कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सद्भावपूर्ण श्रद्धाञ्जली

तीर्थराज घिमिरे

दुःख लुकाएर खुसी बाँड्ने अजस्र प्रेरणाका स्रोत कविवर दैवज्ञराज न्यौपाने उच्च विचार र सादा जीवनका प्रतिमूर्ति हुनुहुन्थ्यो । उहाँको किसान कविता कक्षा ८ को पाठ्यक्रममा राखिएको थियो । त्यहाँ रहेको केही दुख्ख भने हुन्छ, काम गर्दा रमाइलो भन्ने वाक्यले मेरो बालमस्तिष्कमा छोएको थियो । मेरा मनमा उहाँलाई कहाँ भेटूँ र देखूँ जस्तो लागेको थियो ।

म बी.ए. मा पढ्दै गर्दा कविवर दैवज्ञराज न्यौपाने विराटनगरस्थित श्री होमनाथ न्यौपानेको घरमा आउनु भयो । उहाँको जिउडाल, हँसाइ–बोलाइमा मृदुलता, आफू राष्ट्रिय व्यक्तित्व भएर पनि हामी सानासँग दिलैबाट बोल्न,े आफन्तको सोधखोज गर्ने जस्ता व्यवहारले उहाँको व्यक्तित्व कल्पना गरेको भन्दा उच्च पाउँदा मलाई खुसी लाग्यो । दोहोरो गफ गर्न त सकिन तर त्यो दिव्य मुहारको धपक्क बलेको कान्तिले म धेरै प्रभावित भएँ । उहाँ बिर्तामोढतिरबाट घुम्दै आउनुभएकाले त्यस रात त्यहीँ बस्नु भयो र कान्छी माइजूलाई २ जोर लुगा धुनका लागि दिनुभयो । म यति आह्लादित भएँ कि यति ठुला विद्वान्को लुगा धुन कहाँ पाउनु ? भनी माइजूबाट लुकेर मैले लुगा धोई सुकाएँ । मलाई आनन्द महसुस भयो । उहाँले थाहा नपाउनुहोस् भन्ने मलाई लागेको थियो । थाहा पनि भएन ।

त्यसपछि म नेपाली विषयमा स्नातकोत्तर गर्न काठमाडौं गएँ । त्यहाँ उहाँसँग बारम्बार भेट हुँदा जहिले पनि प्रोत्साहन दिने, बोल्न नभ्याए हँसमुखले मौन संवाद गर्ने उहाँको बानी थियो । म कीर्तिपुरमा दोस्रो वर्ष पढ्न गएकाले मेरा साथीहरू अलिक कम भए, मैले बेहुली नामक भित्ते पत्रिका निकालेँ । त्यसको शुद्धाशुद्धि उहाँले झर्को नमानी घरैमा बोलाएर हेरिदिनुहुन्थ्यो ।

पछि मैले थेसिस लेख्न उहाँकै जीवनी व्यक्तित्व र कृतित्व रोजेँ । अनि त झन् मैले उहाँको नजिक बन्ने अवसर पाएँ । थेसिसको क्रममा धेरै पटक उहाँसँग छलफल गर्ने र मनका कुरा बुझने अवसर पाएको छु । मैले थाहा पाएका तर लाइब्रेरीमा नभेटिएका कृतिको खोजी गर्दा घरमा निकै रात बसेको छु । उहाँलाई डाइबेटिज भएकाले मकैको भात खानुहुन्थ्यो । घरका सहयोगी भाइ मनकृष्ण र म चामलको भात खान्थ्यौँ । सँगै बसेर खान पाउँदा मलाई खुब आनन्द हुन्थ्यो । ६ महिना लगाएर मेहनत गरेर मैले थेसिस लेख्दा कुनै दिन पनि म भ्याउँदिन, सामग्री छैनन् भन्नु भएन । सम्भव भएजति र भेटिएजति उपलब्ध गराइदिनुभएकाले मेरा शोध निर्देशक श्री कृष्णप्रसाद आचार्यज्यूलाई पनि धेरै सजिलो भयो ।

थेसिसमा अगाडि मेरा शोधनायक दैवज्ञराज न्यौपानेको फोटो राखंँे, त्यसपछि शोध निर्देशकको र तेस्रो पेजमा मेरो । यो नौलो प्रयोगलाई उहाँले स्विकार्नु भयो । पछि भाइवामा वासुदेब त्रिपाठी सरले पिएच.डी मा त चलन छैन, थेसिसमा यो प्रयोग नथालौँ भन्नु भएकाले त्रिपाठी सरलाई देखाउने प्रतिका फोटा सुटुक्क निकाली अरू प्रतिमा फोटो सहित पेस गरियो । बाह्य परीक्षक पूर्णप्रकाश नेपाल “यात्री” हुनुहुन्थ्यो उहाँहरूले ९३ नम्बर दिनुभयो । म मेरो मिहिनेतमा खुसी भएँ । यो सम्पूर्ण श्रेय मेरा प्रेरणाका स्रोत सुन्दर व्यक्तित्वका धनी कवि दैवज्ञराज न्यौपानेकै थियो । पछि भेटघाट, आउनेजाने भइरह्यो । मेरो विवाहमा काठमाडौंदेखि विराटनगर निम्ता स्विकारी प्लेन भाडा पिटाई आउनु भयो । टिकट लिइदिन खोज्दा मान्नु भएन । म उहाँको शील, स्वभाव तथा भावनाबाट अझ नतमस्तक भएँ ।

