भानिज दाजु दैवज्ञराज न्यौपाने
१. विद्यार्थी जीवनका प्रथम अभिभावक :
म २०१८ सालमा अध्ययनका लागि भोजपुरको दिङ्ला गएँ । त्यहाँ आबाल ब्रह्मचारी श्री १०८ षडानन्द अधिकारी (वि.सं. १८९२–१९७३) ले स्थापना गरेको षडानन्द संस्कृत प्रधान पाठशाला थियो । त्यसै पाठशालामा भानिज दाजु दैवज्ञराज न्यौपाने पनि पढ्नु हुँदोरहेछ । उहाँले मलाई आफ्नै कोठामा राख्नुभयो । बाहिरबाट गएका विद्यार्थीहरू छात्रावासमै बसेर अध्ययन गर्दथे । हामी पनि त्यसैभित्र पर्दथ्यौँ । म दिङ्ला पुग्नासाथ दाजुले मेरो संरक्षकत्व ग्रहण गर्नुभयो, मेरो अभिभावक बन्नुभयो । म हर्षले गद्गद् भएँ । उहाँको माया–ममताले गर्दा चारचार दिनको कष्टकर बाटो छिचोली गोडामा ठेला उठाएर दिङ्ला पुगेको मजस्तो पुफच्चेलाई घरको न्यास्रो लाग्न पाएन । मलाई पाँच कक्षामा भर्ना गरिदिनुभयो । उहाँकै अभिभावकत्वमा रहेर मैले पढ्न थालेँ । त्यसबेला हाम्रो गाउँ रावा लामीडाँडाबाट त्यहाँ गएर पढ्नेमा दाजु वैजनाथ सुवेदी, काका माधव भट्टराई र भाइ वासुदेव भट्टराई पनि थिए । हामी सबैप्रति, अझ भनौं त्यहाँ बसेर पढ्ने सबै विद्यार्थीहरूप्रति उहाँको स्नेहभाव थियो, सद्भाव थियो, समभाव थियो ।
दैवज्ञ दाजु त्यतिखेरै राम्रा कविता लेख्नुहुन्थ्यो, अरूलाई पनि प्रेरित गर्नुहुन्थ्यो । विद्यालयमा साहित्यिक कार्यक्रम भइरहन्थे । प्रायः कविता र गीतिकविता नै लेखिन्थे, वाचन गरिन्थे । विद्यार्थीका कविता सुनेपछि गुरुहरूले स्याबासी दिनुहुन्थ्यो, “राम्रो–राम्रो” भनेर ताली ठोकेर प्रोत्साहित गर्नुहुन्थ्यो । कुनै दिनको साहित्यिक कार्यव्रफममा वाचन गरिएको एउटा कविताको दुई पङ्क्ति मलाई अझै पनि कण्ठस्थ छ । आधा शताव्दी अघिको कुरा । मैले वाचन गरेको कवितांशले मेरो मानसपटलमा अझै पनि डेरा जमाएको जमायै छ । दाजु दैवज्ञको उत्प्रेरणाले कुनै कुनै कार्यक्रममा भाग त लिन्थेँ तर के कस्ता कविता लेख्थेँ, के कोर्थेँ त्यो पनि मलाई हेक्का छैन । मसँग त्यस्ता कविताका चिनुबानु केही पनि छैनन् । पचास वर्षपछिसम्म पनि मेरो स्मृतिमा ताजा रहेको कविताका ती दुई हरफ भने यस्ता थिए ः–
नेपाल राम्रो उसमा दिङ्ला आनन्द एकान्त
हे ब्रह्मचारी के मन धारी आएछौ भूतल ?
