कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

न्यौपाने कुलका दीप

परशुराम न्यौपाने

जसका नामले हाम्रो मान्यता कुल पाउँछ
प्रख्यात कवि दैवज्ञ नामले यश गाउँछ
न्यौपाने वंशका बत्ती सदा झलल झल्कने
मर्यादापात्र मानिन्छन् समभाव छचल्कने

पाए स्वदेशमा ख्याति देशसेवा ठुलो गरी
कवितारसको पान गराए सबमा छरी
मीठा सुन्दर छन् काव्य कविता रस छर्दछन्
अजरामर भै काव्य वासना मग्मगाउँछन्

सानो होस् वा ठुलो कोही उसका कामनाहरू
ननासिने दिने शिक्षा मूर्खलाई झनै अरू
कवित्व कविको शक्ति कविताले बनाउँछ
त्यो रही भूमिका मात्र जाँदा के साथ धाउँछ ?

विधे ! किने भयौ यस्ता खै ! कतै दोष पो छ कि ?
हाम्रा यी प्रिय दैवज्ञ देखिन्छन् हृदि झल्झली
चाहिने अवधिसम्म आयु पूर्ण नभैकन
खोस्यौ किन विधाता हे ! हाम्रा हृदयका धन ?

हाम्रा यी वंशका बत्ती राष्ट्रका प्रिय धुक्धुकी
चुँड्यौ डाहा गरी दैव ! पारी आफन्त चुक्चुकी
न्यौपाने कुलका दीप कि उतै बाल्न पो लग्यौ ?
मुहार धप्धपाएको कि आपैँफ चुम्न पो लग्यौ ?

दूध फारम, बिराटनगर