दैवज्ञराज न्यौपानेसँग मेरो सम्बन्ध र सम्पर्क
जन्म र निधन
दैवज्ञराज न्यौपाने अब हामीसँग छैनन्, उनको सुन्दर र सौम्य पाञ्चभौतिक शरीर यस संसारमा अब रहेन । उनी गत २०६८ पुस २ गते दिवङ्गत भए, असमयमै असाध्य अप्ठ्यारो लामो रोगको तासिरबाट । उनी रोगमुक्त भएर पुनः सारसौँदो होलान् भन्ने आशामा अल्भेफका हामी सबैलाई निराश पार्दै बितेका उनका कृति हेर्नु, कीर्ति सम्झनु सिवाय अब अरू हामी के गर्न सक्तछौँ र ? उनको अभावले विपन्न बनेको मनले सम्झनाका केही तरेली कोर्दैछु ।
दैवज्ञराजको जन्म सं. १९९९ मङ्सिर ३० गते पं.गणेशप्रसाद र उमादेवीका पुत्रका रूपमा भएको थियो । घरनजिकै संस्कृत पाठशाला भएबाट प्रारम्भिक शिक्षा त्यहीँ सुरु गरेर दिङ्ला, दाङ र काठमाडौँका संस्कृत विद्यालय, महाविद्यालयहरूमा पढ्दै स्नातक भएर त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेपछि सुरुमा भक्तपुर क्याम्पस अनि पाटन क्याम्पसमा र विश्वविद्यालयकै नेपाली विभागमै रहेर अध्यापन गरेर जीवन बिताए ।
नाता सम्बन्ध
उनीसँग हाम्रो तीनपुस्तादेखिको सम्बन्ध रहिआएको हो । व्यक्तिगत रूपले उनीसँग मेरो आत्मीय सम्बन्ध जिन्दगीभर नै रह्यो । दैवज्ञका जिबा (पितामह) पं.छविलाल मेरा जिबा पं.वैयाकरणका पट्टशिष्य हुन् । उनले जति पढे, जति सिके, जति शास्त्र जाने वैयाकरणबाट नै हो । उनी स्वयं बारम्बार भनिरहन्थे– गुरुको सिद्धि लागेर नै म पण्डित भएको हुँ, एक कोसमाथि गोठमा बसेर तल कछाडमा गुरुको घरमा धाएर मैले जति पढेको हुँ त्यति हो मेरो ज्ञान । यसरी गुरुको गुणगान अत्यन्त श्रद्धाले उनी गरिरहन्थे । वैयाकरण गुरुप्रति यस्तै श्रद्धा भक्ति प्रकट गर्ने अर्का व्यक्ति थिए, दुर्गाप्रसाद भण्डारी । उनी भन्थे– “मैले गुरुसँग जति पढेँ त्यसैको भरले उहाँकै सिद्धि लागेर म खरिदारदेखि सुब्बा, बडाहाकिम हुँदै अहिले सर्वोच्च अदालतको न्यायाधीश बन्न सकेको छु ।”
जिबा वैयाकरण स्वर्गे भएको त्यतिका वर्ष बितिसके, हाम्रा पालासम्म पनि छविलाल बा हाम्रा घरमा आइरहने, तीर्थ जस्तै गुरुको घरमा नआई त मेरो मनले मान्दै मान्दैन भन्ने । जहिले आउँदा पनि खाली हात नआउने, एक न एक चिज लिएरै आउने । घरमा त्यस्तो चिज केही रहेन छ भने सानो गुन्द्रुकको पोकै भए पनि यसो खोकिलामा हालेर लिएर आउने र हातमा राखेर आमैलाई, बालाई ढोगिदिने, किन यस्तो कोसेली ल्याइरहनुपर्छ भन्दा –
गुरु द्यौता राजा अरु पनि भला मानिसकहाँ
नजानू खाली हात भनिकन कह्या शास्त्रहरुमा ।
