अधिक रे भोजको मेजमानी

के भो के भो किन कुसुमको तन्तु नै ओइलायो

त्यस्तो शोभा प्रकट किन भै फेरि आफैँ हरायो

न्यौपानेका चहक मणि हे वंशका रत्न दैबु

मान्छे चिन्ने हृदय रङले धन्य हो दिव्य चक्षु

के गर्ने खै अब त जसमै दैवको लात बज्य्रो

दुख्दा छाती द्रवित अति भो बन्धुको आँत चस्क्यो

पोल्टाका ती रसिक कविता गीत कल्ले सुसेल्छ

ढोका खोल्यो नव किरणले ज्ञान कल्ले समेल्छ

कस्तो कस्तो छल नियतिको भोग्नु पर्ने नटर्ने

देख्छौँ गम्छौँ मुखमुख खुबै मौन को भाव बुझने

फुक्ने को हो ? डबल मुरली तड्पिदो त्यो जुरेली

नाच्नै छोडी विकल पुतली फूलको त्यो तरेली

के बोलौँ खै विचलित सबै बन्धुझँै हुन् बचेरी

हेर्दा हेर्दै तररर भयो अश्रु धारा परेली

बाल्छौँ हामी दिलदिल दियो साँझमा लाखलाख

गछौँ हामी सकल दिलले मुक्तिको शान्ति पाठ

श्रद्धाका यी सबल गुरु हुन् सिर्जनाका मुहान

भेटून् रोजै अमरपुरमा शान्तिकामी बिहान

संपर्क