बालकाव्यकार दैवज्ञराज : छन्द कविताको सेरोफेरोमा
१. विषय प्रवेश
चराहरू चिर्बिराउँछन् । छाँगो छङ्छङाउँछ । झयाउँकिरी साँझमा झयाउँ–झयाउँ गरेर बास्छ । यसैको अनुकरणमा मान्छेले पनि सुसेल्न, गुन्गुनाउन र लेघ्रो तान्न सिकेको हो । खोलाका किनारामा बस्दा एकनासले खोलो सुसाएको र बतास पनि पेफरेर हुन्हुनाएको सुन्दा उसलाई पनि त्यसै गर्न मन लाग्दो हो । मृगशावक उप्रेफको देखेर, मयुर नाचेको देखेर नाच्न–उप्रफन, बुर्कुसी मार्न सिक्ने मान्छेले पक्कै पनि छन्दज्ञानका निमित्त छाँगा, छहरा, खोला,नदी र सिर्सिरे या हुन्हुनाएर चल्ने बतासलाई गुरु थापेन भन्ने आधार छैन । सुकेका बाँसका प्वालमा प्रविष्ट बतासले सुसेलेको गीतको कुरो कालिदासले मापसे गरेर भनेका होइनन् “स कीचकैर्मारुत पूर्णरन्ध्रेः” ।
नेपाली लोक कविता, लोकगीतमा शास्त्रीय भनिने छन्दकै जस्ता लोककविता र लोकगीत पाइन्छन् । यो कुरो प्रायः जस्तो भाषामा हुन्छ । नेपाली कवितामा छन्दको प्रयोग लोक र शास्त्र दुबैतिरबाट भएको पाइन्छ । नेपाली लोक समाजमा जाँतोमा सामल पिँध्दा गाइने जाँते गीतमा शार्दूलक्रिीडित छन्द पाइन्छ–
“सिमसिम् पानि परो सिमेलि वनमा लिसो परो केशमा
अर्काका पतिको कती गरुँ सुसार आफ्ना पती देशमा” (घ्वाइँघ्वाइँ)
यो गीत कसले गायो ? कहिले गायो ? कसैले बताउन सक्दैन । अनादिकालदेखि यस्ता गीतहरू गाइए, सुनिए, सुनाइए र परिवर्तन हुँदै, बदलिदै र हराउँदै पनि गए होलान् । कवित्तपारा र तत्कालीन व्रज अवधी मिश्रित सधुक्कडी भाषालाई एकाएक परित्याग गरी शुद्ध सलक्क परेका नेपाली बान्की र फाँकीका कविता लेख्न पक्कै पनि भानुभक्तलाई लोकगलाले नै सिकाएको अड्कल्न सकिन्छ । घरमा तरुनी स्वास्नी छाडेर धन कमाउन विदेशिने खसमका पत्नीहरूको पीडालाई कति मजाले ती दुई पङ्क्तिमा व्यक्त गरिएको छ । यस्तै अर्को एउटा जाँते गीतमा पत्नीले अनुराग प्रकट गरेको पाइन्छ–
“कालै छ दउरा, कालै छ सुरुवाल, कालै टोपी लाएको
जस्तो लाए पनी सुहाउने हजुरलाई कस्तो जनम् पाएको ?” (घ्वाइँघ्वाइँ)
यसमा पत्नीले आफ्ना पतिको रूपलावण्यको बखान गरेको देखिन्छ । या त पति घरमा नै भएर पनि पतिसँग कतिपय कारणले धित मरुञ्ज्याल जिस्कन, गिज्जिन र आपसी कुराकानी गर्न नपाएको पीडा जाँतामा अभिव्यक्त भएको छ । या त पति छँदाका प्रेमरागलाई ऊ परदेश गएपछि मध्यरातपछिको जाँतो पिँधाइको ऊर्जाका रूपमा उपयोग गरिएको हुन सक्ने देखिन्छ ।
१.१ वर्णमात्रिकछन्द प्रयोग र उपलब्धि
