कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कविगुरु दैवज्ञ : मेरो स्मृतिमा

बुनू लामिछाने

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर अध्ययनको शैक्षिक सत्र २०५३–५५ भर्खर सुरु भएको थियो । अन्य विषयका जस्तै नेपालीका कक्षाहरू साउन–भदौबाट सुरु गरिएका भए पनि म भने विशेष कारणले मंसिरमा मात्र आइपुगेकी थिएँ । एक दिन कुनै पत्रको घन्टी खाली भएकाले हामी कक्षाकोठा अगाडिको प्राङ्गणमा बसी गफ गर्दै थियौँ । अगाडिबाट अरू कक्षा लिने गुरुहरू ओहोरदोहर गरिरहनु भएको थियो । नयाँ परिवेशले हो कि जीवनशैली नै नयाँ भएर हो, यहाँका प्राध्यापकहरू हाम्रा जिल्लाका भन्दा फरक, ज्ञान, अनुभव र उमेरले परिपक्व विशिष्ट व्यक्तित्वजस्ता लाग्यो मलाई । यो कुरा मैले सुटुक्क नजिकैकी साथी आभा आचार्यलाई सङ्केत गरेँ । उनीले यसलाई कुनै अन्यथाविनै समर्थन गरिन् र मसँग भनिन्–“अझ साँच्चै व्यक्तित्वजस्तो व्यक्तित्व त तिमीले देख्नै बाँकी छ साथी ! म त सुरुसुरुका कक्षामा बसेर सबैसित परिचित भइसकेँ । सबै कक्षा पनि लिइसकेँ । दैवज्ञराज न्यौपानेलाई देख्यौ भने कति अचम्म लाग्ला तिमीलाई ?” मैले आश्चर्य मान्दै भनेँ–“को दैवज्ञराज ? कवि दैवज्ञ त होइनन् होला नि ?” मेरो जिज्ञासा समाधान गर्दै उनीले भनिन्–“किन नहुनु नि ! उनै त हुन् दैवज्ञराज न्यौपाने ।” मलाई पत्यार लागेन र पेफरि सोधेँ–“साँच्चै हो र ?” “हो क्या हो, किन ढाँट्थेँ म तिमीलाई ।” उनले पेफरि भनिन् ।

अब मैले दैवज्ञराज न्यौपानेलाई देखुन्जेल पर्खनै परेन । कवि दैवज्ञलाई बाहिरी आँखाले देख्न नभ्याएको भए पनि भित्री आँखाले धेरै अघि देखिसकेकी थिएँ । उनी बाहिर हेर्दा जस्तासुकै किन नहुन्, उनीभित्रको कवि कति सुन्दर थियो भन्ने कुरा मलाई पहिल्यै थाहा थियो । त्यसैले अब उनको बाहिरी व्यक्तित्वसँग कुनै सरोकार भएन मलाई । साथीहरू आ–आफ्नै गफमा मस्त भए । मलाई भने कवि दैवज्ञका कवितालोकमा पस्ने मोहले छोइहाल्यो । त्यसैले सँगिनीहरूले चालै नपाउने गरी घरक्क स्मृतिको दैलो उघार्दै अन्तश्चक्षुका सहाराले बाल्यकालीन पाठशालाका कवितामय जीवनमा विचरण गर्न पुगेँ म । मध्यान्तरको समय पारी थुप्रै बालसखीहरूसँग कक्षा ४ मा प्रवेश गरी नितान्त प्राकृतिक हाउभाउले स्वतःस्पूफर्त अभिनयसँग कवितामा रुझदै भिज्दै –

वर्षायाम एक दिन ठुलो पानी पर्‍यो
काला काला बादलले सेता गेडी झार्‍यो ...
(वर्षायाम : दैवज्ञराज न्यौपाने)

भन्दै गद्गदाउँदै नाच्न थालियो कवितामा । कवितालाई गीत बनाई गीतका तालमा नाच्दा नाच्दै कक्षा ५ मा पुगी “किसानको रहर” सँग मन्त्रमुग्ध हुँदै रहराउन थालेँ म । कक्षाभरिका सबैलाई कण्ठस्थ र सबैका माझ उत्तिकै लोकप्रिय प्रस्तुत कविता रिठ्ठो नबिराई गाउन कहिल्यै नथाक्ने पचासौँ बाल सहपाठीसँग किताब खोसाखोस गर्दै “अब मेरो पालो” भन्दै आफ्ना बालकण्ठलेः–

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
बिहानीपख भुफल्किन्छ घाम द्यौराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।
(किसानको रहर : दैवज्ञराज न्यौपाने)

