केही शब्द : दैवज्ञको सम्झनामा
शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय
तिथिमिति ठ्याक्कै भन्न नसके पनि (२०१८ साल – सम्पादक) तीन जना साथी सँगै दाङ पढ्न आएका दैवज्ञसँग मेरो पहिलो भेट झन्डै पचास वर्षअघि भएको हो । टीका, थानेश्वर र दैवज्ञ ब्रह्मचारी भेषमा, एकदमै सादगीयुक्त, एउटा सपना लिएर दाङको धर्ती कुल्चेका ठिटाहरू ! हाम्रो पनि ठिटौले उमेर ! भन्छन्, भेडाको भेडा सङ्गी, बाख्राको बाख्रा सङ्गी ! स्वाभाविकै हो, उनीहरूसँग छिटै हाम्रो बालादोस्ती सुरु भयो । दङाली धनीमानीका छोरा हामी, पढाइतिर त्यति गहिरो लगाव थिएन ! हाम्रा दृष्टिमा उनीहरू निकै अध्ययनशील, आश्रमबाट भर्खरै गाउँ पसेका ऋषि बालकजस्तै लाग्थे । उनीहरूको दिनचर्या आजका अधिकांश विद्यार्थी र त्यतिखेरका दङाली विद्यार्थीहरूको भन्दा कता हो कता बेग्लै थियो – भिक्षाटन र मुठीदानबाट प्राप्त अन्नका भरमा पेट पाल्थे र आप्फनो ज्ञानको भोक मेटाउँथे । केही वर्ष दाङमा बसी तीनै जना त्यहाँबाट हिँडे ।
संयोगवश, केही वर्षपछि दैवज्ञसँग रानीपोखरी संस्कृत छात्रावास (तीनधारा पाकशाला) मा फेरि भेट भयो । “गुठियार” उपाधि पाएका हामीहरू स्वयंको उद्देश्यमा पढ्न, तर अरूका दृष्टिमा भात खान जम्मा भयौँ । दैवज्ञलाई छन्दोबद्ध कविता र गीत लेखनतिर रुचि थियो र मेरो प्रवृत्ति पनि त्यस्तै थियो । उनीहरूकै सङ्गतमा लागेर मैले रानीपोखरी छात्रावासमा बस्दा थुप्रै गीत र कविताहरू लेखेको हुँ । हामी आपूफले लेखेका रचना एकअर्कालाई सुनाउँथ्यौँ र आपूफलाई परेको प्रभावका आधारमा केही सुझाउ पनि दिने गर्थ्यौँ । दैवज्ञ, गणेश विषम, रामबाबु सुवेदी, देवी सुवेदी र म थियौँ, मैले सम्झेअनुसार त्यतिखेरको हाम्रो साहित्यिक मण्डलीमा । हामी एक अर्कालाई आदर गर्थ्यौँ र परेको बेला सहयोग गर्थ्यौँ । त्यहीँ बसेरै हामीले हालको वाल्मीकिमा पढ्यौँ, त्रि.वि.मा पढ्यौँ र एम.ए. पूरा गर्यौँ । सायद मभन्दा एक वर्षअघि दैवज्ञले एम.ए. उत्तीर्ण गरे ।
त्यसपछि म दाङ फर्किएँ र २०२७ सालदेखि दाङमै प्राध्यापन सुरु गरेँ । दैवज्ञले पनि त्रि.वि.अन्तर्गतका क्याम्पसहरूमा प्राध्यापन गर्न थाले । यसपछि पनि अनेकौँ अवसरमा उनीसँग मेरो भेट भइरह्यो । भेट हुँदा हालखबरको सोधपुछ मात्रै होइन, दुःखसुखको आदानप्रदान र साहित्यिक चर्चा परिचर्चा पनि हुने गर्थे । बालादोस्तीको स्वाद पछिसम्म पनि कति मिठो हुन्छ, दैवज्ञ र मलाई राम्रै थाहा थियो ।
दाङमा पढाउन थालेपछि जागिर र घरव्यवहारले मलाई निकै गाँज्यो । मेरो साहित्य साधनाको अधिकांश समय घरव्यवहारको यज्ञवेदीमा हवन भइरह्यो । बँचेको केही समयमा झल्याँस्स निद्राबाट ब्युँझेझैँ गरी केही लेखियो यदाकदा, तर सोचेजति साहित्यिक वातावरण मिल्न सकेन र समय दिन पनि सकिएन । आपूफ हराए पनि विद्यार्थीहरूलाई साहित्य सृजनामा प्रेरणा र हौसला चाहिँ अवश्य दिएजस्तो लाग्छ ।