यस्तै धेरै प्रकारका भाका र लयले आप्लावित थियो र नै नेपाली लेख्य साहित्य पनि वर्णमात्रिक छन्दमा थपक्क बसेको हो । हिन्दी, मैथिली र बङ्गालीलाई वर्णमात्रिक छन्द त्यति नसुहाउने कारण नै के हो भने लोकमा यस प्रकारका भाका र गीतको अभाव थियो । अहिले पनि नेपाली पाखापखेरा अनेकौँ भाकाहरू पत्ता लगाउनै बाँकी रहेका हुन सक्दछन् । यसरी लामो लोक गतिविधिलाई पृष्ठाधारमा राखेर नेपाली अभिलिखित कविता विधामा वर्णमात्रिक, वार्णिक र मात्रिक छन्द प्रयोगको नालीबेली खोतल्दा शक्तिवल्लभ अर्याल नै पहिला व्यक्ति हुन् जसले वर्णमात्रिक छन्दमा कविता लेखे र नाटकमा पनि पद्य कविताको प्रयोग गरे । उनले आपैँफले संस्कृतमा लेखेको जयरत्नाकर नाटकमा सूक्तिमय पद्यको राम्रो उपस्थिति छ ।
“तनहुँ भकुण्डो” शीर्षकको यिनको पद्य कवितामा स्वागता छन्दको प्रयोग भएको पाइन्छ । १८३९ तिर रचना भनीे अड्कल गरिएको यस कवितालाई नै नेपाली छन्द कविताको प्रथम निसानी मान्नुपर्ने हुन्छ । शक्तिवल्लभ प्रथम छन्दका कवि, प्रथम अनुवादक (महाभारत विराट् पर्व र हास्यकदम्ब), प्रथम आख्यानको आरम्भकर्ता र प्रथम गद्यको आरम्भ कर्ता समेत देखिएका छन् । यसरी नै समकालीन भए पनि यिनका भतिजा उदयानन्द अर्याल नेपाली छन्दका दोस्रा कविका रूपमा देखा पर्दछन् । यिनको बेताल पच्चीसी, पुरानो बातको अर्जी, कुल वर्णन, पृथ्वीन्द्रोदय (काव्य) छन्दमा लेखिएका कृति हुन् । स्वागताबाट शक्तिवल्लभले प्रारम्भ गरेको छन्द प्रयोगलाई यिनले मालिनी, भुजङ्गप्रयात, शार्दूलविक्रीडित छन्दमा विस्तार गरेका छन् ।
सुन्दरानन्द बाँडाले “आशानदी” शार्दूलविक्रीडित छन्दमा लेखेका छन् । यिनले “त्रिरत्न सौन्दर्यगाथा” मा एघारओटा नेपाली श्लोक रचना गरेको पाइन्छ । अर्याल काका भतिजा जत्तिकै छन्दचालमा निपुण नभए पनि लोकलयको नजिकको रन्को आउने गरी यिनले नेपाली श्लोक रचना गरेको पाइन्छ । बाँडापछि रामभद्र पाध्या रेग्मीले नेपालीमा छन्द प्रयोग गरेका छन् । यिनको लक्ष्मी धर्म संवाद, “प्रशस्तिरत्नम्” का विषयवस्तु मिल्दाजुल्दा छन् ।
नेपाली कविताको प्राथमिक कालीन उत्तर कालखण्ड जसलाई भक्तिधारा कालका रूपमा पनि औँल्याउन सकिन्छ । यस कालमा एकातिर वार्णिक छन्द, मात्रिक छन्द र वर्णमात्रिक छन्दको प्रयोग भएको छ भने अर्कातिर कवित्त छन्दको प्रयोग पातलिएर लगभग अवशेष नै बनेको पाइन्छ । १८७१–७२ तिरको नेपाल अङ्ग्रेज युद्धले १८७२ मा सुगौली सन्धिका रूपमा अवसान भए पनि नेपाली वीरताको क्षेत्रमा भने यसले अभेद्य पर्खाल खडा गर्न, अवर्णनीय विश्राम गर्न र भावान्तर मार्ग खोज्न विवश बनाएको पाइन्छ । वीरताले घूँडा टेकी इस्तिहार सुम्पेर, काटिएका दुवै पँखेटाको पीडा खपेर बाँच्न बाध्य जटायुका अवस्थामा नेपाली शूरवीरको स्थिति भयो । यसै राष्ट्रिय मनोभावको मुक्तिका निमित्त भावान्तर मार्ग खोज्दै नेपाली स्रष्टाहरू कालीय दमन र कंशवध गर्न सक्षम कृष्णलीलाको चरणमा पुगे । शार्दूलक्रिीडित छन्दमा रचित वसन्त शर्माको “श्रीकृष्ण चरित्र” यसको साक्षी हो । वीरशाली पन्तले “विमल बोधानुभव” लाई शिखरिणी छन्दमा सजाएका छन् । स्वागता, शार्दूविक्रीडित, इन्द्रवज्रा, मालिनी, भुजङ्गप्रयात, कवित्त, शिखरिणी र सवाइ समेत गरी दुई प्रकारका छन्दको प्रयोग भएको देखिन्छ ।