भन्दै गुञ्जिए त्यहाँ । कवि दैवज्ञलाई सम्भँफदै, कविता रस प्यँुदै, अदृश्य समयका सिँढी उक्लँदाको आनन्द अपूर्वको थियो । कक्षा ८ मा पुगेपछि त्यो शिल्पी त्यहाँ पनि आफ्ना कविताकौशल शब्दशब्दमा नचाइरहेकै रहेछ । मनमोहक दृश्यावलीभित्र पेफरि उही सख्यसमूहमा पसी आँखै नझिम्क्याएर म कविताको सौन्दर्य नियाल्न थाल्दै थिएँ । पेफरि पनि कवि दैवज्ञका कविताकलाले “किसान” शीर्षकभित्र प्रकृतिपुजारी किसानको गौरवबोधमा आपूफलाई रूपायित गर्दै नेपाली झयाउरेबाट बिस्तारै शास्त्रीयतातर्पफ हामीलाई संलग्न गराउँदै थिए । हामीहरू ः–

आकाश गड्गडाएर जब बर्सन्छ झर्भफर
म किसान हलो बोकी निस्कन्छु अनि बाहिर
जलको पहिलो स्पर्श मट्टिमा हर्हराउँछ
मेरो अन्तरको स्वप्ना बाली भै लहराउँछ
(किसान : दैवज्ञराज न्यौपाने)

भन्दै आपूफलाई छन्दोबद्ध कवितावाचनका मर्यादाभित्र अभ्यस्त गराउँदै थियौँ । आनन्दविभोर त्यही परिवेशमा भुलिरहूँ र त्यहीँ डुलिरहूँ–भुफलिरहूँजस्तो लाग्दै थियो तर आजको खाली घन्टी यत्तिकैमा बितेकाले म त्यसरी रमाइरहन पाइनँ, हामी अर्को कक्षाको तरखरमा लागिहाल्यौँ ।

त्यस दिनका दुई दिनपछि दीप्तिमय चेहरायुक्त एक जना गुरु हाम्रो कक्षामा भित्रिएपछि थाहा भयो– उहाँ नै दैवज्ञराज न्यौपाने हुनुहुँदोरहेछ । आभाले तिलबराबर पनि ढाँटेकी रहिनछिन् । यसअधि आपूफले चित्रहरूमा देख्न पाएका महाकवि देवकोटा र महामानव वी.पी.कोइरालाका मुखमण्डलमा झल्किने निरभिमान सर्जकीय प्रतिभायुक्त जाज्वल्यमान गुरुकान्ति मैले पहिलोपल्ट यही चेहरामा देख्न पाएकी थिएँ । प्रथम वर्षको चौथो पत्रमा पढ्नुपर्ने विभिन्न खण्डमध्ये गुरु दैवज्ञले हामीलाई “नेपाली कविता भाग ४” का केही कविताहरू पढाउनुहुन्थो । मैले उहाँसँग पढ्न पाएको पहिलो दिनको पहिलो कक्षामा उहाँले नेपाली काव्यमहारथीहरूका काव्यगत वैशिष्ट्य पर्गेल्ने क्रममा कवित्वचातुरी र काव्यप्रवृत्तिका आधारमा कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटा र पण्डितराज सोमनाथ सिग्देलका कविताकृति क्रमशः अङ्गुर, आँप र नरिवल प्रवृत्तिका रूपमा रहेको समालोचकीय धारणा राख्नुभएको थियो । यी सर्जकहरूका कविता पढ्नासाथ जहाँ जतिखेर पनि म यो कुरा सम्झिरहेकै हुन्छु अहिले । यसै गरी कविताका गूढतम सामर्थ्यसँग सूक्ष्मरूपले परिचित गराउनुहुन्थ्यो उहाँ, हामी क्रमैसँग नजिकिन र गहिरिन सिक्दै थियाँै कवितातिर । लाग्छ, कयौँपटक आफ्नै अक्षमताका चोट नलागेका होइनन् तर काव्यिक कठिनाइका दुस्तर गौँडा फोर्न र कवितासागरको अवलोकन गर्न यस्तै गुरु अभिव्यक्तिले साहस थपेको कुरा भने अतिशयोक्ति थिएन ।

