कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : मेरा मस्तिष्कका कुनामा

मुरारिविनोद पोखरेल

मेरा लागि आत्मीय, आदरणीय, रमणीय खै के के मात्र भनौं, सधैं मानसपटलमा आइरहने एउटा नाम हो– दैवज्ञराज न्यौपाने । म न त साहित्यकार, लेखक वा समालोचक अथवा लेखपढमा धेरै रुचि राख्ने व्यक्ति हुँ वा न त उहाँको विद्यार्थी नै । मात्र उहाँको मामाखलकको केहीमध्येको एउटा भाइ हुँ ।

२०१९ साल ताकाको कुरा हुनुपर्छ । पहाड अर्थात् नुवाकोटदेखि बा–आमाबाट काठमाडौंमा पढ्न पठाइएर आएको बेला मैले उहांँलाई एउटा साँच्चैको अवर्णनीय, गोरो, सर्लक्क परेको, राम्रो, पूर्ण व्यक्तित्वका रूपमा देखेर भान्दाइ भनेर चिन्न पाएको हुँ । पहाडमा रह‘दा “कविराज” भन्ने शब्द त सुनेको थिए‘ तर “दैवज्ञराज”? यो कस्तो नाम होला झैँ पनि लागेको हो । हृष्टपुष्ट, खाइलाग्दो, उज्यालो, देख्दै कान्तिले युक्त सम्भ्रान्त हुने ठानिएर बाबा–आमाले उहांँको यस्तो नाम राखेको होला– तत्कालको मेरो बालबुद्धिले यस्तै ठम्याएको थियो । त्यस बखत उहाँ तीनधारा छात्रावासमा बसी पढ्नुहुन्थ्यो ।

बेलाबखत पढाइ बिदा हुँंदा वा अन्य कुनै कारणवश हामीकहाँ दाइ आउने जाने गर्नुहुन्थ्यो । दाइलाई देख्दा ममा एक किसिमको ऊर्जा अङ्कुरित भएको आभास हुन्थ्यो । हुन त म अलिक सानो भएकोले मसँग के गर्दै ? र कति पढदै ? आदि सामान्य प्रश्नोत्तर मात्रै हुन्थे । तर पनि ठुलोबुबा ठुलीआमा वा अन्य मान्यजनसँगको उह‘ाको वार्तालाप म रुचिपूर्वक सुन्दथें । उहाँको हँसिलो अनुहार, सधैँ सफा र चटक्क परेको पहिरन, बोलाइमा मिठास र भद्रता, मामाहरूसँगको कुराकानीमा देखिने अदव एवं साहित्यिक मिठासको संवादबाट म धेरै प्रभावित हुन्थेँ र लाग्दथ्यो– यी व्यक्ति कुनै दिन ठुलो मानिस बन्नेछन् ।

हुन पनि मेरो सपनाको राजकुमारझैँ दाइ आफ्नो अध्ययन पूरा गर्दै साहित्य विधामा अनवरत लाग्न थाल्नुभयो । पठन पाठन नै उहाँको कर्मथलो पनि बन्यो र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न निकायमा काम गर्दै क्याम्पस प्रमुखको जिम्मेवारी समेत वहन गरी लामो समयसम्म प्राध्यापक रहेर विश्राम लिनुभएको थियो । २०२७ देखि २०४८ सालसम्म म पनि त्रि.वि.भित्रै विभिन्न स्थानहरूमा काम गरेको हुँदा उहाँसँग बराबर भेट हुने मौका मलाई प्राप्त हुन्थ्यो ।

कतिपय साहित्यिक कार्यक्रमहरूमा दाइलाई सुन्ने मौका पाएको हुँ । पछिका त कुरा छाडाँैं सानै हु‘दा ठुलोबुबा समेतको उपस्थितिमा उहांँका बोलीको मिठासयुक्त छन्दोबद्ध कवितापाठ म खुबै आनन्द लिएर सुन्दथेँ । उहांँ आफूभन्दा सानालाई नानी वा बाबु भनेर आत्मिक सम्बोधन गर्नुहुन्थ्यो । उहांँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । विशेष गरी साहित्यिक क्षेत्र उहांँको उर्वर भूमि थियो । कवि, समालोचक, प्रकृतिप्रदत्त मौलिक गीतकार, सिद्धहस्त बाल साहित्यकार आदि आदि । यही क्षेत्रले उहांँलाई अमरत्व पनि प्रदान गर्‍यो ।

उहांँ एक कुशल प्राध्यापक तथा सफल प्रशासक पनि रहनुभयो । उहांँको पढाउने शैली जो कोहीका लागि पनि सुनिरहु‘जस्तो लाग्ने र ध्यान केन्द्रित हुने एवं एकाग्रताको स्थितिमा पुग्ने खालको हुन्थ्यो, यो मैले उहांँका विद्यार्थीहरूबाट सुनेको कुरा हो । उहांँ पाटन बहुमुखी क्याम्पस जस्तो धेरै विद्यार्थीहरू भएको संस्थाको प्रमुख पनि रहनु भयो, तापनि उहांँको कार्यकालमा त्यहांँ कुनै अवाञ्छित घटना घटेको मैले कहिल्यै सुनिनँ । यसको कारण उहा‘को व्यक्तित्व नै हुनुपर्छ । किनकि उहांँ हँसमुख एवं आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । अर्को भनाइमा उहांँ त भव्यमूर्ति कलेवर नै हुनुहुन्थ्यो । उहांँको सम्मुख पर्दा जो कोही व्यक्ति तानिने परिहाल्थे । सुमधुर स्वरका धनी उहांँको बोली सुन्न थालेपछि त मन्त्रमुग्ध भइहालिन्थ्यो । मुखाकृतिको बारेमा म के भनौंँ महामहिम राष्ट्रपतिबाट उहांँ अभिनन्दित हुँदा निकै अस्वस्थताको बाबजुद पनि श्री रघु घिमिरेलाई उहांँको अनुहारको कान्तिमा कुनै फरक लागेन, एउटा उज्यालो व्यक्ति सदाझैँ कुनै पनि क्षण लयबद्ध कविता वाचन गर्नुहुन्छ जस्तो लाग्या थ्यो रे घिमिरेजीलाई ।

उहांँ ठट्यौलो पनि उत्तिकै हुनुहुन्थ्यो । २०३६ सालको एउटा प्रसमा मैले एउटा सन्दर्भ सोधेको थिएँं । उहांँले जवाफमा भन्नुभयो तेरा बाज,े उहांँ त पण्डित सोमनाथ घिमिरे व्यास हुनुहुन्छ । उहांँको नामको अगाडि पं. लेख्न नछुटाउनू ।

नयाँ बानेश्वरको घर छाडी दाइ अन्यत्र बस्न थाल्नु भएपछि मेरो भेटघाट पनि पातलिन थाल्यो । रोग लागेर अशक्त भएपछि उहा‘लाई भेट्ने इच्छा हुँदाहुँंदै, नयाँ ठाउ‘ नदेखेको कारणले देख्नेको साथ लागेर जान्छु भन्दाभन्दै पनि समयले मलाई कुरेन र मेरो यो थकथक सधैँका लागि रहने भयो । आइन्दा यस्तो थकथक कसैलाई पनि नपरोस् भन्ने चाहना राख्दै दैवज्ञ दाइको आत्मामा मेरा यिनै श्रद्धासुमन चढाउँदछु ।

१०७ ग हात्तीगौँडा मार्ग

पुरानो बानेश्वर, काठमाडौं – १०