भन्ने । यस्तो भावपूर्ण गुरुभक्ति मैले सानैदेखि सुनेको थिएँ । हाम्रो शास्त्र परम्परामा वंश दुई प्रकारले चल्छ । एउटा जन्मले अर्को विद्याले । “वंशो द्विविधा विद्यया जन्मना च” मलाई त्यस्तो पछि थाहा भयो । छविलालले आपूफलाई पं. वैयाकरण गुरुको चेलो पनि छोरो पनि मानेका रहेछन् ।
यो चाहिँ विद्या सम्बन्धको कुरा भयो । पेफरि न्यौपाने कुलसँग हाम्रो अर्को नाता चाहिँ दूधको सम्बन्धको छ । “सात पुस्ता खाने मावली” भन्ने उखान गोगनेका न्यौपानेसँग चरितार्थ भएको छ । हाम्री हजुरआमा पद्मादेवी खार्पाली पोख्रेल कृष्णानन्दकी छोरी लक्ष्मीपति न्यौपानेकी नातिनी हरिवंशकी भाञ्जी भएबाट न्यौपानेसँग हाम्रो अत्यन्त प्रगाढ सम्बन्ध रहिआएको हो । खार्पा धेरै टाढा दुई दिनमा पनि बलले पुग्नु पर्ने हुँदा माइत जान त्यति मन नगर्ने, घरको व्यवहार धान्नु पर्ने हुँदा पनि नभ्याउने । गोगने र सिक्तेल वल्लो गाउँ पल्लो गाउँ भएबाट नजिकै पर्ने हुँदा आमैका माइती भने पनि मावली भने पनि गोगनेका न्यौपाने नै थिए । हरेक धार्मिक कार्यमा डाकबोलाउ भइरहन्थ्यो । सानो छँदा मलाई डोर्याएर आमै मावल जाने र मामाका छोराहरूका घरमा पालैसँग एक एक रात बसेर आउने हुँदा मेरो पनि पछि गोगने पानीपँधेरो जस्तै भो । आखिर मेरा मामा जयदेव अधिकारी पनि गोगनेकै संस्कृत पाठशालामा अध्यापक भएर आएपछि त प्राथमिक शिक्षा घरमै पढिसकेर माध्यमिक शिक्षाका लागि म पनि गोगने संस्कृत पाठशालामा पढ्न लागेँ । यसरी मेरो गोगनेमा आफ्नै मावली कुप्रा मावली पनि हुँदा झन् सम्बन्ध सुमधुर रहँदै आयो ।
म गोगने संस्कृत पाठशालामा पढ्दा दैवज्ञराज ३/४ वर्षका बालकै थिए । पछि म काठमाडौंबाट पढेर आउँदा उनी त्यही घर छेउकै संस्कृत पाठशालामा पढ्दै थिए । केही पछि गोगने पाठशाला सञ्चालक समितिको अध्यक्ष भएर बेलाबेलामा म त्यहाँ आउँदा उनी दिङ्लातिर पढ्न गइसकेका थिए । बिदामा घर आउँदा आक्कलभुफक्कल भेट हुने कुरा बेग्लै हो ।
लेख्ने पढ्ने स्वतन्त्रतामा प्रतिबन्ध
दैवज्ञराज विद्यार्थी अवस्थामै थिए । म पाठशाला खोलेर पढाएर बसेको थिएँ । देशमा बल्लबल्ल स्थापित प्रजातान्त्रिक व्यवस्थालाई मासेर राजाले शासन आफ्नो हातमा लिएर पञ्चायती पद्धति चलाएका थिए । स्वतन्त्र विचारक तथा प्रजातन्त्रवादीहरूप्रति निगरानी राखिन्थ्यो, छिरिक्क कतै केही विरोधी कुरा हुनु हुँदैनथ्यो । पञ्चहरूको जगजगी चलेको थियो । यस्तैमा म आपैँफले भोगेको र दैवज्ञराजहरूले भोगेका एक दुई दुःखदायी कटु कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।
