प्रतिभावान् सर्जक
मानिस, मानवता एवं सामाजिक जीवन यी तीन कुरालाई एउटै विशेषताले छुट्याएको छ, त्यो हो – उसमा रहेको प्रतिभा । यसैका आधारमा सिर्जनाहरू हुन्छन् अनि सर्जक हुन्छन् चाहे त्यो आपैँफ प्रस्पुफटित भएको होस् वा निरन्तरताको साधना र अथक प्रयासले बनेको होस् । जन्मसिद्ध प्रतिभालाई सजाइदिएर बडार–बुडुर तथा लिपलाप गरेर बनाइदिए पुग्छ भने अथक साधना र निरन्तरताको उपायलाई काटेर, कुँदेर, ताछेर, घोटेर, चटक्क पार्नु पर्ने हुन्छ जहाँ शिल्पकारको सीप देखिन्छ । विशेष खाले मानिसलाई वहुप्रतिभाशाली वा प्रखर बुद्धि भएको, तीक्ष्ण बुद्धि भएको पनि भनिन्छ । यस्ता पुरुष जन्मदादेखि नै यी गुणहरू लिएर आएका हुन्छन् । अर्का खाले प्रतिभावान् व्यक्ति पछि त्यस्तै प्रतिभाका प्रयासले बनेका हुन्छन् । महाभारत, पुराण, गीताशास्त्र आदिका रचयिता व्यासजीलाई गीतामा “विशालबुद्धे” भनेर सम्बोधन गरिएको छ । बुद्धि र निर्णय दृढ नभएसम्म, अठोट नभएसम्म समृद्ध र समुन्नत बन्न पनि सकिँदैन ।
अहिलेसम्म कोसँग कति प्रतिभा छ अथवा बुद्धि छ भनेर जोख्ने, मूल्याङ्कन गर्ने कुनै भौतिक साधन तयार भएको छैन । प्रतिभाको न कुनै सीमा छ, न त बुद्धिको नै कुनै सीमाङ्कन छ । समालोचकका आ–आफ्नै आँखा र कसीबाट जुन विश्लेषण भएको हुन्छ, त्यो पनि अधुरो र अपुरो नै हुन्छ । मानिसका गुणहरूमा रहेको प्रतिभा बुद्धिज्ञानजन्य स्रोतभन्दा माथि छ भन्ने मलाई लाग्दछ । जे भए पनि मानिसका गुण, ज्ञान, व्यवहार अनुभव आदिको एउटा लिखित कसीमा अत्युत्तम, उत्तम, मध्यम, अधम वा विशिष्ट, प्रथम, द्वितीय, तृतीय, अनुत्तीर्ण वा अनुपयोगी गरी स्तर कायम गरिएको हुन्छ । यो लोक व्यवहार चलाउनका लागि आवश्यक छ । अनुशासनात्मक जीवन र व्यवहार चलाउनका लागि केही मर्यादा र सीमाङ्कन–आकलन दुनियाँले गर्दै आएको छ । यो अर्को मानवीय विशेषता हो भनेर मान्नै पर्दछ । मनुष्य अरू प्राणीभन्दा फरक भएको पनि यसै कारणले हो । कतिले यसलाई धर्मका नाममा जोड्ने गरे त कसैले विवेक बुद्धिका रूपमा ।
प्रसङ्गवश माथिका यी कुरा साहित्यकार दैवज्ञराज न्यौपानेका जीवनसँग जोडिने र मूल्याङ्कन हुने भएकाले उल्लेख गर्न खोजिएको हो । उहाँको प्रतिभा, बौद्धिकता, साहित्यिक सिर्जना, प्रशासनिक व्यवस्थापन, समाजको अग्रगमन, अध्यापन र प्राध्यापन क्षेत्रमा बहुआयामिक रूपमा देखा परेको छ । जहाँ जसरी मूल्याङ्कन भए पनि स्वतः सिद्ध प्रतिभाको रूपमा प्रस्पुफटित भएको छ । साहित्य रचना र सम्पादनको क्षेत्रमा वहाँको योगदान विशेष खालको रहेको छ । उहाँले सम्पादन गरेका धेरै कृतिहरूमा समसामयिक साहित्य र दर्शनहरू पनि पर्दछन् । उहाँको साहित्यले धरातल मात्र टेक्दैन, यसको गहिराइ सजिलै पेफला पारेको छ । असल व्यक्तिको जीवन समाजका सबै पक्षमा घुलमिल भएर सहयोगी र सहृदयी रूपमा रहेको हुन्छ । मानवीय दुःख, पीडा, वेदना र परिवेशलाई साङ्गोपाङ्ग केलाएर त्यसैमा भिजेर जीवन सजीव बनाउने नगण्य हुन्छन् जुन उहाँमा छ । जसले जीवन र मानवीय भोगाइलाई सार्थकता दियो । त्यसैले जीवन बुझेको र सार्थक बनाएको हुन्छ । कति यस्ता मानिस छन् जसले मौनताबाट नै समाजलाई केही दिएका छन् । कसैले मन्द मुस्कानबाट नै धेरै कुरा व्यक्त गर्दछन् । थोरै बोलेर धेरै दिने व्यक्तिहरू पनि समाजमा हुन्छन् । मृदुवाणीबाट समाजलाई डोर्याइरहेका हुन्छन् पनि कति । यी उल्लिखित कुरा साहित्यकार दैवज्ञजीमा लागु हुन्छन् ।
