कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

छन्दोबद्ध कवितामा दैवज्ञराज न्यौपाने

डा. बमबहादुर थापा 'जिताली'

नेपाली कविताका फाँटमा वर्णमात्रिक छन्दका साथै लोकछन्द र मुक्तछन्दमा पनि सिद्धहस्त कवि हुन्– दैवज्ञराज न्यौपाने (वि.सं. १९९९–२०६८) । नेपाली साहित्यमा एम्.ए. उत्तीर्ण गरेका कवि न्यौपानेका प्रकाशित कृतिहरूमा “सिर्जनाका लहर” (गीतिकविता सङ्ग्रह), “जोर मुरली” (वर्णमात्रिक र गीति कवितासङ्ग्रह), “तोते बोली” (बालकविता), “बाल संसार” “गाउँखाने कविता”, “हुने बिरुवाका चिल्ला पात” जस्ता कृतिहरू रहेका छन् भने विभिन्न पत्रपत्रिका र सङ्ग्रहहरूमा अनेक कविता प्रकाशित छन् । समीक्षा–समालोचना र लेख–रचना उनको अर्को पाटो रहेको छ । सुमधुर शैली र स्वर सँगालेर स्वच्छन्दतावादी भावधारासँगै समसामयिक विषयवस्तुलाई छन्दमा प्रस्तुत गर्नु कवि न्यौपानेको विशेषता हो ।

२०१४ सालदेखि लोकछन्दमा कविता लेख्न थालेका कवि न्यौपानेले २०१९ सालदेखि विद्यालयस्तरमा र २०२१ सालदेखि राष्ट्रियस्तरमा समेत पुरस्कार पाउन थालेका हुन् । उनको पहिलो पुरस्कृत कविता “प्रवासीको सम्झना” (२०२१) देखि २०४२ सालसम्मका कविताको सङ्ग्रह “जोर मुरली” मा एकातिर वर्णमात्रिक छन्दको निनाद पाइन्छ भने अर्कातिर गीतिलयको सुमधुर तथा सुरिलो स्वर पाइन्छ । यसर्थ “जोर मुरली” गीत र सङ्गीतको मनोरम सङ्गम सिद्ध भएको छ ।

“कविता अन्तर्हृदयको शाश्वत अभिव्यक्ति हो” भन्ने कवि दैवज्ञराज न्यौपाने “यसलाई प्राप्त गर्न आस्था र अनुभूतिको दीर्घ तपस्या चाहिन्छ” (जोरमुरली) भन्दै “बाह्य आडम्बरमा होइन आन्तरिक सहज अभिव्यक्तिभित्र मुर्तिएको कला अभैफ सुन्दर एवं शाश्वत हुन्छ” भन्ने ठहर गर्छन् । यही साहित्यिक विचार र भावनालाई उनका कविताले प्रतिनिधित्व गरेका छन् भने सहज अभिव्यक्ति, कलात्मक बान्की, स्वच्छन्दतावादी भाव–शैली र सुन्दर तथा शाश्वत अनुभूति कवि दैवज्ञराजका कवितामा पाइने विशेषता हुन् । उनको कलम गद्य, पद्य र विविध छन्द–लयमा उत्तिकै चलेकाले उनलाई बहुमुखी प्रतिभाका धनी मान्न सकिन्छ । उनका कवितालाई पाँचओटा कवितातत्त्व तथा विश्लेषणपद्धतिका आधारमा मूल्याङ्कन गर्ने प्रयास यहाँ गरिन्छ ।

१. शीर्षक र संरचना

कवि दैवज्ञराज न्यौपानेका कविताको केन्द्रीय भावलाई शीर्षकले स्पष्ट सङ्केत गरेको हुन्छ । यसैले उनका शीर्षकहरू अभिधार्थमा रहेका छन् । शीर्षक र कथ्यका बीच प्रतीकात्मक सङ्गति र अन्तर्सङ्गतिका साथै केन्द्रीय भावसँग शीर्षकको परस्पर सम्बन्ध कायम हुनु कवि न्यौपानेका कविताका शीर्षकको धर्म हो ।