कसैका कवित्वको नाडी छाम्न सिपालु समालोचक जब आपैँफ पनि कवित्वले भरिभराउ छ र स्वतन्त्र कल्पनालोकको विचरणकर्ता रसिक कवि जब बहकाउमा लगाम लगाउन खप्पिस समालोचक पनि छ भने त्यस्ता गुरुत्वशक्तिको सङ्गम कस्तो होला ? ती दुवै थरी प्रतिभाका अभयदानप्राप्त यस्तै असामान्य गुरुत्वले ओतप्रोत कवि गुरु दैवज्ञका त्यस्तै रससिक्त अभिव्यक्ति ऊर्जाको प्रेरणात्मक निष्कर्ष मैले लिन पाएका कक्षाहरूको चुरो हुन्थ्यो । आफ्नो स्मृतिपर्दा उघारेर गुरु दैवज्ञद्वारा प्राध्यापित कक्षाकोठाको स्नेहिल वातावरणमा स्नातकोत्तर अध्ययन अवधिका अविस्मरणीय पलहरूसँगै घुमिरहेकी छु म अहिले । नेपाली केन्द्रीय विभाग कीर्तिपुरको स्मृतिमा छु म । अनुभूतिहरूले सम्झाउँदैछन् र सम्भँफदैछु म आपैँफ । त्यस वर्षको आन्तरिक परीक्षामा चौथो पत्रको कविता खण्डमा सन्तोषजनक प्राप्ताङ्क ल्याएदेखि म दैवज्ञगुरुका दृष्टिमा मध्यमस्तरकी विद्यार्थी गनिएकी थिएँ । वार्षिक परीक्षाको परीक्षाफल निस्किएको दुई चार दिनपछि लब्धाङ्कपत्र हात पर्ने दिन मलाई उहाँको मौखिक प्रश्न थियो– “चौथो पत्रमा कति आयो ६४? ?” नभन्दै मेरो प्राप्ताङ्क ६४ नै आएको थियो । अहिले नढाँटी भन्दा त्यतिबेला मलाई गुरुले त्यसरी प्रश्न गर्नुमा खासै खुशी लागेको थिएन । वरिपरि साथीहरू पनि थिए । सुन्न त उनीहरूले सुनेका थिएनन् यो कुरा, तैपनि मलाई मनमनै लाग्यो, यी प्राध्यापकले किन उनीहरूको वास्ता नगरेर मेरो मात्र चासो राखे ? गुरुले यति सामान्य भएर प्रश्न गर्नु सतहीपन भएन र ? त्यसैले मैले प्रकट रूपमा हलुका ब्यङ्ग्यमा भनेँ– “कसरी कण्ठस्थ भयो सर मेरो प्राप्ताङ्क हजुरलाई ?” जवाफमा उहाँको भनाइ थियो– “आपूफले आशा गरेका विद्यार्थीहरूको प्राप्ताङ्क गुरुलाई कण्ठ हुनुमा केको आश्चर्य भयो र ?” निश्छल उद्देश्यले मृदुवचनमा व्यक्त उहाँको यस अभिव्यक्तिले मलाई आफ्नै सोचाइ अज्ञानी र उरन्ठेउलो हो कि जस्तो लाग्यो । त्यसैले लज्जा र ग्लानिले सन्तप्त हुँदै बाहिर सामान्य देखिएर भनेँ– “हो सर हुन त ।”

दोस्रो वर्षमा पुगेपछिको कुरा, छैटौँ पत्रको खण्डकाव्य र महाकाव्यहरूको अध्ययन अन्तर्गत आदर्शराघव महाकाव्य र गङ्गाप्रवास लामो कविता तथा सातौँ पत्रको ऐच्छिक पत्रअन्तर्गत राखिएका विभिन्न अध्ययनमध्ये महाकवि देवकोटा र उनका महाकाव्यहरूको अध्ययन नामक ६० पूर्णाङ्कको पत्र पढाउनुहुन्थ्यो दैवज्ञ गुरुले । हामीलाई ऐच्छिक पत्रमा महाकवि देवकोटका महाकाव्यहरू नेपाली शाकुन्तल, सुलोचना, महाराणाप्रताप, पृथ्वीराज चौहान लगायतको प्राध्यापनमा पाठ्यक्रम अतिरिक्तका सम्बन्धित ज्ञानले देवकोटाको महाकाव्यकारिता छर्लङ्ग्याइदिएर मात्रै पाठ्यक्रमले सङ्केत गरेका कुरा पढाउनुहुन्थ्यो उहाँले । उहाँको यसै प्राध्यापन पद्धतिका कारण ऐच्छिक पत्रका प्रायः कठिन अध्ययनहरूमा मलाई आफ्नो क्षमतावृद्धि गर्दै कृतिहरूको विश्लेषण गर्न खुब हौसला जागेको थियो । पहिले पहिलेका प्रश्नपत्र बटुलेर परीक्षाकेन्द्रमा प्रश्नहरूका उत्तर लेखी गुरुलाई जाँच्न दिएकी थिएँ मैले एकपटक । मेरो प्रयासबाट अत्यन्त खुसी भएर ४–५ वटा प्रश्नका उत्तरमुनि र समग्र प्रश्नको विश्लेषण टुङ्गिएको पानामासमेत “धेरै राम्रो” भनेर लेखिएको कापी कक्षामा सार्वजनिक गर्दै उहाँले भन्नुभएको थियो–“बुनूको विश्लेषण क्षमता साह्रै राम्रो छ, सबैले एकपटक हेर्नुहोला ।” यस अभिव्यक्तिबाट आफ्नो उत्साहले उचाइ लिँदै गए पनि केही साथीहरूले सो लेखोटको फोटोकपी गरी परीक्षाका लागि हुबहु कण्ठ गरिदिएपछि कताकता खिन्न मन भए पनि पछिपछि मलाई लागेको थियो– “म पो आफ्नो उपलब्धि आपैँफ मात्र भोगँू भन्ने व्यक्तिवादी स्वार्थग्रस्त व्यक्ति हुँ तर गुरु त कसरी मजस्तो हुन सक्नुहुन्थ्यो ! गुरुको साझा दृष्टिमा त धेरै विद्यार्थीको भलो हुन्छ भने एउटालाई अलिकति मर्का परेर के भयो र ?”त्यसो त हामी बस्ने छात्रावासमा बसी नेपाली विषय पढ्ने र दाङ जिल्लावासी भनी थाहा पाएसम्मका छात्राजति सबैलाई मसँग भेट्नुपर्ने मार्गदर्शन गर्नुहुँदो रहेछ उहाँ । “मलाई जहाँसम्म लाग्छ उनी सहयोगी र सहृदयी पनि छिन्, तपाईँहरू उनीसँग भेटी सरसल्लाह र छलफल गर्नुहोस्” भन्नुहुँदो रहेछ । नयाँनयाँ छात्राहरू पटकपटक यस्ता गुरुसन्देश लिएर आपूफसम्म आउँदा मलाई लाग्थ्यो–“यो मेरो होइन, सकेसम्म सबैले पायक पर्ने ठाउँबाट सकेसम्म सुलभ तरिकाले ज्ञान आर्जन गर्न पाऊन् भन्ने गुरु दैवज्ञकै सहयोगी स्वभाव हो, मैले त यसमा केवल जस पाउने र माध्यम बन्ने सौभाग्य मात्र पाएकी हुँ ।”