२०२१ सालतिरको कुरो हो । दैवज्ञराज आदि विद्यार्थीहरू बिदामा बाहिरबाट घर गोगने आएका थिए । संस्कृत पाठशालामा दैवज्ञराज, कविराज, टीकाप्रसाद, स्थानेश्वर, परमेश आदि विद्यार्थीहरू भेला भएर विद्यालय/पुस्तकालय सम्बन्धमा के के परिसंवाद गरिरहेका बेला एक जनाले त्यहीँ रहेको पत्रिकामा छापिएको राजाको फोटाको मुखमा िँबडीको ठुटो झोसिदिएछ । त्यहीँ समूहमा बसेको एकजना छुल्याहाले त्यही मुख डढेको फोटो नजिर पेस गरेर तत्काल जिल्लामा उजुर हालिदिएछ । अनि त के थियो, कर्मचारीलाई खुदो झ् के खोज्छस् काना ? आँखो भन्ने उखान जस्तो भइहाल्यो । त्यसबेला पञ्चायत विरोधी राजतन्त्र विरोधी भनेर जो कसैलाई पक्रेर सजाय दिन सक्यो भने जिल्लाका अधिकारी, कर्मचारी, प्रहरीहरूको पदोन्नति–प्रमोसन हुने ढोका खुल्थ्यो । उजुर पर्नासाथ छात्रहरू पव्रफाउ परे । पुर्पक्षपछि अरू छुटे, दैवज्ञराज र स्थानेश्वर २/३ महिना कैद सजाय काटेर छुटे । यस्ता घटना जिल्लामा निकै भए । त्यसको अघिल्ला साल मेरो पाठशालामा पनि त्यस्तै आपत्ति आइलाग्यो । पाठशाला घञ्चमञ्चसँग चलिरहेको थियो । पुरुषोत्तम भट्टराई र म मनोयोगले दिनभरि पढाइरहन्थ्यौँ । विद्यार्थीहरू पनि उत्साहसाथ विभिन्न विषय पढिरहेका थिए । “सज्जनहरू झ् म केही बिराम गर्दिन भनेर कदापि नपुफर्कनू, दुर्जनले जे पनि गर्न सक्छन्” भन्ने सूक्ति अनुसार ईर्ष्यालु बनेका स्कूलको हेडमास्टर र प्रधानपञ्च मिलेर सरकारको पाठ्यक्रम नाघेर पढाएर गाउँ भाँडे, अराष्ट्रिय भावना पैफलाए भन्दै पाठशाला र पढाउने भट्टराई दाजुभाइ उपर उजुर पारेछन् । अब के थियो, उजुर पर्नासाथ पाठशाला बन्द गर्नू भन्ने पुर्जी आयो, साथै गाउँ बुझन प्रहरी कर्मचारी दल खटियो । यस पञ्चायतमा मात्र होइन पल्लो पञ्चायत समेतका भद्र भलादमी भेला भए । यो विशुद्ध संस्कृत भाषाको पढाइ हो, ज्ञान बुद्धि बढाउने थलो हो भनेर बयान दिएर गए । राति प्रधान, उपप्रधानपञ्च, मास्टर मिलेर किर्ते ल्याप्चे मुचुल्का खडा गरेर पठाएछन् । परन्तु त्यो किर्ते कागज देखाउन नसकी जि.शि.नि.गले र सफाइ दिन बाध्य बने । तर पुरुषोत्तम भट्टराई सोझो मान्छे । पढाउनै भनेर कसैले खार्पातिर लिएर गइहालेछन् । अब पाठशाला त बन्द भएन, तर पहिलेको जस्तो रौनक रहेन । तर पछि नयाँ शिक्षाका नाउँमा सरकारले सारा भाषा पाठशाला संस्कृत पाठशाला आधार शिक्षा खारेज गरी एकद्वार प्रणाली अंग्रेजी स्कूल मात्र कायम गरिदियो । यसरी सबै पुराना पाठशाला भत्किए ।