भनिन्छ, मितभाषी, स्मितभाषी, मिष्टभाषी र शिष्टभाषी पुरुषहरू सँधै अर्काको कल्याण गर्न उद्यत हुन्छन् । समाजलाई केही दिन तम्सिन्छन् । चाहे आफ्नो भौतिक जीवन जस्तोसुकै गरी चलिरहोस् । सुन्दर पूफलहरू पहाडका कन्दरामा पुफलिरहेका हुन्छन् । जीवन ओजबर्धक शिलाजित जस्ता तत्त्वहरू पहाडका चट्टानबाट नै निसृत हुन्छन् । कोमलता, सुन्दरता, सरलता, सरसता सहरी कोलाहलभन्दा एकान्त प्रकृतिमा नै झल्किन्छन्, प्रकट हुन्छन् । कवि दैवज्ञको जीवन यस्तै–यस्तै भूबनोट र धरातलबाट प्रारम्भ भएको छ । हुन त भोजपुर समग्र असल पुरुषहरूको उद्गमस्थल पनि हो । सुरुआतको जीवनसँगै हुर्केर–बढेर मार्ग प्रशस्त गर्ने सिलसिलामा विकसित हुँदै सहरी धरातलतिर उन्मुख भएको छ र अवसर ग्रहण गर्नुपर्ने बाध्यताले थलो परिवर्तन भएको छ । शिक्षाध्ययन र जीवन यापनकै क्रममा पनि विकसित भएको छ ।
कवि दैवज्ञसँग पहिले घनिष्ठता नभए पनि साहित्यिक सिर्जनाको प्रसंगबाट चिनजान गरेको थिएँ प्रारम्भमा । म पनि सञ्चार क्षेत्रभित्रकै एउटा विभागको प्रमुख भएको कारण गोरखापत्रको सयवर्षको वार्षिकोत्सवमा सरिक थिएँ, २०५८ सालमा । मन्त्रीको प्रमुख आतिथ्यमा नै रहेको समारोहमा कविजी आकर्षक व्यक्तित्वको पहिरनमा प्रस्तुतिमा उभिनुभयो माइक अगाडि र “गोरखापत्रका सयवर्षका कविता” कृतिको प्रकाशनको विमोचनको सिलसिला र प्रस्तुतिमा । उहाँकै संयोजकत्वमा शैलेन्द्र साकार र जयदेव भट्टराई भएको गोरखापत्रमा १०० वर्षमा छापिएका कविताहरूको सँगालो थियो । गोरखापत्रका इतिहासमा छापिएका चार हजारभन्दा बढी कविता र कवि–कवयित्रीहरूका कवितामध्येका महत्त्वपूर्ण मानिएका २०१ कविताहरूको छनोट गरेर सङ्कलित कृति तयार गर्नु पक्कै सजिलो काम थिएन । साहित्यिक विधाहरूको यो क्षेत्र विश्लेषण, पर्यवेक्षण समीक्षाको हिसाबले त्यति सजिलो थिएन । त्यसैले उहाँको क्षमता र प्रतिभा कति थियो त्यसै स्पष्ट हुन्छ ।
गोरखापत्रको सयवर्षका कवितामा पौष २०२१ सालमा छापिएको “प्रवासीको सम्झना” शीर्षकको दैवज्ञजीको कवितामा शार्दूलविक्रीडित छन्दका वाह्र श्लोक छन् । देशप्रेम, प्रकृतिप्रेम, मातृभूमिप्रेम र मातृप्रेम यी चारै कुरा यी कवितामा ओतप्रोत भएर झल्किन्छन् । कविता यस्तो छ –
राम्रो लाल गुँरास शैलवनमा जेमा पुफली हाँस्तछ
साना पंख उठाइ नर्तन गरी डाँपेफ जहाँ वास्तछ
जस्मा प्राकृत गीतको लय मिठो घन्काउँछन् निर्झर
नेपाली हिमशैल सम्म वनको स्वर्गीय मेरो घर