यता अनिवार्य खण्डतर्पफ जुन दिन गुरु दैवज्ञले कवि मोहन कोइरालालिखित “गङ्गाप्रवास” लामो कविता पढाउन थाल्नुभयो, त्यस दिन उहाँले “गङ्गाप्रवास” शीर्षकको सार्थकताबाट काव्य आरम्भ गर्दै गङ्गाप्रवास, गङ्गाको प्रवास, गङ्गामा प्रवास र गङ्गामा गङ्गाको प्रवास गराइएको कविचातुरीतर्पफ औँल्याउँदै नेपालबाट भारतमा प्रवासित भागीरथी गङ्गाको प्रवाहमा नेपालबाट बनारसमा प्रवासित अति निम्नवर्गीय नेपाली नारी गङ्गाको प्रवाससँगै उसले भोगेको दुर्दान्त कथानकको शाब्दिक रेखाचित्र खिच्दाखिच्दै त्यहाँको कारुणिक कथाले आफ्नो वाक्शक्ति अवरुद्ध भएका कारण कक्षा अगाडि बढाउन नसकी “बाँकी कुरा पछि” भन्दै बिचैमा रोकिनु भएको थियो । भोलिपल्ट त्यसभित्र प्रवेश गर्दा त्यहाँका मर्मस्पर्शी पङ्क्तिमा आफ्ना अश्रुसिक्त अभिव्यक्तिहरूले कवितालाई विद्यार्थीहरूका माझ निथु्रक्कै भिजाइदिनु भएको थियो । यस दृश्यलाई मेरा सहपाठीहरूले कसरी अवलोकन गरे कुन्नि, मलाई भने कवि दैवज्ञ कवितै पढाउन प्रकृतिले जन्माएका गुरु रहेछन् जस्तो लाग्यो त्यतिखेर, कविता कवित्वको अनुभूति गर्न सक्नेले नै पढाउनुपर्दो रहेछ जस्तो पनि लाग्यो । भावुकताले वास्तवमा सानोठुलो केही भन्दो रहेनछ । अरू कुरामा सधैँ शिष्यवर्गलाई हँसाउने सहृदयी प्रेरक गुरु कसरी आज भाइबहिनीहरूकै अगाडि भल्भली पग्लिरहनु भएको ?” यस्तै सोचेर बसेँ म, कथाको कारुणिकताले छुनु त छँदै थियो, त्यसमाथि पनि कक्षा अभिभावकको त्यो अवस्थाले आपूफ पनि खुब रोएको सम्झन्छु, प्रस्तुत कृति पढ्दा । त्यसबेला प्रस्तुत कृतिको जलक्रीडामा करुणरसलाई रसानुभूति गराउने प्रा.दैवज्ञराजभन्दा त्यसलाई स्वयं अनुभूति गर्ने कवि दैवज्ञराज नै दसौँ गुणा बढी प्रभावित भएको थियो कविताको मर्मस्पर्शिताले सायद । अहिले लाग्छ, कवि गुरु दैवज्ञको त्यस कक्षाको त्यस प्रतिभादोभानलाई कुशलतापूर्वक नियाल्न जान्ने अर्को कुनै कविदृष्टि पनि सामुन्नेमा रहन पाएको भए त्यहीँ अर्को काव्यको मनोरम सौन्दर्य पेफला पर्थ्यो होला । जे होस्, पङ्क्ति–पङ्क्तिका भावार्थसँगै गहभित्र गतिमान नदीहरूमा पाँैडदा पौँडदै रसाभिव्यञ्जनाले परितृप्त सजल नयन र अवरुद्ध कण्ठगत प्रस्तुतिसँगै “यसभन्दा बढी भन्न सक्दिन म” भन्दै गम्भीर र भावमुद्रा बोकेर काव्यरसका किनारा लाग्नु भयो दैवज्ञ गुरु, म आश्चर्यले टोलाइरहेँ ।