भानुभक्तले एकातिर वर्णमात्रिक छन्दका अनेक सङ्ख्यालाई प्रयोगमा ल्याएका छन् भने अर्कातिर ढिकी, जाँताका बेला र मेलापातमा समेत प्रयोग हुँदै आएको शार्दूलक्रिीडित छन्दलाई नेपाली जातीय छन्दका रूपमा अवतरित गराएका छन् । यिनले वेदव्यास विरचित “अध्यात्म रामायण” को अनुवाद गरे पनि मौलिकताको महक भरेका छन् जो नेपालीको आदिकाव्य समेत मानिन पुगेको छ । “रामायण” मा शार्दूलविक्रीडित, स्रग्धरा, शिखरिणी, इन्द्रवज्रा, मालिनी, भुजङ्गप्रयात, स्वागता, द्रुतविलम्वित गरी आठवटा छन्दको सुन्दर प्रयोग पाइन्छ । रामगीता, बधूशिक्षा लगायत अन्य स्पुफट रचनामा भानुले वर्णमात्रिक छन्दको सुन्दर नमुना प्रस्तुत गरे । फलतः वर्णमात्रिक छन्द नेपालीका गलागलामा प्रवेश गर्न सफल भयो ।
आकाशमा अनेक तारा टिलपिलाए पनि प्राथमिक कालको सुरुमा शक्तिबल्लभ अर्याल र टुङ्ग्याउनीमा भानुभक्त आचार्य नै बढी चम्किला बनेका पाइन्छन् । माध्यमिक कालका प्रायः सबैले वर्णमात्रिक छन्दमा नै कविता लेखेको पाइन्छ । यसबेला कविता भनेपछि पद्य र त्यसमा पनि श्लोक नै बुझिने गर्दथ्यो । यसो भएकाले कसैले पनि गद्यमा कविता लेख्ने हिम्मत गरेको देखिदैन । यस कालमा छन्दको छाँट झल्काउने रचना कि त राजीवलोचन जोशीले लेखे कि त मोतीराम भट्टले नै लेखे–
“रुई पुफइ र दुई एति तीन थोक् चाहिन्छ जाडामहाँ
दुःखी छू रुइ, पूफइ छन् त पनि ता दुई नहुँदा महाँ”
मोतीरामको पीकदूतका तीस श्लोक रस, भाव र छन्द आदि अनेक दृष्टिले प्रोन्नत रहेका पाइन्छन् । यीसँग पौँठाजोरी खेल्ने तागत त्यतिखेर कसैको देखिएन । यिनका मण्डलीभित्र र बाहिरका अनेकौँ कविहरूले शृङ्गारिक भावलाई उद्दीप्त पार्ने कविता लेखे तापनि “पीकदूत” को आफ्नै विशेष स्थान छ । मोतीले नै प्रारम्भ गरेको रीतिकालीन प्रवृत्तिको चूडान्त प्राप्तिका रूपमा “सूक्तिसिन्धु” (१९७४) आए पनि शम्भुप्रसाद ढुङ्गेलको कालिदासकृत “अभिज्ञान शाकुन्तलम्” को चौथो अङ्कका कतिपय श्लोकको अनुवादका रूपमा आएको “छोरीलाई घर पठाउँदा” शीर्षकको कविता कसैले पनि बिर्सन सक्तैन–
“जान्छिन् आज शकुन्तला घर भनी उठ्दो छ चिन्ता अति
प्रीतिका मनमा प्रवाह बहँदा रोकिन्न आँसू रति
हामी भैँफ वनवासिको पनि भयो यो गत् भने यो घडी
बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ?”
