कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

अग्लो शिखर चुम्न सकूँ

दीप सुदीप

तिमी जस्तै बालकको, बोली सधैँ लेख्न सकूँ
तिम्रो जस्तै रचनाले, अग्लो शिखर चुम्न सकूँ

तोते बोली बोल्नेहरू, तिमीलाई खोज्छन् होला
कुनै मिठो कवितामा तिम्रो भाका हाल्छन् होला
तिमीलाई सोधे भने, कहाँ गए भनिदिनू ?
दैवज्ञ सर कहिले फिर्ने, सोध्दै बाटो हेर्छन् होला
प्राण गयो भन्यौँ भने, धुरु–धुरु रुन्छन् होला

हामी जस्ता साहित्यका भोकाएका गरिबले
मिठा–मिठा स्वाद लिन्छौं अमर तिम्रा रचनाले
पेफरि पनि यही धर्ती माया गर्दै जन्म लिनू,
तिमीसँग चोखो प्रीत गाँस्न खोज्छन् दौंतरीले
प्यास मेट्छौं भन्छन् सबै, कञ्चन तिम्रा रचनाले ।

रामेछाप ३, बाबियाखर्क