बाह्य संरचनात्मक ढाँचाका दृष्टिले पुफटकर कविताविधाका रचनामा पद्यात्मक संरचना र गद्यात्मक संरचनामध्ये कवि न्यौपानेका पाँच श्लोकदेखि तेह्र श्लोकसम्मका पद्यात्मक संरचनाका कविताहरू यहाँ विवेचनाका निम्ति छनोट गरिएका छन् । आन्तरिक संरचनाका हिसाबले उनका कवितामा सुगठित–सुललित साङ्गीतिक संरचनाका साथै प्राकृतिक सौन्दर्य अनि जीवनबोध पाइन्छ भने विषयगत अनुभूतिलाई सहज रूपमा कलात्मक ढङ्गले सुन्दर शैली अँगाल्दै मर्यादित तथा स्वच्छन्दतावादी भावधारामा समसामयिक स्वर सुसेल्न सक्नु कवि न्यौपानेको आन्तरिक संरचनागत वैशिष्ट्य हो, जस्तैः

धर्ती छ उस्तै तर रूप नौलो
बान्की छ उस्तै तर दृश्य नौलो
आभास उस्तै तर सृष्टि नौलो
म आज आपैँफ पनि देख्छु नौलो ।

(जोर मुरली, वसन्तः केही अनुभूति– पृ. २९)

२. विषयवस्तु तथा भावविधान

कवि दैवज्ञराज न्यौपानेले आपैँफले देखेका, सुनेका, सोचेका, भोगेका जीवन जगत्का विविध क्षेत्रबाट विषयवस्तु लिएर त्यसकै केन्द्रीयतामा कला र कल्पनाको संयोजन गर्दै कविता सिर्जना गरेका छन् । उनले नेपाली प्रकृति, राष्ट्रिय भावना, मानवसमाज र संस्कृतिजस्ता विविध विषय चयन गरी तिनलाई मर्यादा र स्वच्छन्दताको शिल्पशैली तथा कल्पनाको जलपमा सजाएर कविता रचना गरेको पाइन्छ । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेका कवितामा जस्तै प्रकृति चित्रण हुनु, विविध प्राकृतिक स्वरूप देखा पर्नु र मानवीय सौन्दर्यबोधको उद्घाटन हुनु कवि न्यौपानेका कविताको विषयगत विशेषता हो, जस्तैः

गाढा छाया तल छ तरुको रूप आपैंफ खुलेको
राम्रो शैली सहज रचना शिल्प जस्तै मिलेको
यो आस्थाको तरुण तपसी हैन को भन्न सक्छ ?
मेरो यात्री विगत पथको आज पर्खी रहन्छ ।

(चौतारीः पृ. ११)

कवि दैवज्ञराज न्यौपानेको केन्द्रीय भावभित्र प्राकृतिक सुन्दरता, राष्ट्रियता, ऐतिहासिकता, मानवता र सामाजिकता अभिव्यञ्जित हुन्छ । उनका कवितामा कोमल भावको उच्छलन पाइन्छ । “नयाँ वर्ष (२०५४)” नामक कवितामा नवीनताप्रति आश्चर्य प्रकट हुनाका साथै नौलो स्वर र सिर्जनारत जाँगर अनि कवितात्मक छायाछवि घनीभूत भएर जिउँदो जाग्दो वर्तमानको चाहना, सद्भावना र शुभकामना व्यक्त भएको भेटिन्छ भने जीवनरागको अभिव्यक्तिका साथ सौन्दर्यचेतना, प्रण र उत्साहको सहज प्रस्तुतिमा उनको कला कौशल, समाज संस्कृति, प्रकृति, आस्था र अनुभूतिमा सजिएको सुन्दर अभिव्यक्तिका साथै राष्ट्रियताको उत्कृष्ट अभिलाषा पाइन्छ । त्यस्तै “युवा आकाङ्क्षा (२०४२)” राष्ट्रिय भावका केन्द्रीयतामा युवामनका विविध महत्वाकाङ्क्षा छचल्किएर पोखिएको कविता हो, जस्तैः

छ यो बेला मेरो तरुण वयमा तागत नयाँ
धरित्रीमा छर्ने विविध रचना सृष्टिसुषमा
सहस्रौं श्रद्धाका कुसुम बटुली अर्पण गरूँ
म मेरो धर्तीमा अमर रहने सौरभ भरूँ ।

(युवा आकाङ्क्षा– पृ. ५७)