यसरी हेर्दा यस छन्दलाई नेपाली जातीय छन्द भन्नुपर्ने कारण पनि यस्तै अनेक बिर्सिनसक्ना श्लोक रहेका छन् । लेखनाथ पौड्याल, बालकृष्ण सम र सोमनाथ सिग्द्याल माध्यमिक कालमै कवितामा देखा परे । लेखनाथले बयासी वर्षे पाको उमेरसम्म कविता लेखे पनि छन्दमा नै लेखे, गद्यमा लेखेनन् । त्यसरी नै सोमनाथले पनि गद्यशैलीका कविता लेखेनन् । यसै समयका समले चाहिँ गद्यशैलीमा पनि राम्रा कविता लेखे । बौद्धिक कोमलतालाई कविता ठान्ने समभन्दा पहिले २००१ सालतिरै कवि गोपालप्रसाद रिमालले गद्य कविताको प्रारम्भ गरे । विश्व कवितामा वल्ड हिटम्यानले १८ रौँ शताब्दीतिर सुरु गरेको गद्य शैलीको कवितालेखन नेपालीमा २००१ सालतिर मात्र प्रवेश गरेकाले यसपूर्व छन्द कविताकै एकछत्रता थियो ।
यसैबीच लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइरालाजस्ता काव्य साधकको उदयले आधुनिक कालको पूर्वार्ध्द पनि छन्दमय हुन पुग्यो । किनभने आइ.एस्सी. गरेका सम, वी.ए. बी.एल. गरेका देवकोटा, वी.ए.बी.टी. गरेका धरणीधर सबैले छन्दमा नै कविता लेखे । लेखनाथ र देवकोटाको उत्तराधिकारीका रूपमा औँल्याइँदै गरेका राष्ट्रकवि माधव घिमिरे अद्यावधि गद्यकविता नलेखिकनै छन्द कविताकै कित्तामा छन् । काव्य प्रतिभाका दृष्टिले देवकोटाको समानान्तर प्रतिभाका रूपमा चिनिने मोहन कोइरालाले छन्दमा कविता नै लेखेनन् । नाद सौन्दर्य र शृङ्गार वीर आदि रस भन्छ “स्वरस” अर्थात् वैचारिक सौन्दर्योपासक कोइराला काव्यिक धाराको नेतृत्व गर्दै सबैभन्दा लामो समय शीर्षस्थानमा रहेका कवि पनि हुन् । पाउडर धस्नेका नजरमा खरानी धस्ने बिग्रेको देखिने, खरानी धसुवाका नजरमा पाउडर घसुवा बिग्रेको देखिने भनेजस्तै गद्यकवि र छन्द कविका बीचमा जुहारी पक्षान्तरबाट संस्कृत साहित्यमा पनि चलेको लख काट्न सकिन्छ । “गद्यं कवीनां निकषं वदन्ति” भन्ने सूक्तिले गद्यको शक्तिवत्तालाई उनीहरूले पनि आत्मसात् गरेकै पाइन्छ । विजयबहादुर मल्ल मूलतः आख्यान र नाट्यक्षेत्रमा प्रवृत्त रहे पनि गद्य कविका रूपमा पनि उनी सशक्त छन् । उनको एउटै पुफटकर कविता संग्रहभित्रका कविताबाटै पनि कविका रूपमा उनी बाँच्न सक्छन् । भूपी शेरचनका एकाधिक कविता सङ्ग्रह प्रकाशित भए पनि “घुम्ने मेचमाथि अन्धो मान्छे” नै उनको विजयकेतु हो भन्ने मानिन्छ । यद्यपि यस कविता सङ्ग्रहका कविता गद्यात्मक भए पनि लयात्मक छन् । नारीसुलभ लचकताका निमित्त कवितामा लयको उपस्थिति बढी अपेक्षित छ भन्ने चाहिँ अनुभवसिद्ध कुरो नै हो । कुलचन्द्र कोइरालाले गद्यपद्य दुवै शैलीका कविता लेखे । भरतराज पन्त र भरतराज मन्थलीयले पद्यमा नै आपूफलाई परिचित गराए भने गोविन्दप्रसाद भट्टराईले पद्यमा नै काव्य रचना गरेका छन् । यसै क्रममा कवि दैवज्ञराज न्यौपाने छन्द कविका रूपमा देखा परेका छन् ।
१.२ दैवज्ञराज न्यौपानेः शक्ति र सीमा