त्यसबेला पञ्चायतको जगजगीको जमानामा शिक्षामा वाक् स्वतन्त्रतामा सरकारबाट कसरी वक्रदृष्टि राखिन्थ्यो र दमन गरिन्थ्यो भन्ने दैवज्ञराजको उक्त मेरो प्रसङ्ग नै काफी भए पनि वाक् स्वतन्त्रतासित सम्बन्धित अर्को एक प्रसङ्ग पनि यहाँ जोड्नु सान्दर्भिक होला भनी ठान्दछु । एकदिन भोजपुर बजारमा म, हरिप्रसाद नेपाल र चार पाँच जना साथीभाइ मिलेर वार्तालाप गरिरहेका थियौँ । त्यहाँ राजाको महावाणी– “पञ्चायत व्यवस्था निर्विकल्प निर्विवाद हो” भन्ने आवाज देशैभरि घन्किएको बारे चर्चा चल्यो । भगवान् त निर्विकल्प निर्विवाद हुँदैनन् भने मनुष्यनिर्मित व्यवस्था त्यस्तो कसरी हुन्छ ? भन्दा सबैलाई घत लाग्यो, हरिप्रसाद त वेदान्त पढेको वेदान्ताचार्य उसलाई झन् घत पर्ने नै भयो । यसले यो कुरा मनमा राख्नै सकेनछ र जिल्ला पञ्चायतको वैठकमा गएर भाषण ठोकिहालेछ । तत्काल उजुर परिहाल्यो । ऊ थुनामा पर्यो । उसलाई केही दिनपछि डोरीले बाँधेर लगेर राजविराज जेलमा छ महिनासम्म थुनामा राखियो । महान् वाणीको उच्छित्तो काढ्ने सबै थियौँ, अघिसरा म पनि थिएँ, पर्ने बेलामा ऊ पर्यो र कैद काट्यो, मेरा मनमा खुट्खुट् लागिरह्यो । यी तीन घटना मात्र होइन, वीरेन्द्र खँुजेली, नन्दकुमार कार्की जस्ता उग्र अधिकृत जिल्लामा आएका बेला अरू पनि निरपराध व्यक्ति दण्डित गरिए र उनले प्रतिष्ठा कमाउने काम गरे । तर पनि वाक्स्वतन्त्रतामा लेख्ने पढ्ने स्वतन्त्रतामा आघात पार्ने उक्त तीन घटनाले मेरो मन नराम्ररी दुखिरह्यो ।
दैवज्ञराजको संस्मरण र मसँगको सौहार्द
उनी वेलावेला आपूफले अनुभव गरेको एक संस्मरण मलाई सुनाइरहन्थे । आठ वर्ष जेल काटेर निस्केपछि पेफरि निर्वासित भएर वनारस सारनाथमा बसेका विश्वेश्वरप्रसाद कोइरालालाई भेट्न छात्र सङ्घका साथीहरू साथ दैवज्ञराज न्यौपाने सारनाथ गएछन् । सबैको परिचय हुँदै जाँदा उनले आफ्नो वतन भोजपुर, गोगने भन्नासाथ विश्वेश्वरप्रसादले “ए झ् तिमी ज्ञानमणि नेपाललाई चिन्दछौ ?” भनी सोधेछन् । “किन नचिन्नु, हाम्रो त उहाँ गुरुघराना नै हो” भन्दा “ठिक छ, राम्रा मान्छे, सङ्गत गर्नू” भनेर उनले प्रशंसा गर्दा दैवज्ञराजलाई गौरव लागेछ र मलाई तपाईसँग त वी.पी. प्रभावित भएका रहेछन् भनेर सुनाउँथे । हुन त विश्वेश्वरप्रसाद कोइराला सात सालपछि नेपाल आए पनि २००३ सालदेखिकै उनको गतिविधिमा म वाफिक थिएँ, परोक्षरूपमा मात्र । प्रत्यक्ष संवाद भएको थिएन । जेलबाट छुटेपछि एक दिनभरि साथीहरूसाथ फारविसगन्जमा उनीसँग बसिएको थियो । तर पहिलै मेरा इतिहास संशोधन र उनै अध्यक्ष भएको सांस्कृतिक परिषद्बाट प्रकाशित मेरा पुस्तकबाट उनी प्रभावित भएको हुनुपर्छ ।