छन त, मेरा अरू स्मृति पनि थुप्रै छन् उहाँबारेका तर यो कक्षा तीमध्येकै सर्वोत्कृष्ट स्मृति हो मेरा लागि । त्यस दिन त्यसरी पढ्न नपाएकी भए अहिलेसम्म पनि कवि मोहन कोइराला “नबुझिने कविताका कवि हुन्” भन्ने भ्रान्तिबाट म पार हुन सक्दिनथेँ होला । उनै कोइरालाका “घाइते युग” र “फर्सीको जरा” पढाउँदा “यी कविता नबुझिने कविता हुन् र मोहन कोइराला नबुझिने कविताका कवि हुन् भनेर लेखिदिनुभए हुन्छ” भनी प्रा.कृष्णप्रसाद आचार्यले प्रथम वर्षमै हामीलाई बताइसक्नुभएको थियो ।

करुण रसमा त्यसरी द्रवीभूत हुने कविगुरु दैवज्ञ वीर रसका कविता पढाउँदा अन्तर्हृदयदेखि उत्साहित हुँदै आपूफलाई घतलाग्दा पङ्क्ति पढेर देब्रे गोडा हलुका उचाली दायाँ हातका औँलाले चुट्की बजाउँदै आफ्नो हार्दिकता खन्याउनुहुन्थ्यो । शान्त रसका सामग्रीमा प्रसन्न चित्तबाट प्रस्पुफटित उहाँको उदात्त भावनाको त्यस्तै प्रभाव परिरहेको हुन्थ्यो भने अरू जुन रसका कृति पढ्न थाल्यो त्यसैमा चुर्लुम्मिएर आफ्ना पाठक अनुभूति जस्ताको तस्तै साधारणीकरण गर्दै पढाउनुहुन्थ्यो उहाँ । मेरा केही सहपाठीहरू यस्ता कक्षाले आपूफ सन्तुष्ट नभएका गुनासा सुनाउँथे तर म भने ती कक्षाहरू केवल एक–दुई वर्षका परीक्षापारको सीमित उद्देश्यले मात्रै नभएर यस्ता औपचारिकताभन्दा धेरै पर जिन्दगीका कयौँ अनौपचारिक सिर्जना संसार छिचोल्ने उद्देश्यले पढाएको पाउँथे ।

कक्षाकोठाभन्दा बाहिर पनि त्रिभुवन विश्वविद्यालयका साहित्यिक र अन्य कार्यक्रमहरू (भानुजयन्ती, मोतीजयन्ती, विद्यार्थी स्वागत कार्यक्रम, बिदाइ कार्यक्रम आदि) मा गुरु दैवज्ञको उपस्थिति उस्तै प्रेरणाप्रद हुने गर्थ्यो मेरा लागि । एकपटकको यस्तै कार्यक्रममा उहाँले वि.सं. २०३६ सालतिर दाङ जिल्लामा देखेको एउटा दयनीय दृश्य (६ वटा छोराहरूको मृत्युको पीडा खेपेकी एउटी विधवा आमाले आफ्ना ६ वटी विधवा बुहारीहरूका बीचमा बिताइरहेको वैधव्यको दारुण कथागाथा) को मार्मिक प्रसङ्ग उद्घाटन गर्दै त्यतिबेला आपूफ भावविह्वल हुँदै लेखेको खण्डकाव्य “ती रोइन् त्यसरी किन ?” बाट केही पङ्क्ति सुनाउँदा मलाई पनि काव्य लेख्ने हुट्हुटी निकै जागेको थियो । कुराकानीका प्रसङ्गमा पनि प्रायः उहाँबाट व्यक्त माधुर्य गुणले भरिपूर्ण सरस वचन र उज्ज्वल प्रभावकारी धप्धपाउँदो कान्तिले उहाँ नै कविता उमारूँ उमारूँ जस्तो लाग्ने कवितास्रोत जस्तै लाग्थ्यो । उहाँद्वारा रचिएका बालसाहित्यदेखि प्रौढ साहित्यसम्मको स्मरण गर्दा पनि उहाँजस्तै लोकप्रिय कवि बन्ने सदाशा प्रायः पलाइरहेकै हुन्थ्यो ।