दैवज्ञ भने राजधानीमै बसी राष्ट्रिय स्तरका स्थापित साहित्यकार बने । उनी त्रिविका प्रतिष्ठित प्राध्यापक भए र हजारौँ विद्यार्थीका प्रिय गुरु बने । एक पटक कुनै कामका सिलसिलामा दाङ गएका बेला उनी मेरो घरमा पसेका थिए भेटघाट गर्न । उनीसँगको यो भेटघाट एउटा प्यारो साथीसँगको सहयात्राको मधुर स्मृतिको प्रेरक थियो । त्यसपछि यदाकदा काठमाडौँ आउँदा उनीसँग भेट हुनु सामान्य नै भयो ।
०६० कार्तिक मङ्सिरतिर म त्यतिखेरको मसंवि, हाल नेसंविको शिक्षाध्यक्ष नियुक्त भएपछि उनीसँग एक पटक मात्र भेट भयो । पछि सुनेँ, उनी पक्षाघात भएर थलिएछन् । भेट्ने जमर्को गर्दागर्दै अकस्मात् उनी स्वर्गे भएको खबर सुनेँ । दुई तीन दिन निद नै लागेन । उनको शान्त, शालीन र भद्र व्यवहारको सम्झना आइरह्यो । उनी मलाई “नारान, तिमी” भन्थे । म पनि उनलाई “तिमी” नै भन्थेँ ।
यी त भए दैवज्ञ र मबीचका नितान्त व्यक्तिगत सम्बन्धका कुराहरू ! यीबाहेक उनको साहित्यिक व्यक्तित्वसँग पनि म परिचित छु । उनी प्रसादगुणसम्पन्न प्रतिभाशाली कवि थिए र नेपाली राष्ट्रियता एवं संस्कृतिका जीवन्त गायक थिए । नेपाली बालसाहित्यमा उनको विशेष स्थान छ । छन्दोबद्ध कविता लेख्नसक्ने आधिकारिक क्षमता उनमा थियो । कवि दैवज्ञ राष्ट्रकवि घिमिरेका एक कर्मठ उत्तराधिकारी थिए र उनकै शैली र भावलाई पक्डिनसक्ने सामर्थ्य उनमा थियो भन्ने मलाई लाग्छ । नेपाली भाषा र संस्कृतिका अद्वितीय धरोहर भानुभक्त आचार्यलाई जीवित राखिरहन दैवज्ञले गरेको प्रयास समकालीन नेपाली साहित्यको इतिहासमा स्वर्णाक्षरले लेखिनेछ । दैवज्ञको साहित्यिक योगदानबारे खासै अनुसन्धान भएको मलाई थाहा छैन । राष्ट्रका महान् सर्जकहरूको भौतिक शरीर रहँदै केही गर्न नसक्ने हामी उनीहरूको अवसानपछि चुक्चुकाउँछौँ र थक्थकाउँछौँ । दैवज्ञका सन्दर्भमा पनि यस्तै भएको ठान्छु म । बाँचेका क्षणमा सम्मान गर्न नसक्नु र मृत्युपछि गाथा गाउनु नेपालीको पहिचान बनिसकेको लाग्ने यस युगमा उनीप्रतिको आत्मिक श्रद्धाभाव, सखाभाव व्यक्त गर्ने अवसर पाउँदा गौरवान्वित बन्नु तीतो यथार्थजस्तै भएको छ ।
केदार भाइको थोरै समयको सूचनाका आधारमा खासै समय दिन नपाई यी भावनाहरू पोखिरहेको छु म । दैवज्ञ स्मृतिग्रन्थ निस्किन लागेको खबर मेरा लागि आप्फनो एक निकटतम मित्रप्रति श्रद्धा प्रकट गर्ने उपयुक्त अवसर हो । यी पङ्क्ति लेखिरहँदा म दैवज्ञलाई सम्झिरहेको छु । विधाताले कति छिटो चुँडेर लग्यो उनलाई हामीबाट । उनी बाँचेका भए अझै धेरै काम गर्न सक्थे । केही न केही गरिरहने कर्मी स्वभाव थियो उनको । उनको स्मृतिमा दुई चार शब्द लेखेर मैले आप्फनो दुःखी मनलाई सान्त्वना दिइरहेको छु ।
दैवज्ञ ! तिमी चूपचाप गयौ, तर यो बालसखा तिमीलाई जीवनका हरेक मोड र घुम्तीहरूमा अनवरत सम्झिरहने छ ।
शासन नै बिगार्नेको छ । अहिले धेरै दिङ्ला र गोगनेहरू रोइरहेछन् । अब दीपकमा बर्तन सकिएर मधुरो भएको छ । अब ती गाउँबाट प्रा.दैवज्ञराज न्यौपानेजस्ता भाइ बहिनीहरू जन्मिने सम्भावना होला कि नहोला झ् जे होस् इतिहासमा दैवज्ञ दाइ पारिवारिक सुसंस्कारले सिञ्चित गोगनेको पूफल हो, जसको प्राज्ञिक, साहित्यिक तथा सामाजिक सुवास सर्वत्र व्यापक रूपमा पैफलिरहने छ ।