दैवज्ञराज सबै किसिमबाट मेरा आत्मीय हितैषी थिए । एकपल्ट मैले वनारसबाट पुस्तक छपाएर ल्याउँदा एक ठाउँमा अन्यथा छापिएछ । त्यो पुस्तक सच्याउन तीन चार दिन मद्दत गरेका थिए । पहाड बस्ता पुस्तक प्रकाशन गर्न मलाई धेरै दिन कुर्नु पर्ने, धेरै दिन बस्न पुफर्सद नहुने । दैवज्ञराजले अब अन्त होइन, काठमाडौंबाटै छपाउनु पर्छ । गुरुका पाण्डुलिपि म लगेर छपाउन दिन्छु भने प्रभुनाथ अधिकारीको सङ्गीत लहरी र सन्त योगमाया र उनका वाणी दुइटा प्रकाशनबाट प्रकाश गराइ दिएका थिए । कवि पं.वैयाकरणका किष्किन्धाकाण्ड र पुण्यशिक्षा पनि म आपैँफ इतिहास प्रकाश समितिबाट छाप्नेमा थिएँ । होइन, आपूफले छाप्ता प्रचारप्रसारमा कठिनाइ पर्छ, साझा प्रकाशनबाट छपाउनु पर्छ भन्ने सल्लाह उनैले दिएका थिए । पछि साझाबाटै छापियो पनि ।
सं.२०३२ साउन २६ मा मेरो सानो छोरो स्यमन्त धनुष्टङ्कारजस्तो उपरचोटे व्यथा लागेर विना औषधोपचार अकस्मात् स्वर्गे भएछ, म घर नभएकै बेला । जीवनमा ममा यो अत्यन्तै ठुलो हृदयविदारक बज्रपात पर्यो । अब त्यहाँ बस्ने मेरो मन उठ्यो । बाको शेषपछि व्यवहारको बोझले थिचेर त्यहाँ बस्न बाध्य थिएँ । शिक्षा, समाजसेवामा पनि त्यति सफलता नहुने भएपछि अब बस्नु मेरो उद्देश्य विपरीत ठानी सम्पूर्ण व्यवहार परित्याग गरी म काठमाडौं आएँ । यसपछि अब दैवज्ञराजसँग मेरो सम्पर्क निरन्तर जस्तै भइरह्यो, उनी छउन्जेल । उनी मेरा हितैषी प्रिय मित्र नजिकको बन्धुसरह थिए । “गुह्यमाख्याति पृच्छति” भनेजस्तै उनी हरेक कुरामा मेरो सल्लाह लिन्थे, मनको कुरा कहन्थे । एकै ठाउँमा घर घडेरी गरेर बस्ने हाम्रो सल्लाह हुन्थ्यो । तर संजोगले घर बनाउँदा उनी पूर्व बानेश्वरमा परे म पश्चिम कलङ्कीमा । तपाईँ पाकिस्तान जानु भो भन्थे । हुन पनि हो । उता मन नगरेकैले त्रि.वि. को सरेक पारेरै म यता बसेको हो ।
काव्य साहित्य सेवा
दैवज्ञराज एक सरल व्यक्ति, सुन्दर जिउडाल मिलेको । उनका कविता, काव्य पनि सुन्दर, सरस र भावपूर्ण छन् । उनका खण्डकाव्य, गीति कविताहरू, बालसाहित्य प्रसिद्ध छन् । उनी सबैसँग सहचार्य राख्न सक्ने मिलनसार भएबाट हरेक सामाजिक साहित्यिक सङ्घ संस्थाहरूमा सम्बद्ध भएर काम गर्दथे । सनातन धर्म सेवा समितिदेखि लिएर अनेक सानातिना पुरस्कार गुठीहरूमा पनि काम गर्न भ्याउँथे । यहाँ एउटा उल्लेखनीय कुरा के छ भने उदयानन्द पुरस्कार गुठीमा भने स्थापना कालदेखि नै म र उनी सम्बद्ध भइआएका थियौँ । यस संस्थामा उनी सचिव थिए भने म साधारण सदस्य । यसमा हामी दुई सम्बद्ध हुनमा मेरा मुख्यतः बौद्धिक कारण थियो भने अर्को दैवज्ञराजको “सात पुस्ता खाने” मावलीको सम्बन्ध ।
