कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

श्रद्धा-सुमन

नवराज न्यौपाने

न्यौपाने कुलका शिरोमणि तिमी यो राष्ट्रका दीप हौ
न्यौपाने कुलदीप बन्धु बिचमा झन् झल्कने जून हौ
अस्तायौ किन यो प्रकाश नपुगी ए अन्धकारै भयो
श्रद्धापुष्प चढाउँदै छु कवि हे, हे दैव के के भयो ?

तिम्रा कीर्तिहरू प्रशस्त छरिए लौ हेर जाहीँ तहीँ
तिम्रो नाउँ चल्यो सधैँ असल भै छौ सम्झनामा यहीँ
तिम्रो त्यो गुणको म वर्णन गरूँ ? लेखेर नै सक्तिन
श्रद्धाका ढुकुरा दिलैभरि भए ती लेख्न झन् सक्तिन

यस्ता दिव्य विभूति जन्मनु यहाँ यो ईश्वरी योग हो
दैवी अंश लिएर जन्म हुन गो सम्मान्य दैवज्ञको
बेला नै नभई लग्यो शिव हरे दुर्दैव लाग्यो अहो
सारा बन्धु समाज विह्वल भयो सम्भेफर झन् दुःख भो

मेरो यो मनभित्र भाव अहिले भक्कानिंदै उम्लियो
जानी क्यै र नजानिँदै कलमको टुप्पो रसाई चुह्यो
यो बेला म डुबेर आँसु दहमा सस्नेह दैवज्ञमा
श्रद्धाले कुसुमाञ्जली लिइकनै अर्पन्छु सत्कामना

२०६९ श्रावण ९
सिक्तेल गोगने
हालः अध्यक्ष, न्यौपाने वन्धु समाज, काठमाडौं