श्रद्धाञ्जलि समर्पण
दैवज्ञराजमा आज श्रद्धाञ्जलि चढाउँछु
साहित्य सिर्जना तिमै्र शिरमाथि चढाउँछु
तिमी साहित्यका रत्न तिमीमा गर्छु वन्दना
चढाई पूफलका थुंगा श्रद्धाञ्जलि समर्पण
अर्पन्छु भावना भक्ति श्रद्धाञ्जलि तिमीप्रति
टुहुरा भैफँ भएका छौँ आज हामी कति–कति
दैवज्ञराजको मूर्ति सजाएर दिलैभरि
म लेख्छु कविता नौला भोलिलाई हुने गरी
तोतेबोली सधैँ मीठो मुरली जोरको स्वर
सिर्जना लहरै खोली सुनायौ गीत झर्भफर
दैवज्ञराज हे तिम्रा साक्षी छन् कविता बल
शोकमग्न सबै हामी ‘सम्झनाको धरातल”
छातीभित्र परेको छ कठोर बज्रवाण यो
रहन्छ सम्झना ताजा तिम्रो दिव्य मुहारको
स्नेहसिक्त बनी आज श्रद्धा भाव बढाउँछु
मेरा यी कविता पुष्प तिमीलाई चढाउँछु
गोदावरी, ललितपुर
२०६८/९/१६