“वसन्तः केही अनुभूति (२०२४)” शीर्षकको कवितामा मनमोहक प्राकृतिक सौन्दर्यानुभूतिसँगै स्वच्छन्दतावादी भावधाराका तरङ्ग उठेका छन् र कवि स्वयं वसन्तरागमा रङ्गिएर अभिव्यक्त भएका छन् भने निचोडमा कवि न्यौपाने आन्तरिक भावतरङ्गमा पोखिएका छन् । “म र मेरो देश (२०४०)” चाहिँ उच्च राष्ट्रिय भावरागमा कवि र कविको देश मनोलोकको परिवेशसँगै एकाकार भएर उद्घाटित कविता हो । यसमा कविको राष्ट्रप्रति समर्पित भावतरङ्ग, कला र कल्पनाको दोसाँधबाट छङ्छङाएको छ, जस्तैः

म तिर्खा तृप्तिका निम्ति सृष्टिका निम्ति सिर्जना
म माटो मुटुका निम्ति राष्ट्रका निम्ति जीवन
म सङ्गीत स्वयं यौटा म कलाकारको कला
मेरै रङ्ग र रेखाले देश बन्छ पला–पला ।

(म र मेरो देश– पृ. ६)

यसरी २०२४ सालदेखि २०५४ सालसम्मका पुफटकर कवितायात्रामा दैवज्ञराज न्यौपाने प्राकृतिक सौन्दर्य, राष्ट्रियता र जीवनचेतको आरनमा खारिँदै अनुभूति र भावव्यञ्जनको परिपाकतर्पफको लक्ष्यप्राप्तिका प्रयत्नमा देखिन्छन् ।

३. छन्द तथा लयविधान

दैवज्ञराज न्यौपानेका कवितामा पाइने विविध छन्दमध्ये शिखरिणी, मन्दाव्रफान्ता, शार्दूलविव्रफीडित, उपजाति र अनुष्टुप् छन्दका कविता यहाँका विवेच्य विषय बनेका छन् । छन्दलाई उनले सहज रूपमा खेलाएका छन् । उनको छन्दप्रयोगमा कविताको भाव किचिएको छैन र छान्दिक अनुशासन पनि मिचिएको छैन, बरु छन्दप्रवाहसँगै कविताको मनोभाव सहज भएर तरङ्गित हुन पुगेको छ । छन्दलाई विभिन्न भाव र प्रसङ्गमा प्रयोग गर्न सक्नु कवि न्यौपानेको छन्दगत सफलता हो, जस्तैः

लाग्यो घाम बिहान आज यसरी नौलो बनेभैंफ किन ?
के नौलो ऋतु पेफरिएर सहसा लागेछ नौलो दिन
हेर्दा दृश्य उही, उही छ सपना, उस्तै छु आपैंफ पनि
उस्तै छैन तथापि लाग्छ किन यो आयो कि नौलो बनी ।

(नयाँ वर्ष–पृ. ५६)

भाव सुन्दरता तथा कलात्मक भाषाशैलीले कवि न्यौपानेका कविता गेयात्मक बनेका छन् । त्यसमा आन्तरिक गीतिचेत, स्वरव्यञ्जन वर्णको अनुप्रासीय वितरण, अन्त्यानुप्रासको मिठासपूर्ण आयोजना र पदलालित्यका कारणले कविताको लयात्मकता आकर्षण र सुमधुर श्रुतिरम्य हुनाका साथै भावसंवेद्य हुन पुगेको छ, जस्तैः

छ यो बढ्दो बेला रस भरिदिने प्राण वयमा
कता राखँू आस्था कुन मधुर आलोक लयमा ?
दुबै आँखा खोली प्रणय–रसले प्लावित गरूँ
बनोस् धर्ती राम्रो विविध रचना पौरख छरूँ ।

(युवा आकाङ्क्षा– पृ. ५७)