सरल, सुन्दर, माधुर्य, रीतिका हिसाबले शास्त्रीय साहित्यको भरपुर आस्वादन प्राप्त गराउँछ यस कविताले । तलको अर्को कविताले मातृवात्सल्य समेत निखारेर प्रकट गर्दछ । जननी र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् । यो सबैले मानिएकै छ ।
घाँटीमा निज आखिरी समयको हिक्का अडे तापनि
आफ्नो देह सुकेर जर्जर बनी संसार बिर्से पनि
प्यारा भाइ र बैनिको हरघडी वात्सल्य बोके पनि
आमा एक मलाई सोचिरहलिन् फर्कन्छ कैले भनी
दैवज्ञराजजीको जीवन र कृतित्वलाई लिएर हेर्दा प्रकृति र जीवनको तादाम्यका साथै प्रकृतितिर लहसिएको पाइन्छ । समाज, संस्कार र आफ्नै धरातललाई आधार बनाएर उहाँ उभिनु भएको छ । जीवन सङ्घर्षशील भए पनि कृतिहरूले सरलतातिर उन्मुख भएको देखाउँछन् । प्रत्येक मानिसले जीवनका बाल्य, किशोर, युवा, प्रौढावस्था भोग्दै बुढ्यौलीतिरको अवस्था गुजारिरहेकै हुन्छ । ती भोगाइका मर्म, भावना र अनुभवलाई जस्ताको त्यस्तै चित्रण गर्न मुस्किल हुन्छ । तर दैवज्ञजी जीवनका उकाली–ओराली, आरोह–अवरोह, सुगम–दुर्गम सबैमा तादात्म्य भएर सहज र सरल चित्रण गर्न सफल हुनु भएको छ । तोतेबोली, गाउँखाने कविता, बाल संसार, घामले ढोका खोल्यो आदि बाल कविता, जोरमुरली कविता सङ्ग्रह, गुणराज उपाध्ययायका खण्डकाव्यहरूको मूल्याङ्कन र नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू जस्ता समालोचनात्मक कृतिबाट उल्लिखित कुराहरू स्पष्ट देख्न सकिन्छ । उहाँका कविता, काव्यहरूमा समाज, संस्कृति, देशप्रेम, प्रकृतिप्रेम, मातृभूमिप्रेम प्रचुर मात्रामा प्रकट भएको देखिन्छ । समालोचना, नाटक, कथा, निबन्ध जस्ता विधामा कलम चलाउने साधक जीवन र जगत्को सार्थकतालाई गहिरिएर निहालेर हेर्न सक्दछ । समाज, जीवन र जगत्लाई भित्री तहसम्म केलाउन नसक्ने व्यक्ति उत्तम साहित्यकार बन्नै सक्दैन ।
दैवज्ञराज न्यौपाने साहित्यकार मात्र नभएर शिक्षण, प्रशिक्षण, अध्यापन र प्राध्यापन पेसामा लागेर जीवन निर्वाहको भूमिका पूरा गर्दै उत्तम गुरु बन्न पुगेका छन् । प्रशासनिक व्यवस्थापनले कुशल प्रशासक बन्न सकेको र विद्यार्थी जीवनदेखिको पछिल्लो अवस्थासम्म संस्थागत आवद्धतामा रहेर त्यसलाई सफलतापूर्वक सम्पन्न गर्ने गरेकाले उनी समाजद्रष्टा एवं अग्रणी सामाजिक व्यक्तित्व पनि हुन् । यसैले उनको समष्टिमा बहु–आयामिक व्यक्तित्व बनेको छ । यो विरलै हुने गर्दछ । जीवनका सुख–दुःख, उकाली–ओराली, घाम–छायामा सङ्घर्ष गर्दा गर्दै माथि उठ्ने अठोटले उच्च कोटिमा पुर्याएको छ । यसले अरूलाई उत्प्रेरणा र मार्गदर्शन गरेको छ ।
मानिस तीन श्रेणीमा विभाजित हुन्छन् – उत्तम, मध्यम र अधम । उत्तम ती हुन् जसले खराब काम गर्दै गर्दैनन्, खराब सोच्दै सोच्दैनन् । मध्यम ती हुन् जसले असल काम धेरै गर्छन्, खराब काम कम गर्छन् । अधम ती हुन् जसले खराब काम मात्र गर्दछन्, असल कामतिर ध्यान दिँदै दिदैनन् । दैवज्ञजी उत्तम श्रेणीमा पर्नुहुन्छ । उत्तम व्यक्ति हुनुहुन्छ । जीवनको भोगाइ जे भए पनि सँधै उत्तम भएर रहेर जानुभएको छ । उहाँ आज भौतिक आधारमा हाम्रो सामीप्यमा हुनुहुन्न तर मानसपटलमा चिरकालसम्म रहिरहनु हुनेछ ।