दैवज्ञ सरको शिक्षण विधि
म यौटा गीत हुँ, यस्तै कर्मयोग सिकाउने (किसान : दैवज्ञराज न्यौपाने)
विषय प्रवेश
किसानलाई कर्मयोगको गुरु मान्ने दैवज्ञराज न्यौपाने (वि.सं. १९९९—२०६८) आपूफ पनि कर्मयोगी बन्न प्रेरित गर्ने गुरु हुनुहुन्थ्यो । साहित्यिक व्यक्तित्वका धनी दैवज्ञराज न्यौपाने वा दैवज्ञ सरको महत्त्वपूर्ण व्यक्तित्व प्राध्यापक व्यक्तित्व पनि हो । लामो समयसम्म त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापन कार्यमा संलग्न दैवज्ञ सरको बाह्य व्यक्तित्व जति सुन्दर, शान्त र सौम्य थियो त्यति नै प्राध्यापन कार्यमा संलग्न हुँदा उहाँका विचार, दृष्टिकोण तथा व्याख्या विश्लेषण पनि सन्तुलित हुन्थे । उहाँको बाह्य व्यक्तित्व जस्तै आन्तरिक व्यक्तित्व पनि सुन्दर थियो । यस सन्दर्भमा दैवज्ञ सरको शिक्षण पद्धतिका उल्लेख्य पक्षलाई मैले आफ्नो विचार र अनुभवको सम्मिश्रण गरी प्रस्तुत गर्ने प्रयास गरेको छु । यस लेखको लेखक म स्वयं पनि २०५५—२०५७ सत्रमा दैवज्ञ सरको विद्यार्थी भएकाले उहाँको शिक्षण विधिलाई मैले आफ्नो अनुभव, विचार र ज्ञानको सीमाभित्र रहेर प्रस्तुत गरेको छु ।
दैवज्ञ सरको शिक्षण विधि
त्रिभुवन विश्वविद्यालयको पठन पाठनमा समय क्रमसँगै विकास भएको पाइन्छ । नेपाली केन्द्रीय विभागमा पनि एम.फिल. तहमा मल्टी मिडियाको प्रयोग हुन थालेको छ । यद्यपि हाम्रो विश्वविद्यालयीय शिक्षण धेरै मात्रामा व्याख्यान विधि (ीभअतगचभ ःभतजयम) मा नै केन्द्रित छ । यसै विधि अनुसार बढीभन्दा बढी कक्षा कोठाको उपयोग गरिन्छ । व्याख्यान विधि आफैँमा नराम्रो विधि होइन । यस विधिमा अन्य विधिहरूलाई पनि प्रयोग गर्न सकिन्छ । दैवज्ञ सरले प्रयोग गर्ने मुख्य विधि व्याख्यान विधि नै हो र यस विधिमा छलफल, निरूपण, निदान, निगमन, संरचना सन्दर्भ, तुलना प्रतितुलना, खण्डान्वय, शोधखोज आदि विधिलाई पनि व्याख्यान विधिमा प्रयोग गर्ने शैलीलाई दैवज्ञ सरको मुख्य शैली मान्न सकिन्छ । यसका साथै नेपाली केन्द्रीय विभागमा हुने शोधखोज, सम्पादन, अन्तर्त्रिफया, गोष्ठी, कार्यशालाजस्ता विश्वविद्यालयीय प्राज्ञिक कार्यमा विश्वविद्यालयका अन्य प्राध्यापकको जस्तै उहाँको पनि महत्त्वपूर्ण सक्रियता रहेको पाइन्छ । यस्ता क्रियाकलापलाई पनि उहाँको शिक्षण विधिको महत्त्वपूर्ण पाटो मान्न सकिन्छ । यसरी हेर्दा मल्टी मिडियाको प्रयोग उहाँबाट नभए पनि उहाँको व्याख्यान विधिको विविधता, प्रस्तुतीकरण र शैलीको रोमाञ्चकताले खुद उहाँ आफैँ मल्टी मिडिया हुनुहुन्थ्यो भन्दा अत्युक्ति हँुदैन ।
दैवज्ञ सरको अझ उल्लेख्य पक्ष के हो भने अध्यापन गर्ने क्रममा उहाँले कृतिको मूल्याङ्कन पनि गर्नुहुन्थ्यो । शिक्षक आलोचक बन्नु हुँदैन भन्ने सन्दर्भमा यो कुरा त्यति सकारात्मक हुन नसके पनि शिक्षाविद् ब्लुमकै धारणालाई हेर्ने हो भने ज्ञानको उच्चतम प्राप्ति मूल्याङ्कन गर्ने सिपको विकास गराउनु पनि हो । दैवज्ञ सरले देवकोटाका कविताहरूको अध्यापन गर्दा पूर्वीय संस्कृतिलाई बहन गरेको महाकाव्यमा शाकुन्तल र