सम्झना भो बिलौना
बाँड्ने शिक्षा हरबखतमा तम्तयारै भएर
खोली आत्मा हँसमुख सधँै प्रेरणा सुम्पिएर
सौम्यै शान्तै अटल वयको दृष्टि कस्तो पवित्र
आँखाभित्रै ‘गुरु” ‘गुरु” बनी बस्न सक्ने विचित्र
शब्दै सम्झी “गुरु” मनबिचै झन् निराशै भएर
के भो के भो मनमन सधँै खिन्न देखिन्छ धेर
पाई ज्ञानै नजिक गुरुका बस्न पाए त आज
लाग्थ्यो स्वर्गै अनुभव भई गर्दथँे कामकाज
रोगै कस्तो क्षणभर अहो बन्द भै गो” नि बोली
लग्दा सारा मधुर रसको मन्द मुस्कान खोली
अग्लो सग्लो जिउ पनि हरे ! हुन्छ यस्तो कसो भै
वाणी छैनन् मधुर, वयका शक्ति छैनन् कसो भै ?
पैले भेट्दा अकुशल वयै थर्र थर्क्यो शरीरै
पीडा त्यस्तो जब नजर भो धर्र धर्केँ म निक्कै
रोजिस् आजै असल मनुजै मात्र तैँले त्यसो भै
बिर्सिस् दुख्ने मनमुटुहरू छन् नि भन्ने कसो भै
हाम्रा प्यारा गुरुजन हरे ! खोज्छु सारा मनैले
गर्दै कर्मै अजर, अमरै राख्छु सम्झी मनैले
सम्झी सम्झी विगत पलको भर्न खोज्दै छु पाना
तड्पीतड्पी हरपल यहाँ सम्झना भो बिलौना ।
तम्घास—७, गुल्मी
(हाल बालकोट—९, भक्तपुर)