दैवज्ञराज न्यौपानेको बाल्यकाल गाउँकै संयुक्त पारिवारिक वातावरणमा रमाइलोसँग बितेको देखिन्छ । नेपालका ब्राह्मण परिवारसँग प्रचलित परम्परा अनुसार नै दैवुको प्रारम्भिक शिक्षा घरैमा भयो । त्यसपछि गोगने पाठशाला, षडानन्द संस्कृत पाठशाला दिङ्ला, दाङ उपत्यकास्थित जनता प्रधान पाठशाला हुँदै उच्चशिक्षाका निमित्त उनी २०२० सालमा काठमाडौं आए । उनले राजकीय संस्कृत महाविद्यालय (हाल वाल्मीकि विद्यापीठ) बाट उत्तरमध्यमा र शास्त्री परीक्षा उत्तीर्ण गरी मीमांसाचार्यको पनि अध्ययन गरे भने त्रिभुवन विश्वविद्यालयबाट २०२५ सालमा नेपालीमा स्नातकोत्तर (एम.ए.) उत्तीर्ण गरे । विभिन्न विद्यालयमा अध्यापक भएर पढाइ अघि बढाउँदै आएका न्यौपाने २०२७ सालदेखि प्राध्यापन सेवामा संलग्न भए ।
दैवज्ञराज न्यौपानेले आजीवन मनोयोगपूर्वक सिँचेको हिसाबले हेर्दा कविता र प्राध्यापन नै मूल रूपमा देखिन्छन् भने पुफर्सदका बेला उनी समाजसेवाका क्षेत्रमा पनि रुचिपूर्ण किसिमले सन्नद्ध रहेका पाइन्छन् । साहित्यको क्षेत्रमा उनको प्रख्याति साना तथा सुन्दर कृतिको रचना र मिष्ठ भाषण तथा सुदर्शन रूपविन्यासको समेत समवेत प्रभाव रहेको देखिन्छ । कक्षा कोठामा देखिने सौम्य शालीन गुरु समाजसेवाका क्षेत्रसम्म विस्तारित हुँदै गएर पनि उनले ख्याति कमाएका छन् । वैचारिक अडान र त्यसलाई मीठो किसिमले प्रतिपादन गरी अरूलाई नबिझाउने गरी प्रस्तुत गर्ने उनको कलापूर्ण कौशलले उनलाई विशिष्ट बनाएको छ । सानो सुन्दर हुन्छ (Small is Beautiful) भन्ने मान्यतामा पनि न्यौपाने आजीवन अडिग रहे । अरूका निमित्त यो भनाइ एउटा आकर्षक नारा या सूक्तिबद्ध रहेको पाइए पनि कवि न्यौपानेका निमित्त यो जीवनव्रत या सृजनधर्मकै रूपमा स्थापित भयो । ठूला भीमकायी ग्रन्थ लेखन र असमेलकृति सृजनतिर उनी कहिल्यै आकर्षित भएनन् । यही नै उनको शक्ति र सीमा पनि हो ।
छन्द कविता परम्परामा कवि न्यौपाने आफ्ना पूर्ववर्ती र उत्तरवर्ती कविका साँघुवत् भएर रहेका छन् । यसरी हेर्दा उनी पुरानाभन्दा नयाँ र नयाँभन्दा पुराना देखिन्छन् । यो निजत्वको कारक तत्त्व बालगीतको सृजना र स्वतन्त्र गीतिलय साधनासँगै साना आकारप्रतिको अनन्य निष्ठा नै हो । “विद्यया वपुसा, वाचा, वस्त्रेण, विभवेन च । वकारैर्पञ्चभिर्युक्तो नरः प्राप्नोति गौरवम्” ( मान्छेलाई गौरवशाली बनाउने पाँचवटा व विद्या, वपु, विभव, वस्त्र र वचन) यी पाँचै ओटा वकार दैवज्ञसँग पर्याप्त थिए ।
दैवज्ञ कल्पनाका उत्ताल तरङ्गका कवि थिएनन् । बौद्धिक चट्टानका कवि पनि उनी होइनन् । माथि लेकबाट छङ्छङाउँदै बगेको सानो गिंदेरी खोलो जसका किनारा सुवासयुक्त थिए । जसका नजीकमा पुगेका तृषार्त सबैको गला रसिलो पार्ने पानी थियो । पानीको विपुल उन्मादले किनाराको मर्यादा तोड्ने भय पनि थिएन र जस्तोसुकै खडेरी परे पनि तारेभिरको छातीको रसले निरन्तर कुल्कुलाउन पुग्ने पानी चाहिँ अटुट हुन्थ्यो । साना सुन्दर रचनामा विश्वास गर्ने कविका रूपमा उनी स्थापित छन् । चुल्बुले भावलाई एउटा कुनै सन्देशसूत्रमा उनेर समाज समक्ष सम्प्रेषण गर्ने उनको बानी रहेको पाइन्छ । सृजनामा यदाकदा आक्रोश, आवेश र प्रतिक्रिया भए पनि दैवज्ञको निजत्व आक्रोश र प्रतिशोधलाई दबाएर, पचाएर शुद्ध रचनात्मक सन्देशयुक्त बनाएर आफ्ना सृजना प्रस्तुत गर्नुमा थियो । देवकोटा, सम र घिमिरे तिनैजना आक्रोशित भएर कविता र गीतमा पोखिएका छन् । प्रजातन्त्र अपहरणका बेला घिमिरेले “सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि ” भनेर प्रजातन्त्रका स्वभावको चित्रण गर्न पुगेका छन् भने देवकोटा “तिम्रा महापण्डित मेरा महामूर्ख” भनेर नाग पुंफङ्कार निकाल्छन् त सम तत्कालीन नेपाली शासक, ज्ञानी ध्यानी र नेताजेता, सबैलाई “मेरो मुहाने कोठा” भनेर नङ्ग्याउन पुगेका पाइन्छन् ।
थोरै लेख्ने तर राम्रो लेख्नेमध्येमा दैवज्ञको नाम लिन सकिन्छ । मात्रात्मक हिसाबले प्रकाशनमा आएका कृतिका आधारमा भन्नुपर्दा दैवज्ञ प्रौढहरूका निमित्तभन्दा बाल संसारतिर बढी लहसिएका पाइन्छन् । उनका भावनामा खुल्ने ज्ञानज्योतिले कतिसम्म देख्छ भने घामले पनि ढोका खोलिदिन्छ । वार्णिक र मातृक छन्दका अतिरिक्त उनले आफ्नै स्वतन्त्र लयचेतका आधारमा बालगीतको सृजना गरेका छन् । लय उत्पाद्य वस्तु हो । कविहरूले नयाँनयाँ ढङ्गले लयको निर्माण गर्न सक्छन् । “पिङ्गल शास्त्र” एउटा उदाहरण र आधार मात्र हो । त्यसलाई पढेर त्यसैको टुप्पी, जनै र कन्धनी छाम्ने रुढ परम्पराको ज्ञानले नयाँ युगका अभीप्सा धान्न सक्तैन भन्ने ठम्याउन सक्नु र आपूफलाई स्वतन्त्र लयका लहरीमा वहरी खेलाउनु दैवज्ञको गुरुचेत हो भन्न सकिन्छ । सानाठुला, गद्यपद्य, सृजना, समालोचना गरी दैवज्ञले १२ ओटा कृति आफ्नो जीवनकालमा नै प्रकाशित गरी नेपाली भाषा साहित्यका क्षेत्रमा छाडेका छन् । अप्रकाशित कृतिहरू पनि कालक्रममा पाठकले देख्न पाउने छन् ।
दैवज्ञले कुनै खास छन्द समातेर त्यसमा आपूफलाई घोल्ने काम गरेको देखिँदैन । जसरी माधव घिमिरेको मन्दाक्रान्ता, लेखनाथको अनुष्टुप् र स्रग्धरामा छवि देखिन्छ । त्यसरी दैवज्ञलाई कुनै पनि एक छन्दमा मात्र खोज्न सकिने अवस्था छैन । उनको सन्देशमयता र पदलालित्य नै मूलभूत पूँजी हो । वास्तवमा दैवज्ञ नेपाली कविका लहरमा मध्यम कदका देखिने कारण पनि उनको उमेर, व्यवसाय र सम्पर्कक्षेत्र हो । उनलाई साना सन्देशमय, खिरिला बान्कीदार कृतिका पङ्क्तिपङ्क्तिमा खोज्न सकिन्छ ।