पाश्चात्य संस्कृतिलाई बहन गरेको महाकाव्यमा प्रमिथस नेपाली साहित्यकै उत्कृष्ट काव्यकृति भएको विचार प्रकट गर्नुभएको थियो । त्यस्तै देवकोटाका खण्डकाव्यमध्ये मुनामदन र फुटकर कवितामा शाहजहाँको इच्छालाई विभिन्न तर्कका आधारमा उत्कृष्ट कृति हुन् भनेर मूल्याङ्कन गर्ने विधि दैवज्ञ सरको उल्लेख्य विधि थियो । यसबाट विद्यार्थीमा किन र के कति कारणले गर्दा त्यो कृति उत्कृष्ट भयो भन्ने कुराको खोजी गर्ने प्रेरणा मिल्दथ्यो । कृतिको मूल्याङ्कन गर्ने निर्णयात्मक वाक्यको समेत प्रयोग गरी कृतिको निरूपण गर्ने उहाँको शैलीले विद्यार्थीमा आलोचनात्मक सिपको विकास हुन्थ्यो । वास्तवमा सबैभन्दा राम्रो कक्षा त्यो हो जुन कक्षामा विद्यार्थीलाई शिक्षकले आलोचनात्मक ढङ्गले सोच्ने दिशातर्फ अभिमुख गर्दछ । आलोचनात्मक ढङ्गले सोच्न प्रेरित गराउनु कुशल शिक्षकको प्रमुख कार्य पनि हो । दैवज्ञ सरको व्याख्या, विश्लेषण, कृतिको मूल्याङ्कन र निरूपणले विद्यार्थीलाई आलोचनात्मक विश्लेषण ९ऋचष्तष्अबि ब्लबथिकष्क० तर्फ अभिमुख गरेको पाइन्थ्यो । पछिल्लो समयमा कुर्ल्यान्ड ९प्गचबिलम,ज्ञढढछ०, उनराउ ९ग्लचबग,ज्ञढढछ० र हाल्पर्न९ज्बिउबचल,ज्ञढढट० ले पनि शिक्षकले आलोचनात्मक सोचको विकास गराउनु पर्ने कुरामा जोड दिएका छन् । दैवज्ञ सरले यस विधिको प्रयोग कक्षा कोठामा गरिसक्नु भएको रहेछ ।
अन्तःपाठपरक र अन्तरपाठपरक सन्दर्भलाई आधार बनाएर पाठको व्याख्या विश्लेषण गर्नु, संरचना सन्दर्भलाई प्रस्ट्याउनु, खण्डान्वय गर्नु, तुलना प्रतितुलना गर्नु आदि उहाँका शिक्षण विधिका उल्लेख्य पाटा हुन् । पाठका शब्द–शब्दले सङ्केतित गर्ने अर्थ, अनेक अर्थ, ध्वनन हुने अर्थलाई प्रस्ट गर्ने र पाठको समग्र अर्थलाई बुझाउने पद्धति दैवज्ञ सरको पद्धति थियो । उहाँ आपूफ पनि साहित्यकार भएकाले कवितामा प्रयुक्त शब्दले ध्वनन गर्ने अर्थका आधारमा उहाँले कविताको व्याख्या गर्नुहुन्थ्यो । शब्दले दिने अर्थका कडीहरूलाई एक आपसमा गाँसेर सिङ्गो पाठको व्याख्या गर्ने शैली उहाँमा पाइन्थ्यो । अन्य पाठ र सन्दर्भसँग कविताको विषयलाई सम्बन्धित गर्ने पद्धति पनि उहाँको निकै रोचक थियो । यस्तो पद्धतिले विद्यार्थीले अन्तरपाठपरक विषयमा रुचि दिई पाठको अर्थ र मर्ममा ध्यान केन्द्रित गराएको पाइन्थ्यो । देवकोटाका कविता पढाउँदा उनका असामान्य चारित्रिक विशेषता, कविता लेखनप्रतिको पागलपन, अरूलाई प्रभाव पार्न सक्ने खुबी, गाईलाई काउली किनेर पकाएर ख्वाएको प्रसङ्ग, सिंहदरबारमा कोट हराउँदा रोएको प्रसङ्गजस्ता अनेक विषयमा चर्चा–परिचर्चा दैवज्ञ सरका कक्षामा हुन्थ्ये । यस्ता परिचर्चाले कविको जीवनदर्शनका साथै कविताको डिस्कोर्स बुझन मद्दत गर्दथ्यो । साथै सम्बन्धित कविका यस्ता विविध रोचक घटनाको चित्रण गरी कवितामा अभिमुख गराउने र विद्यार्थीलाई पाठप्रति आकर्षित गर्ने दैवज्ञ सरको महत्त्वपूर्ण शैली मान्न सकिन्छ । यसबाट के बुझिन्छ भने जबसम्म विद्यार्थी पाठतर्फ अभिमुख हुँदैन तबसम्म अध्यापन प्रभावकारी हुन सक्दैन भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो । शिक्षकले विद्यार्थीलाई पाठतर्फ रोचक र कौतुहलपूर्ण ढङ्गले अभिमुख गर्ने प्रयासबाट नै शिक्षण विधि प्रभावकारी हुन सक्दछ । विद्यार्थीलाई पाठ नामक गहिरो पोखरीमा एकैचोटि पौडी खेल्न लगाउने कार्य प्रभावकारी हुन सक्दैन भन्ने कुरा पनि दैवज्ञ सरलाई राम्ररी थाहा थियो ।