यस उदाहरणको पहिलो पाउमा “ब, अ, आ, इ” वर्णहरू र दोस्रो पाउमा “अ, आ, उ” र “म” स्वरव्यञ्जन वर्णहरूको पुनरावृत्तिले अन्तर्लय र साङ्गीतिक लयात्मकता सिर्जना गरेको छ भने तेस्रो पाउमा “आ, इ, अ” वर्णहरू र चौथो पाउमा “व, अ, इ” जस्ता स्वर–व्यञ्जनवर्णहरूको पुनरावृत्ति हुँदा अनुप्रासीय वितरणमा लालित्य र श्रुतिमधुरता थपिएको छ । अन्त्यानुप्रासका रूपमा “वयमा, लयमा, गरूँ, छरूँ” जस्ता साम्य शब्दहरूको वितरणले श्रुतिमाधुर्य सृजना भई कविताको लयविधानलाई उच्चताको चुलीमा उचालेको छ । यसरी वार्णिक पुनरावृत्ति, गेयात्मकता र साङ्गीतिकताको प्रबलता कवि न्यौपानेको लयगत विशेषता बनेको देखिन्छ ।

४. विम्ब– प्रतीक तथा अलङ्कारयोजना

कवि दैवज्ञराज न्यौपानेका प्रत्येक कविताका श्लोकभित्र समष्टि भाव भेटिन्छ भने कतैकतै बिम्बालङ्कारको प्रयोग पनि पाइन्छ । संयम, सन्तुलन र परिष्कृतिप्रति सचेत रही स्वाभाविक सौन्दर्यविधानको तर्जुमा गर्दै कविताकलाको उपासनाले उनका कवितामा परिमार्जन र प्राञ्जलताको सहअस्तित्व स्थापित गरेको छ । यिनै शैलीशिल्पगत प्राप्तिसँगै विविध बिम्ब–प्रतीक र अलङ्कार प्रयोग भएका कवि न्यौपानेका कवितामा बढी गम्भीरता, रोचकता र स्तरीयता पाइन्छ । उनले सामाजिक–सांस्कृतिक क्षेत्रका साथै नेपाली प्रकृतिमा पाइने विविध विम्ब–प्रतीक पत्रेफर कवितामा अलङ्कार प्रयोग समेत गरेका छन्, जस्तैः

काँडा हटाईकन पूफल दिन्छु
वसन्त बोकेर वसन्त दिन्छु
अपूर्णलाई परिपूर्ण दिन्छु
म पेफरि पेफरीकन सृष्टि दिन्छु ।

(वसन्तः केही अनुभूति– पृ. ३१)

यस उदाहरणमा “काँडा, पूफल, वसन्त, सृष्टि” जस्ता शब्दहरू विम्ब–प्रतीकका रूपमा प्रयोग भएका छन् । यिनमा पहिलो र दोस्रो शब्द विम्बका रूपमा आएका छन् र यहाँ काँडा सामाजिक, आर्थिक, राजनीतिक र सङ्गतियुक्त सौन्दर्यको विम्बका रूपमा प्रयोग भएको छ । तेस्रो र चौथो शब्द प्रतीकका रूपमा आएका छन् किनभने “वसन्त” ले नवीन परिवेश, नयाँ उत्साह, उमङ्ग र सिर्जना, प्राकृतिक सौन्दर्यको मनमोहक वातावरण अनि हराभरा धर्तीको अनुभूत दृश्य प्रस्तुत गरेको छ भने “सृष्टि” ले आफ्नै पौरखमा सिर्जित धनधान्यपूर्ण आर्जन र नवीन रचनाको निर्माणलाई सङ्केत गरेको छ । यहाँ “वसन्त बोकेर वसन्त दिन्छु” प्रतीकका रूपमा उपस्थित भई श्लेष अलङ्कारको आविष्कारसमेत भएको छ । यसबाट कवि न्यौपानेको विम्ब–प्रतीक प्रयोग क्षमताका साथै श्लेष अलङ्कारको आविष्कारको आयोजना गर्ने दक्षता पनि प्रमाणित हुन्छ । यसरी कविताकलाको अर्को पक्ष अलङ्कारविधानको पनि प्रयोग गरी कवि न्यौपानेले कवितालाई रोचक, आकर्षक र भावसंवेद्य तुल्याएका छन् । उनका कवितामा शब्दालङ्कार र अर्थालङ्कारको चमत्कार सहज देखिन्छ । उपमा, दृष्टान्त, रूपक, शृङ्गार आदि अलङ्कारको उपस्थिति जहाँ भएको छ त्यहाँ भाव र व्यञ्जनाको चमत्कारपूर्ण गहिराइ सृजना हुनाका साथै सौन्दर्य सृष्टि पनि भएको देखिन्छ ।