हाम्रो औपचारिक अध्ययनको समाप्तिका केही महिनापछि हामी उस्तै–उस्तै उमेरका साथीहरू मिली “नारी साहित्य प्रतिष्ठान” नामक साहित्यिक संस्था खोल्यौँ । त्यसको उद्घाटन र घोषणासभाको दिन समारोहको समापनपछि आफ्नै औपचारिक कक्षाका शिष्याहरू (अध्यक्ष गीता कार्की, भोजपुरे र म ) तथा अरू समवयस्क उत्साही नारीहरूलाई देख्दा दैवज्ञ गुरु निकै खुसी भएको सम्भँफदैछु यतिखेर । आन्तरिक व्यक्तित्वको उत्कर्षका कारण गुरु दैवज्ञ मेरो हृदयले अपार श्रद्धा गर्ने गुरुहरूमध्येका एक भए पनि उहाँको ओजपूर्ण व्यक्तित्वका सामु आफ्नोपन देखाउन र खुलेर प्रस्तुत हुन भने किनकिन मलाई सङ्कोच लागिरहेकै हुन्थ्यो । वि.सं.२०५८ सालमा प्रकाशित आफ्नो पहिलो कृति “बिहानीका पाइलाहरू” को लोकार्पण कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणीका लागि मैले गरेको अनुरोधलाई सहजतापूर्वक स्विकार्दै उहाँले त्यसमाथि समालोचकीय धारणा राखिदिनुभएको थियो । कर्णप्रिय वाक्प्रवाहमा उहाँबाट त्यसदिन व्यक्त विचारहरूको श्रव्य क्यासेट मसँग धेरै पछिसम्म सुरक्षित थियो । तर विडम्बना ! मैले जोगाउँदा जोगाउँदै कसरी कसरी उक्त सामग्री बिग्रिएपछि आजसम्म पनि मलाई थक्थकी लागिरहेकै छ ।

वि.सं.२०६२ साल भदौमा, समयान्तरले एक दिन एउटा नमीठो कुरा सुनायो– पक्षाघातको आक्रमणले दैवज्ञगुरुको वचनरसको माधुर्य खल्बलिएको र चेहरा बाङ्गिएर मुखमण्डलको सौन्दर्य खज्मजिएको खबर । यो समाचार सुन्नासाथ उहाँले प्रत्येक औपचारिक–अनौपचारिक कक्षामा दिनुभएका श्रुतिमधुर बोलीका श्रव्याभास, कविकान्तिले धप्धपाउँदो मुखमण्डल र प्राध्यापनक्रममा व्यक्त स्वतःस्पूफर्त हाउभाउका दृश्याभासहरू बारम्बार आँखैअगाडि झल्किइरहे । यसको धेरै समयपछि बिरामी अवस्थामा गुरुलाई भेट्ने अवसर मिले पनि त्यो साक्षात्कार अघिजस्तो उत्साहवर्धक हुनसक्ने कुरै भएन । उपचारका अनेक शृङ्खला पार गर्दागर्दै सुधारभन्दा गलितावस्थातिर धकेलिँदो उहाँको कमजोर स्वास्थ्यप्रति भाषा–साहित्यसेवी व्यक्ति तथा सङ्घसंस्थामा चिन्ता पर्नु स्वाभाविकै थियो । उहाँका शुभचिन्तकहरूले स्वास्थ्यलाभको कामना गर्दै कोकगोष्ठीको दैवज्ञःपद्यध्वनि लगायत आ–आफ्नै तरिकाले उहाँप्रति श्रद्धा–सम्मान प्रकट गर्न थाले । हजारौँ नागरिकहरूका माझ जनस्तरबाट उहाँको राष्ट्रिय अभिनन्दन पनि सम्पन्न भयो । त्यस दिन उहाँमा समर्पित आफ्नो शुभकामना कविता प्रस्तुत गर्न मिलेको अवसरलाई मैले आफ्नो सौभाग्य सम्झिएकी छु । त्यस दिनको, त्यो समारोहको, त्यो माहोलको बारम्बार सम्झना भइरहन्छ मलाई । राष्ट्रिय नाचघर जमलको विशाल कक्ष नै खचाखच भर्ने गरी अभिनन्दनका निम्ति उपस्थित हजारौँ स्वस्थ नागरिकहरूका माझ अभिनन्दनकर्ता प्रमुख अतिथि– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका सामु उपस्थित, पक्षाघातको पराकाष्ठाले शिथिल कवि दैवज्ञको कान्ति स्वयं राष्ट्रपतिको भन्दा हजारौँ गुणा बढी उज्ज्वल आभामा धप्धपाउँदा मैले नीतिशतकको– “विद्वत्वं च नृपत्वं च नैवतुल्यं कदाचन (विद्वान्का समकक्षमा नृपहरू के पुग्दथे आखिर झ्)” भन्ने पङ्क्तिलाई आपैँफले अनुभव गर्न पाएकी थिएँ ।