दैवज्ञराज न्यौपाने आफ्नो समयका चर्चित कवि हुन् । उनले बाल र प्रौढ दुवै खालका कविता लेखेका छन् । बालमनोविज्ञान बुभेफर उनीहरूको आनीबानी र रुचि एवं कोमल निर्माणाधीन मनमस्तिष्क अनुकूलका साहित्यिक सामग्री रचना गर्नसक्नु चानचुने कुरा होइन । अनुभूतिको पूर्ण परावर्तन या स्वयं नै बालक नबनेसम्म यस प्रकारको सृजना निकै दुरुह मानिन्छ । न्यौपानेले बालस्तरमा प्राप्त गरेको सफलताले उनलाई बालसंसारका अविस्मरणीय कविका रूपमा उभ्याएको पाइन्छ । यिनको पहिलो बाल कविता तोते बोली (२०३८) हो । यसमा लामा छोटा छत्तीस ओटा कविताहरू सङ्कलित छन् । वैचारिक दृष्टिले यो सङ्ग्रह निकै वैविध्यपूर्ण रहेको पाइन्छ । यसमा खेलकुद, राष्ट्रियता, बाल स्वभाव, लोक व्यवहार तथा परम्परा, चाडबाड, सार्वजनिक वैयक्तिक छवि, पशुपंक्षी, बाटोघाटो जस्ता प्रकृति जगत् र प्राकृतिको स्वाद चखाउने प्रयत्न रहेको पाइन्छ । दोस्रो बाल कविता गाउँ खाने कविता (२०४३) हो । शैक्षिक दृष्टिले प्राथमिक तहका बालबालिकालाई लक्ष्य गरे पनि सबै तहका पाठकका लागि उपयोगी हुनसक्ने देखिन्छ ।
यिनको तेस्रो बाल साहित्यिक कृति हुने बिरुवाका चिल्ला पात (२०४५) हो यसमा विश्वका प्रसिद्ध व्यक्तिको जीवनका मुख्य घटनालाई आख्यानात्मक शैलीमा र शीर्षकलाई प्रसिद्ध उखानवाक्यबाट मिलाएर प्रस्तुत गरिएको पाइन्छ । लेखकले यसलाई बालव्यक्तित्व सँगालो भने पनि यसमा बालसुलभ शैलीमा जीवनवृत्त प्रस्तुत गरिएकाले यसलाई बालबालिकाका निम्ति तयार गरिएको जीवनी भन्नु नै उपयुक्त देखिन्छ । संसारका विभिन्न क्षेत्रका ख्यातनामा १७ जना महामनाका जीवनवृत्तलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको यो कृति अहिलेसम्मकै यस क्षेत्रको एक्लो भएर रहेको छ । बाल संसार (२०५३) मा चाहिँ यिनले बालकविता र गीतलाई सङ्कलन गरेर प्रस्तुत गरेका छन् । कविता र गीत गरी २७ सङ्ख्या पुगे पनि गीतिलयका गीतको सङ्ख्या अधिक छ । यसमा न्यौपानेले बालबालिकालाई सच्चरित्रवान्, स्वावलम्बी र अनुशासनप्रेमी बन्न अभिप्रेरित गर्ने लक्ष्य राखेको देखिन्छ ।
सबै हाम्रा साथी (२०५६) चाहिँ स्वतन्त्र गीतिलयमा रचना गरिएका अट्ठाईस ओटा कविताको सँगालो हो । यसमा न्यौपानेले बालरुचि, बालचरित्र र बालबोलीलाई समेत हृदयङ्गम गरेर आफ्ना पूर्ववर्ती बालकवितामा भन्दा यसलाई बाल अनुरूपको बनाएका छन् । विषयवस्तुमा पुनरावृत्ति भएको पाइन्छ । तोते बोलीमा खेलकुद, मानवसमाज, बालस्वभाव, प्रकृति, पशुपंक्षी र राष्ट्रियताजस्ता विषयको पुनरावृत्ति भए पनि यसमा तिनको बान्की निकै सुरुचिपूर्ण बनाएर प्रस्तुत गरेकाले न्यौपाने आफ्नो प्रथम कवितामा त्यति सन्तुष्ट थिएनन् भन्ने प्रमाणित भएको छ । घामले ढोका खोल्यो (२०६५) बाल कविता सङ्ग्रहमा ५३ ओटा बाल कविता सङ्कलित रहेका पाइन्छन् । यसमा दुइटा वर्णमात्रिक (शास्त्रीय) छन्दका छन् भने बाँकी सबै गीतिलयका छन् । वैषयिक दृष्टिले चाहिँ यस सङ्ग्रहका कविता प्रकृतिचेत, धार्मिक सांस्कृतिक पक्ष, बालस्वर, बालउत्साह, बालजिज्ञासा, यात्रा या भ्रमणको चाहना, ऋतुपरिवर्तन जस्ता विषयसँग आबद्ध रहेका देखिन्छन् । दैवज्ञका बालकविता बिस्तारै परिष्कृत परिवर्द्धित र स्तरीकृत बन्दै गएका पाइन्छन् । योजनापूर्वक विषयक्षेत्र निर्धारण गरेर भाव छल्बलाएका बेला त्यो कल्पनाको झांेक्कालाई भावका चास्नीमा डुबाएर विषयको सन्देशसूत्रले बाँधेर परिमित शब्द र आकारमा छाँटकाँट मिलाएर प्रस्तुत गर्ने कलाका दृष्टिले दैवज्ञ, माधव घिमिरेका नजीक छन् भने अनुभूत पक्ष र दृश्यवस्तु वर्णन तथा विवरणमा उनी लेखनाथीय रन्को झल्काउन समेत पुगेका पाइन्छन् ।