उहाँलाई प्यारालाइसिस भएपछि पहिलो चोटि भेट्दा मेरा आँखाका परेलीले आँसुको भेल थाम्न सकेनन्, उहाँले पनि बरर्र आँसु झार्नुभयो । केही बोल्नु भयो तर मैले पूरा बुझिन तापनि उहाँलाई कष्ट हुन्छ भनेर बुझेझैं अँ–अँ– हजूर–हजूर भन्दै गरेँ । त्यतिखेर सौरभ र सुधा माइजू कता लाग्नुभएको रहेछ ५ मिनेट मैले नै गराएँ । मलाई छेवैमा बसिरहन मन लाग्यो । माइजू आउनु भया,े मलाई चिया खुवाउनुभयो । सँगै भात खाएको व्यक्ति सँगै चिया खान नसकेको देख्दा मैले यस संसारमा ईश्वर भन्ने अस्तित्व नभएको महसुस गरेँ । शून्य मनःस्थितिमा उहाँको शरीरमा निधार राख्दै म निस्केँ । पछि अलि राम्रो भएपछि हाम्रो भेटघाट भयो । बोली बुझिन थाल्यो । मन अलिक शान्त भयो । मलाई अचम्म लाग्यो आफूलाई कष्ट हुँदा पनि सञ्चै छ ? भनेर सोध्नुहुन्थ्यो । परिवारका सदस्यहरूको एक–एक गरेर खबर लिनुहुन्थ्यो ।

सम्पन्नै परिवारमा जन्मिए पनि सानैमा घर छोडेर पढ्दा दुःख गर्नुभयो । वेला नहुँदै जस्तो विवाह भयो, दैवले पहिलो जोडी टुटाईदिया,े त्यो सहनु भयो । दोस्रो जोडीलाई पनि असमयमै रोगले चँुडेर लग्या,े त्यो सहनुभयो । पछि आपैँफ प्यारालाइसिसले थलिनु भयो । त्यो पनि सहनु भयो । त्यति हुँदा हुँदै पनि उहाँ कहिल्यै हार्नु भएन । नेपाली साहित्यमा तथा आफ्नो कुलमा आफ्नो नाम सुनौलो अक्षरले अग्रपङ्क्तिमा लेखाएर यस संसारबाट बिदा हुनुभयो । मलाई लाग्छ— अहिले पनि आत्मिक संसारबाट हाम्रै भलाइका निम्ति काम गरिरहनु भएको छ ।

उहाँको साहित्यिक व्यक्तित्वको अलिकति चर्चा गर्न मन लाग्यो । उहाँलाई तपाईँको मनपर्ने आफ्नो कृति कुन हो ? भनेर सोध्दा शोभा भन्नुहुन्थ्यो । हेरौँ शोभा काव्यबाट केही पङ्क्तिहरू ः—

शोभा त्यो वनभित्र शान्त वनकी बस्छिन् अकेली परी

लाग्थ्यो रौस मलाई त्यो सुनचरी छोपूँ कि छोपूँ सरि

अनि “लुसी” र “चारु” को एक्कासि विलीनता भएजस्तै कवि न्यौपानेकी शोभा पनि हराउँछिन् । कहिले थुम्का चढी आउने कहिले खोला झरी नुहाउने, त्यसै–त्यसै लोलिने ती सिर्जनाकी मुहानमाथि एउटा क्रूर नियति बज्रिँदा वियोगमा कवि विह्वल बन्छन् र भन्छन् –

पुफल्ने पूफल नफक्रँदै विरहको आँसू यहाँ पुफल्दछ

झुल्को घाम नपैफलिँदै हृदयको आँसू यहाँ भुल्दछ

सेतो रूप हिमालमा पलपलै जम्दो छ आँसू यहाँ

खोलासाथ तरङ्गमा लहरिँदै बग्दो छ आँसू यहाँ

यसरी दुखान्त चेतनाको मुटु छुने अभिव्यक्ति उक्त श्लोकपुञ्जमा पाइन्छ । यो जलन, तड्पन र आँसुको लहर विश्वप्रकृति सभ्यताका मानवी मुटुमा पग्लिएका करुणाका हिमाल र नदी बनेर यहाँ आएका छन् । यो कविताको सफल अभिव्यक्ति हो । यति मात्र होइन उहाँ कवि, बालकवि, हास्यकवि, गीतकार, कथाकार, निबन्धकार, जीवनीकार, समालोचक, सम्पादक आदिका साथै विभिन्न संघसंस्थाका अध्यक्ष, सचिव हुनु हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व म लगायत धेरैको प्रेरणाको स्रोत हो । अन्त्यमा उहाँकै रचनाको सिको गरेर यिनै शब्द–श्रद्धाञ्जलीबाट टुटफुटमा छुट माग्दै बिदा चाहन्छु ः—

तिम्रो कीर्ति सुरम्य गीत मधुरो गाउँफ ? म के सक्तछु

तिम्रो स्नेह र मिष्टतासित भने झुक्तै म आशक्त छु

मेरो जीवनमार्गका गुरु तिमी सम्झी सधैँ झल्झली

हे दैवज्ञ झ् विशिष्ट साधक झ् लिनोस् सद्भाव पुष्पाञ्जली ।

विराटनगर–४