वि.सं.२०६८ साल पुस २ गते बिहान गुरु दैवज्ञले यस धराधामबाट सदाका लागि बिदा लिनुभएछ । सुन्न त देहावसानको केही घण्टामै यो अप्रिय खबर मैले पनि सुनिसकेकी थिएँ । तर तत्काल आर्यघाट पुगी आफ्ना प्रेरणास्रोतलाई आँखै अगाडि जलाएको दृश्य हेर्नसक्ने सामर्थ्य ममा थिएन । त्यसैले कसैलाई केही नभनी आफ्नै डेराबाट गुरुभावको योगदान स्मरण गर्दै आफ्नो शिष्यधर्म निभाइरहेँ । ज्ञानेन्द्रियले थाहा पाउने गरी गुरु अभिभावकका चितासामु उभिन नसके पनि भौतिक जगत्बाहिर कता हो कताको स्मृति–संसारमा हराएँ पेफरि म । गुरुशिष्यका हार्दिक सन्निकटतामा समेटिएको आदर्श चलचित्रका रिलमा जस्तै धुमे मेरा मस्तिष्क–पर्दामा कविगुरु दैवज्ञका गुरुत्वका र कवित्वका अलग अलग भूमिकाहरू । हिमाली झर्नाबाट छङ्छङाउने सङ्गीतप्रवाहजस्तै प्राध्यापनशैलीमा गुञ्जिइरहन मन लाग्यो एक छिन । ती सद्गुरुलाई अरू त के दिन सकिन्थ्यो र गुरुत्वका खातिर देहावसानपछि, पवित्र गुरुभक्तिले बगाएका निश्छल अश्रुधाराको तर्पण लगाउँदै चिरशान्तिको कामना गरेँ उहाँको अमर आत्मालाई । दिनभरि नै धेरै कुरा सम्झनामा आइरहे । साधारण विद्वान्ले बाँच्नेभन्दा फरक सिर्जनशील जीवनमा अमर रहन सक्षम प्रतिभावान् कवि उहाँ, आफ्ना छात्रछात्राहरूलाई पनि आपूफभित्रका प्रतिभा चिन्ने उपदेश बोलेर होस् कि नबोलेरै होस् दिनहुँ दिनुहुन्थ्यो । मभित्र ताजै छन् ती सम्झनाहरू, ती कक्षाका अरू छात्राबाटभन्दा मबाट बढी अपेक्षा गरी “नेपाली कविता उद्यानलाई मनमोहक साहित्यिक सुषमाका साथ सजाउनुपर्छ तिमीले” भन्दै मेरा काव्यिक भविष्यको कामना गरेका कयौँ क्षणहरू सुरक्षित छन् मेरा स्मृतिभित्र । त्यति सौभाग्यशाली शिष्या थिएँ म उहाँकी । मेरो अज्ञात भविष्यमा मलाई नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर बनाउने सद्भाव खन्याएर सिञ्चने गुरु दैवज्ञराज मेरा हितैषी गुरुमध्येका एक हुनुहुन्थ्यो । साथै सिङ्गै साहित्यिक संसारको उर्वर भविष्यको कामना गर्ने सहृदयी कवि पनि हुनुहुन्थ्यो ।

त्यसैले यी अग्रज कविको प्रेरणालाई कवितामै सम्झन मन लाग्यो । काँचै प्रतिभा टिपेर भए पनि आफ्नै कविताकौशल अर्पण गरेँ– श्रद्धाञ्जलिका लागि । कविता कोरिसकेर उहाँकै सशक्त कवित्वलाई सम्झन मन लाग्यो एक छिन पेफरि । त्यस पार्थिव चितामा सुताइएको नश्वर देहबाट कवित्वको दिव्य ज्योति लिई अन्तहीन शब्दब्रह्म उड्दै आकासिएको सशक्त कवि दैवज्ञलाई नियालेँ । केहीबेर उहाँकै कविताबाट मेरा दृष्टिविम्बमा त्यो सशक्त कविका कविताकुसुमहरू विविध रसका फरक–फरक महक चखाउँदै प्रस्तुत हुन थाले । सर्वप्रथम त्यो कवि आफ्ना कोमल कोकिल कण्ठले शृङ्गार रसमा चुर्लुम्मिदै आफ्नी मायालुसँग अदृश्य हुँदै भन्दै थियो ः–

इच्छा नराखौँ पनि चाहना छ
माया नपोखौँ पनि कामना छ
कोही नसम्झौँ पनि याद कस्को
यो कुत्कुती नै मृदुमाद जस्तो

