नेपालीका गौरव
सिर्जनाका धनी तिमी कल्पनाको उडानमा
अमरत्व लिई बाँच स्वर्गको त्यो उद्यानमा
कलाको त्यो वगैंचामा भावनालाई छरी गयौ
नेपालीका थियौ गौरव आज धर्ती छोडी गयौ
अमर छन् सबै यहाँ सिर्जनाका सबै घर
आत्माको त घरै छोड्यौ शरीरको छैन भर
नाम लिई सधैँ तिम्रो सिर्जनाका गरागरा
चेतनाको दियो बल्दै धर्ती बन्छ हराभरा
स्रष्टा द्रष्टा बनी तिमी कलाभित्र डुली राख
पुनर्जन्म लिनु परे नेपाललाई सम्झी राख
धर्तीको यो घरै भरी ज्ञानका ती पूफल पूफल्छन्
दैवज्ञ हुन् धनी कवि साहित्यका फाँट भुफल्छन्
घाम जून बनी गयौ कर्मको यो सागरमा
मोती बन्ने ज्ञान भुफल्छन् अतीतको जाँगरमा
छैन आज नयाँ केही उपहार दिने यहाँ
श्रद्धाञ्जली स्वीकार लौ मुक्ति पाऊ तिमी उहाँ
२०६९ साउन
रामहिटी, बौद्ध