पोल्टाका गीतहरू (२०६६) यसमा २९ ओटा स्वतन्त्र गीतिलयका गीतहरू सङ्कलित रहेका पाइन्छन् । कवि न्यौपाने जतिजति पाक्दै र थाक्दै गए त्यति त्यति नै उनी तोते सँगाती अनुकूल बनेका पाइन्छन् । झन्डै झन्डै तोते र थोतेको सोच आनीबानी र सामर्थ्यका साथसाथै अङ्ग सञ्चालन अक्षमता पनि समानान्तर बन्दा नबन्दै रुचि र चाहनामा पनि सायद समानताको विकास हुन्छ अनि नातिनातिना खेलाएर रम्दारम्दै थोतेहरू पनि तोतेमा नै प्रत्यावर्तित हुन पुग्छन् भन्ने अनुभूति यस सङ्कलनका गीतले पार्दछन् ।
१.३ उपसंहार
बालसाहित्यकार प्रा.दैवज्ञराज न्यौपानेले बालकविता र गीत गरी छ ओटा कृति प्रदान गरिसकेका छन् भने बालजगत्मा नै बसेर एउटा संसारकै प्रख्यातनामा विविधक्षेत्रसँग सम्बद्ध १७ जनाको सङ्क्षिप्त जीवनीसमेत सात ओटा कृति नेपाल बालोद्यानमा उपहार चढाएको पाइन्छ । न्यौपाने मूलतः कवि र प्राध्यापक हुन् भने अंशतः कथाकार, समालोचक, सम्पादक, समाजसेवकजस्ता क्षेत्रमा उनको व्यक्तित्व फैलन पुगेको पाइन्छ । उनको सृजनालाई बाल संसारसँग सम्बद्ध र प्रौढ जगत्सँग सम्बद्ध गरी दुई वर्गमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ । बाल संसारसँग सम्बद्ध कृतिको विवरण दिई सकिएकाले प्रौढ जगत्सँग चासो जानु स्वाभाविक हुन्छ । सृजनाको लहर (२०३५) कविता सङ्ग्रह, जोर मुरली (२०४६) कविता सङ्ग्रहका अतिरिक्त तेस्रो काव्यसङ्ग्रह सम्झनाको धरातलबाट (२०६३) सृजनातर्पफ र पं.गुणराज उपाध्याय खनालका खण्डकाव्यको मूल्याङ्कन (२०४९) र नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू (२०५४) जस्ता समालोचनात्मक कृति प्रकाशन गरेर यिनले सर्जक र दर्शक व्यक्तित्व उद्भासित गरेका छन् ।
दैवज्ञराज न्यौपाने देवकोटाका भैँफ कल्पनाको उडनखटौलामा पनि चढ्दैनन् र गोपालप्रसाद रिमालभैँफ अति सीमित कृतिका माध्यमले सफलताको सर्वोच्च शिखर स्पर्श गर्न पनि सक्तैनन् । भीमनिधि तिवारी र हरिहर शास्त्रीभैँफ सृजनाका थुप्राले पुरिएर विस्मृत पनि हुँदैनन् । बाल साहित्यभित्र दैवज्ञराज न्यौपाने र माधव घिमिरे साँगी लाग्छन् भने प्रौढ कवितामा घिमिरे पुफटकरमा जति चम्कन्छन् प्रबन्धमा फस्कन्छन् भने दैवज्ञ पनि साना आकारका रचनामा नै धपक्क बल्छन् । बालभाषा, बालरुचिको विषयवस्तु उमेरगत चाहना र उनीहरूको चेतना विकास गर्ने सामग्रीको चयन, त्यसको सङ्गठन र प्रस्तुतिमा दैवज्ञराज न्यौपानेका प्रौढतहका कृतिभन्दा बालतहका कृति र समालोचनाभन्दा लयबद्ध सृजना नै स्मारक स्तम्भका रूपमा रहने देखिन्छन् ।