५. भाषाशैली

कवि दैवज्ञराज न्यौपानेको भाषा कलामा कुँदिएर कवितामा प्रकट भएको छ । भाषिक कोमलता उनका सबैजसो कविताको विशेषता हो । उनका कवितामा प्रयुक्त भाषाशैली सरल र सरस देखिन्छ भने परिष्कृत भाषा र सुललित शैली उनका कविताको चुरो विशेषता हो । तत्सम, तद्भव, आगन्तुक र झर्रा नेपाली शब्दको प्रयोग अनि कलात्मक, साङ्गीतिक तथा गेयात्मक भाषाशैली चयनका कारण उनका कवितामा रोचकता, सम्प्रेषणीयता र मनमोहकता पनि सृजना भएको पाइन्छ । उनले कवितामा आवश्यकता अनुसार पूर्णविराम, अल्पविराम, प्रश्नवाचक, उद्गार तथा संयोजक चिह्नको प्रयोग गरी भावपक्षलाई सबल एवं बोधगम्य तुल्याएका छन् । कवि न्यौपानेका कवितामा कतै–कतै शब्दार्थगत पुनरुक्ति देखिन्छ र विभिन्न भाषिक प्रयोगका साथै तीन पुरुषशैलीको मिश्रण पाइन्छ भने तुलनात्मक रूपमा उत्तमपुरुष शैली प्रधान देखिन्छ । कवि न्यौपानेले विभिन्न मूलका सम्प्रेषणीय शब्दहरूको चयन गर्दै कलात्मक, प्रश्नात्मक र सङ्केतात्मक भाषाशैलीको प्रयोग गरी सरल, सरस, लयात्मक, सङ्गीतात्मक, आकर्षक र कलात्मक कविता रचना गरेका छन् । यही नै उनको भाषाशैलीगत विशेषता हो ।

६. निष्कर्ष

कोसी अञ्चल, भोजपुर जिल्लामा जन्मिएर, हुर्किएर त्यहाँदेखि काठमाडौंसम्म आइपुगेर विभिन्न गाउँठाउँमा घुमेर अनुभव बटुलेर बानेश्वरमा बसोबास गरेका कवि न्यौपाने गाउँकै परिवेशमा पाइने प्राकृतिक सौन्दर्यको सजीव चित्रण गर्न रुचाउँछन् । यिनले पूर्वीय र पाश्चात्य साहित्यको अध्ययनका साथै लेखनाथ, देवकोटा र घिमिरेजस्ता अग्रज कविहरूको प्रेरणा र प्रभाव ग्रहण गरेका छन् । विभिन्न क्षेत्रबाट प्राप्त अनुभवलाई कविताको मूल विषय बनाई मर्यादावादी (क्लासिकल) भन्दा उदारतावादी (रोमान्टिक) धाराको समीप रही समसामयिक स्वर सुसेल्दै कविता रचना गर्ने कवि न्यौपाने आफ्ना कविताका साधन र स्रोतका रूपमा प्राकृतिक सुन्दरता, राष्ट्रियता, प्रणयप्रसङ्ग, विश्वबन्धुत्वको भावना, आर्थिक–सामाजिक विषम परिस्थिति र सांस्कृतिक मूल्य र मान्यताको भाव समेटी सङ्गीतात्मक अनुभूति प्रकट गर्दछन् । यस सन्दर्भमा रस, अनुप्रास, छन्द र लयको उचित प्रयोग गरी विम्बालङ्कारको चमत्कारसमेत उद्घाटन गर्नु पुफटकर पद्यकविताका सन्दर्भमा दैवज्ञराज न्यौपानेको प्रमुख विशेषता हो र यो उनको उल्लेखनीय उपलब्धि पनि हो । उनको रचनाप्रवृत्ति र प्रमुख विशेषतालाई एउटै श्लोकमा समेट्न सकिन्छ, जस्तैः

क्वैली आई सिमल–शिरमा बोल्छ जस्तो कराई
त्यस्तै मीठो सरस कविता–गीतमा गुन्गुनाई
न्यौपानेका कलम–कलिका भाव स्वच्छन्द भुफल्छन्
फत्रेफका ती सरस रचना, गीतमा छन्द खुल्छन् ।

२०६९ असार