विक्रमको उन्नाइसौँ शताब्दीमा बौद्धिकता, कवित्वशक्ति र सरकारी उच्च पदवीले पनि प्रख्यात भएका महाकवि उदयानन्द अर्जेलले महाकाव्य, खण्डकाव्य, कविता लेखेका रहेछन् । यिनको खण्डकाव्य प्रकाशित भए पनि बेनामे रह्यो भने महाकाव्य अँधेरो कोठरीमा पडिरहेको विलुप्तप्रायः रहेछ । कास्मिरी विद्वान् क्षेमेन्द्रले गुणाढ्य पैशाची भाषाको बृहत्कथा गहिरो भासमा भासिन लागेकोमा संस्कृतमा उद्धार गरेँ भनेजस्तै मैले पनि उपर्युक्त महाकविका विलुप्तप्राय महाकाव्य, खण्डकाव्यको उद्धार गरेको छु । यसैबाट प्रेरित भएर उनका वंशजले उनका नाममा यो पुरस्कार गुठी राखे । यस संस्थामा म सम्बद्ध हुनमा यो कारण थियो भने दैवज्ञराज उदयानन्दका छोरीका नातिका पनि नाति थिए । यो संस्था एकनास चलिआएकोमा अहिले दुःखको कुरा के छ भने उनी अशक्त भए अनि यस संस्थामा पनि नयाँ सचिव भएपछि राजनीतिले प्रवेश पाउन लाग्यो ।
यहाँ मैले यति भन्नाको तात्पर्य उदयानन्द त्यति ठुला विद्वान् साहित्यसाधक महाकवि भए पनि उनका सन्तान दरसन्तानमा त्यस्ता साधक कवि कोही पनि देखिएनन् । छोरीपट्टिमा छ पुस्तामा आएर दैवज्ञराज, केदार, महेश्वर न्यौपानेहरू कवि साधक भएर निस्के । दैवज्ञराज न्यौपाने साहित्य साधक कवि हृदयका व्यक्ति थिए । स्वाभाविक कवि भन्दा पनि हुन्छ, उनले आफ्नो साहित्यिक क्षमतालाई अध्ययन अध्यापन सिर्जनशीलतामै सीमित गरेका भए उनबाट अझ धेरै काव्य कविता महाकाव्य उत्पादित हुन सक्थे । तर उनको बौद्धिक व्यक्ति धेरै सङ्घ संस्थाहुँदो र विशेषतः प्रश्नोत्तर परीक्षण आदिमा छरिएकाले त्यसो हुन सकेन र उनले थालेको विद्यावारिधि पनि पूर्ण हुन पाएन ।
जीवनको असजिलो
उनको गृहस्थ जीवन एकनाससँग सन्तोषजनक रूपले चलेको देखिए पनि त्यसले उनको भित्री मनमा कतिको सुखशान्ति कायम रह्यो वा रहेन, बाहिर जे जस्तो देखिए पनि । पहिली पत्नीसँग केमा पटेन, उनकी जीवनसँगिनी बन्न पाइनन् । दोस्री पनि कडा रोगले बैंँसमै बितिन् । उनीबाट भएका छोराछोरी भने क्षमतावान् बनेर आफ्नै खुट्टामा उभिने भएर विदेसिएका छन् । कान्छी पत्नी र सानो छोरो साथमा लिएर उनको गृहस्थ राम्रै चलिरहेकै थियो ।
हुर्केका छोराछोरी पखेटा लागेपछि उनका साथमा बसेनन् । सानो पिप्सोलाई लालनपालन पठनपाठन गरी बडो बनाउन बाँकी छ, थालेका कति काम अधुरै रहे होलान्, अरू धेरै कति गरुँला भन्ने उमङ्ग उत्साह हुँदो हो झ् छ दशकमा हिँड्दै गर्दा उमेरले नेटो काटेको जस्तो अनुभव भएरै होला अब बाँकी कामको चटारो पर्ने देखिसकेका थिए र नै उदास हुँदै भन्थे ः–
धेरै अल्मल छन् मेरा सानै छ पुत्र एउटा
मैले शिखरमा पुग्न चढ्नै छ अझ टाकुरा
अभैफ यात्रा अगाडि छ गर्नु पर्नेछ के कति
थाहा हुन्न कसैलाई भावी जीवनको गति ।
इति ।
हाँस्तै आऊ सरस कविता साथमा बैँस बोकी
आऊ उस्तै तरुणसरि भै कालको चाल रोकी
मुक्का तानी अघि बढ तिमी रोग दुर्दैन्य नासी
बोल्द्यौ यौटा मधुर कविता मन्द मुस्कान हाँसी
शरदकुमार भट्टराई (दैवज्ञ : पद्यध्वनि, २०६६)