यसरी मेरा स्मृतिमा प्रवेश गरेको ऊ आफ्नी प्रेयसीसँग भन्दै जान्थ्यो –

मैले कतै तिमीलाई अर्को भन्या छैन
आउँफ भने हिँड्न हुने बाटो बन्या छैन
चासो मात्र हैन मलाई भरोसा छ धेरै
कुन्नि कल्ले के भनेछ मैले भन्या हैन ।

यसरी प्रेमको निश्छलता प्रकट गर्दै अघिअघि दौडिएको त्यस अदृश्य उर्वर कविलाई पछ्याउँदै गएँ म । ऊ अघिअघि दौडँदै खबर छर्दै जान्थ्यो कल्पनाकाशमा, म टिप्दै जान्थेँ ती कविताका सन्देशहरू । यसै गरी दौडिएको केही समयपछि ऊ यस वियोगजन्य घडीमा आफ्नी प्रेमिकालाई अर्को खबर पठाउँदै मसँग भन्न थाल्यो ः–

बाटो हेर्लिन् विरह दिनका नित्य औँला गनेर
सुस्केरामै मिरमिर हुनन् रात कोल्टे फिरेर
तिम्रैजस्तो म पनि दिनहूँ देख्छु संसारलाई
भन्ने मेरो खबर लगिद्यौ कल्पँदी बैँसलाई ।

म नियाल्दै थिएँ शृङ्गारिक कविताका विविध झाँकीहरू, ऊ अचानक एउटा दरो आत्मबलयुक्त सहिदका रूपमा परिवर्तित भयो । म निर्निमेष नियाल्न थालेँ त्यस सशक्त कवित्वचेतका उपजहरू, ऊ आफ्नो वीरगतिमा गौरव गर्दै वीररसपूर्ण अभिव्यक्तिले करुण रसको रसास्वादन गराउन सक्ने सुन्दर कविकौशलका साथ बोल्यो ः–

अन्यायमा पिल्सीपिल्सी बाँच्नुभन्दा बढी
मर्नु धेरै निको आमा झ् वैरीसँग लडी
(शहीद : दैवज्ञराज न्यौपाने)

यति मात्र कहाँ हो र ? मातृभूमिप्रति पूर्णरूपले समर्पित ऊ अन्याय–अत्याचार मास्न आपूफले कुनै कसर बाँकी नराख्ने प्रण पनि गर्दै कुर्लियो कवितामार्पफत् ः–

चरक्क चिर्छु यी धरा पिएर सोस्छु सागर
र जोशले पुफटाउँदै हिमालका कडा घर
उजाड यी कुटाकुरा म जोडले पुफटाउँछु
दलाल रे चिहान यी म जोशले चपाउँछु ।

उसको रौद्र अभिव्यक्तिमा खुब भरिएँ म स्वाभिमानले । केहीबेरमै पेफरि आफ्नो कर्तव्यबोधले भरिँदै शान्त मुद्रामा गुञ्जियो एउटा गीतभित्र ऊ ः–

सुनभन्दा हिरा राम्रो मोती अभैफ राम्रो
सबैभन्दा परिश्रमको ज्योति अभैफ राम्रो ।

यसरी कीर्तिमय संसारको अमर ज्योति खोज्ने शाश्वत सन्देश शिरोपर गर्दै फर्किएँ म त्यस शक्तिलाई पछ्याउन नसकेर । यो कविता सागरका गहिराइबाट मैले झिक्न सकेका मोती यति नै थिए, यिनैलाई आफ्ना कल्पनाकाशका उचाइमा पुर्‍याएर सिर्जनशील ज्योतिले जन्मभूमि जाज्वल्यमान पार्ने अटल प्रतिवद्धता जाग्यो मेरो मनभित्र । मैले आफ्नो वचनवद्धता हृदयदेखि नै प्रस्तुत गरेँ ।

अपराह्नतिर डेरामा एक पाहुनाको आगमन भएकाले केही समय उनैसँगको भलाकुसारीमा बित्यो । बेलुका टेलिभिजनले कवि दैवज्ञको अन्त्येष्टिको दृश्य प्रसारण गर्‍यो । टेलिभिजननेर बसी अबदेखि कहिल्यै देख्न नपाइने त्यस उर्वर प्रेरणास्रोतलाई अर्थात् भनाँै, विद्यार्थी जीवनका प्राथमिक शिक्षालयदेखि उच्च शिक्षालयका प्राङ्गणसम्म डोर्‍याएर अज्ञात भविष्यको संसारसम्म औँल्याइदिने निरभिमान गुरुलाई आफ्ना जड चर्मचक्षुले अन्तिमपटक दर्शन गरेँ । दृश्यको समाप्तिसँगै अबदेखि अन्तर्चक्षुले मात्रै खोज्न सकिने कविगुरु दैवज्ञसँगको शिष्यत्वको नाता केवल एउटा स्मृतिमा शेष रहने तीतो सत्य नै त्यस परिस्थितिको उपहार बन्यो ।