दैवज्ञ सरको अध्यापनलाई हेर्दा उहाँ किताबका पानामा मात्र सीमित हुनुहुन्नथ्यो । निरन्तर अध्ययन र विषयको अद्यावधिकताले गर्दा उहाँले कतिपय सान्दर्भिक सूचना पनि दिनुहुन्थ्यो । जस्तै पिँजराको सुगा पढाउँदा उहाँले भन्नुभएको थियो कि यो कवितामा हिन्दीको पञ्जरबद्ध कीरको प्रभाव परेको पाइन्छ । यसबाट पनि देशी विदेशी (विशेषतः भारतीय) साहित्यको अध्ययन गरी कृतिको तुलना प्रतितुलना गर्ने विधिलाई उहाँले प्रयोग गर्नुहुन्थ्यो । बालकृष्ण समको कुरा गर्दा समको गरुडगृहको वर्णन चित्रात्मक शैलीमा गर्नुहुन्थ्यो, जुन घर सामुन्नेमा नै छ कि भने जस्तो लाग्दथ्यो । कुनै पनि कुराको वर्णन गर्दा तस्बिर नै ल्याइदिन सक्ने क्षमता उहाँमा थियो । साथै ह्नुच्छेमानलाई राणाहरूले २००७ सालमा जेलमा मारेको घटनाले गर्दा सम निकै दुःखी बनेको र ह्नुच्छेमानको घर गएर समवेदना प्रकट गरेको सन्दर्भलाई जोड्दै “शमशेर” बाट “सम” बनेको प्रसङ्गलाई प्रस्ट गर्नुहुन्थ्यो । कुनै पनि कवि र कविताको पृष्ठभूमिलाई प्रस्तुत गरी पाठको विषयतर्फ केन्द्रित हुने प्रवृत्ति उहाँको थियो । अतः कुनै पनि पाठपरक प्रसङ्गलाई बाह्य प्रसङ्गसँग जोडेर प्रस्ट गर्ने खुबी दैवज्ञ सरको शिक्षण विधिको महत्त्वपूर्ण पाटो मान्न सकिन्छ । साहित्यलाई सांस्कृतिक, राजनैतिक, आर्थिक, शैक्षिक पक्षले प्रभाव पार्ने हुँदा साहित्यको विश्लेषण पनि समाज र संस्कृतिकै सन्दर्भमा हुनुपर्छ भन्ने मान्यता अनुरूप दैवज्ञ सरबाट कविताको व्याख्या हुन्थ्यो ।
शिक्षण प्राभाविक पक्षलाई विचार गर्दा ब्लुम ९द्ययियफ० को प्राभाविक संयन्त्रमा— ज्ञान, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन – लाई क्रमशः तलदेखि माथिको सोपानक्रममा राखिएको छ । यस संयन्त्रले ज्ञानको प्रयोग र सबलीकरणमा ज्यादा जोड दिन्छ । दैवज्ञ सरका सन्दर्भमा कुरा गर्दा उहाँले पनि ज्ञानको प्रयोग र सबलीकरणमा ज्यादा जोड दिएको देखिन्छ । विद्यार्थीमा ज्ञानको अभिवृद्धि गरी विश्लेषण तथा मूल्याङ्कन गर्ने प्रवृत्ति उहाँमा पाइन्छ । कविताको विश्लेषण गर्दा मूल्य ९ख्बगिष्लन० लाई ज्यादा जोड दिने र त्यसैका आधारमा मूल्याङ्कन गर्ने पद्धति उहाँमा पाइने मुख्य विशेषता हो जुन स्नातकोत्तर तहका कक्षाकोठामा आवश्यक हुन्छ ।
निष्कर्ष
दैवज्ञ सर शिक्षण यन्त्र (त्भबअजष्लन ःबअजष्लभ) नभएर एक जीवन्त शिक्षक हुनुहुन्थ्यो । उहाँ केवल विषय मात्र पढाउने कोरा शिक्षक नभई विद्यार्थीलाई अध्ययन तथा मूल्याङ्कन गर्न उत्प्रेरित गरी उनीहरूको ताजा मस्तिष्कमा ज्ञानको भण्डार भर्ने विश्वविद्यालयका कलापारखी, क्षमतावान् र कुशल प्राध्यापक हुनुहुन्थ्यो ।
त्रिचन्द्र कलेज, काठमाडौँ