दाजुको सम्झना
दाजु मेरो यो धर्तीमा हुनुहुन्न आज
मेरा आँसु बगेका छन् दुनियाँका माझ
मेरा दाजु धेरै राम्रा कविता झन् राम्रा
अकालमा चँुडिलाने यमराज चाम्रा
धर्मपत्नी साथैमा हुँदा दुःख लाग्छ चुँडेर लैजाँदा ।
बिहानको भुफल्के घाम उपहार दाइलाई
दाइको पिर मान्दा मान्दा आँसुचाहिँ मलाई
बिहानीको भुफल्के घाम हिउँचुलीमा बल्छ
त्यै घामको उज्यालोमा दाइको छाया खेल्छ
चुँडी लग्यो हे दाजु दैवज्ञ, अकालैमा आएर कालले ।
कल्कल् बग्ने खोलाभरि झर्ने भर्नाभरि
दाइको गीत सुनिर’न्छु अघाउने गरी
ब्रह्माजीको सृष्टि अपार बाँचुञ्जेल हासौँ
खेलौँ बसौँ जुनी काटी आखिरमा जाऔँ
जलाइआए दाजुलाई घरमा, आगो लाग्यो यो मेरो आँतमा ।
ज्योति पुग्यो वैकुण्ठमा धप्प बलेको
हामीसँग तस्विर छ माया भनेको
पाँच् भाइ छोरा यौटै छोरी यौटे थिएँ साझा
वियोगमा बजिरैछ वियोगको बाजा
ए दाजु, तिहार आउँदैछ, सम्झिएर यो मुटु रुँदैछ ।
दाजुहरू विद्या पढ्न घर छाड्नुभयो
म छोरीले पढ्न नपाई त्यसै उमेर गयो
दिङ्लाबाट दाजु आई चिम्टी दिनु भयो
मख्ख परी घरै बसेँ पढ्ने दिन गयो
म बैनीको हारेको कर्ममा, दाजु जाँदा हिर्कायो मर्ममा ।
हाम्रा बाबा पूजापाठ जपतप गर्ने
मेरो काम सधैँ हुन्थ्यो पूजा–भाँडा माझने
पूफल टिप्नु बत्ती कात्नु चन्दन घोट्नु पर्थ्यो
मेरै जिम्मा सधैँ भरि ठिक्क पार्नु पर्थ्यो
घर्को काम्मा सधैँ नै जोतिएँ, दाजु म त कालोले पोतिएँ ।
विद्यालय छुट्टी हुँदा दाजु घर आउने
मलाई खुशी पार्नलाई चिम्टी ल्याई दिने
यस्तै गरी धेरै वर्ष बित्तै गए तर
पढ्न लेख्न पाइएन दिन गए पर
पढ लेख अबका बहिनी, ठुलो बन्न शिक्षा नै चाहिने ।
पढी गुनी दाजु ठुलो मास्टर हुनुभयो
पढ बैनी सधैँ भनी अर्ती दिनुभयो
पढ्ने उमेर बिति गयो परम्परा धान्न
बिहा गर्ने कुरो चल्यो करै लाग्यो मान्न
रुँदै रुँदै घरमा गएर, जुनी बित्यो घाँस दाउरा गरेर ।
हरिवंश पुराणको आयोजना भयो
साङ्गे गरी बिहा गर्ने कुराकानी चल्यो
करै लाग्यो बाबालाई कन्यादान गर्न
रजोधर्म हुनुपूर्व बिहावारी गर्न
यस्तो थियो पुरानु चलन, काँ हुन्थ्यो र छोरीको खटन ।
ठुल्दाजुका छोरी मात्र छोरा नहुनाले
हरिवंश पुराण सुन्ने चलन चलेकाले
दिनमा साङ्गे रातमा बिहे बिहान बिदावारी
इच्छा पूर्ण भएकाले सबै खुसीयाली
छोरी भन्दा छोरा नै हाइहाइ, छोरीलाई घर्तिर बाइबाई ।
ईश्वरले इच्छा पूर्ण दिए वरदान
ठुल्दाजुको छोरो जन्म्यो वैकुण्ठमा जान
ठुला दाजु स्वर्ग जाँदा भाउजु बोलाउनु भो
दाजु अघि भाउजु पछि स्वर्ग हँसाउनु भो
दुई दाजु गै हाले स्वर्गमा, हामी भने दुःख र दर्दमा ।
दाजु हाम्रा दैवज्ञ ता कुलदीप भए
कवितामा लय हाली नेपाल ढाकी गए
कविता र गीत लेखी ठुला मान्छे भए
देशै भरि उन्का धेरै गुण गान गाए
ठुला भयौ दैवज्ञ दाइ, तिमीलाई सबैको बधाइ ।
मिठो स्वर राम्रो मुहार खाइलाग्दो देह
ईर्ष्या गर्ने ईर्ष्यालुले दियो मधुमेह
यस्तो अझ कति गर्ने जोश जाँगर थियो
गोडा पनि लुला भए रोगले धोका दियो
तिम्रो देह सारै नै राम्रो, यमराज्को मन पो भो चाम्रो ।
जानु भयो संसार छाडी कीर्ति छाडेर
दैवसँग दैवज्ञको वार्ता भएर
स्वर्गतिर साहित्यको खाँचो परेछ
दैवज्ञलाई दैवले ता अनि छानेछ
वहाँ पनि लेख्नुहोस् कविता, योग्यताले बन्नुहोस् सविता ।
मधुमेह भन्ने रोग सारै पापी रैछ
बाबा आमा दाजु मामा सबलाई खा”छ
खान केही नहुने रे मुख बार्नु पर्ने
जति मुख बारे पनि यल्ले दागा धर्ने
कस्तो कडा रहेछ चिनीरोग, संसारको सिध्याउने छिट्टै भोग ।
यौटी छोरी तीन छोरा धर्मपत्नी त्यागी
अनन्तमा जानु भयो नफर्कने गरी
दाजु, नफर्कने गरी,
टुट्या पुफट्या शब्द जोडी बाधेँ है अञ्जलि
स्वर्ग जाने दाजुलाई मेरो श्रद्धाञ्जलि
मेरा दाजु जानु भो छाडेर, यो बैनीलाई एकलै पारेर ।
भुफम्का–इनरुवा, सुनसरी