मैले कोरेको भए पनि कविताका यी दुई हरफमा पनि कति दैवज्ञ दाजुको र कति पीताम्बर अधिकारीको छाँटकाँट, पूफलबुट्टा र शाब्दिक सीप अनुस्यूत थियो, त्यो पनि ख्याल छैन । मैले के कस्तो कोरेँ, उहाँहरूले कस्तो बनाइदिनु भयो ? खै कसरी भनौं हेक्का नै नभएपछि । पीताम्बर अधिकारी पनि राम्रा कविता लेख्ने र मलाई माया गर्नेमध्येमै पर्नुहुन्थ्यो । दैवज्ञ दाजु हामीलाई ज्यादै माया गर्नुहुन्थ्यो । उहाँले गरेको माया र स्नेहभावको पुनरावृत्ति सधैँसधैँ भैरह्या,े रहिरह्यो ममाथि– “आएर कैल्यै ऋतु सिद्धिदैन, लाएर माया मुटु रित्तिदैन” राष्ट्रकवि माधव घिमिरेले भनेजस्तै गरी ।
उहाँले हाम्रो न्वारन पनि गर्नुभएको थियो । मलाई “श्यामवटु” भनेर स्नेहपूर्ण सम्बोधन गर्नुहुन्थ्यो, माधवजीलाई “गौरवटु” भन्नुहुन्थ्यो । “श्यामवटु” र “गौरवटु” मा रहेको उहाँको अपनत्व तुलामा हालेर जोख्न सकिने थिएन । मायालु भावमा उहाँले बोलाउने कति सुन्दर, कति प्यारा नाम थिए– “श्यामवटु” र “गौरवटु” । नाम मात्र सुन्दर थिएनन्, कति सार्थक पनि थिए ती नाम । गहुँ गोरो वर्ण भएको राधेश्याम “श्यामवटु” भयो भने गोरो वर्ण भएको माधव “गौरवटु” हुने नै भयो । “श्यामवटु” भन्ने नाउँ मलाई हिजो जति प्यारो थियो, आज पनि उत्तिकै प्यारो छ । कुनैकुनै रचनामा मैले यो प्यारो नाम पनि प्रयोग गरेको छु । दैवज्ञ दाजुले अरूको नाम राखेको मलाई थाहा छैन । नेपाली साहित्यकारहरूको न्वारन गरेर छद्मनाम राख्ने बडा पुरेत थिए रे भूतका भिनाजु श्रद्धेय वासुदेव लुइँटेल । तर म स्वयंलाई भने त्यसको अनुभव छैन ।
दैवज्ञ दाजुको सक्रियता र संलग्नता विविध क्षेत्रमा थियो । उहाँ पढ्नुहुन्थ्यो, कविता लेख्नुहुन्थ्यो, विद्यार्थी राजनीति पनि गर्नुहुन्थ्यो । मीठो बोल्नुहुन्थ्यो र सबैको प्रिय पनि हुनुहुन्थ्यो । व्यक्तित्व फराकिलो थियो । विद्यार्थीहरूको मात्र प्रिय होइन गुरुजनहरूको पनि प्रिय शिष्य हुनुहुन्थ्यो । सबैको विश्वासिलो र पत्यारिलो भएकैले उहाँ छात्रसङ्घको सभापति पनि बन्नुभयो ।
दिङ्लाको अध्ययन कालखण्डमा घटेको एउटा दुःखद घटना संस्मरणको अर्को पाटो हो । विद्यालय सञ्चालक समिति र छात्रसङ्घका बीच कुनै विषयलाई लिएर विवाद भएछ । विवाद चर्कंदै गएछ । परिणामस्वरूप शनिवार लाग्ने हाटमा बिक्रीको लागि चामल आउन छाड्यो । चामल व्यापारीहरूलाई चामल बेच्न रोक लगाइएको रहेछ । छात्रावासमा बस्ने विद्यार्थीहरूले एक हप्तासम्मका लागि चामलको जोहो गरेर अर्को हाट पर्खनुपर्थ्यो । तर हाटमा चामल नआएपछि छात्रावासमा अनिकाल पस्यो, हातमुख जोर्ने समस्या भयो । कसैले पनि विद्यार्थीहरूको पीर–मर्का बुझेनन् । निकै अनुनय विनय गरेपछि गुठी सञ्चालकहरू ठुला विद्यार्थीलाई चार पाथी र सानालाई दुई पाथीका दरले गुठीको धान बेच्न सहमत भए । सोही शर्त अनुसार हामीले धान किन्यौं । त्यही धान कुटेर छाक टार्दै अर्को हाटको प्रतीक्षा गरिरह्यौं । अर्को हप्ताको हाट लाग्यो । दैवज्ञ दाजु, वासु र म हाट गयौं । त्यस दिन कम परिमाणमै भए पनि चामल आएको थियो । तर भाउ भने दोब्बर बताइयो । पहिले कम्पनी रू. २ को ९ कुरुवा चामल पाइन्थ्यो र एक जनाका लागि पर्याप्त हुन्थ्यो । चामल व्यापारीहरू ९ कुरुवाको कम्पनी रू. ४ भन्न थाले । दैवज्ञ दाजुले “अस्तिको आजै यति साह्रो भाउ त बढ्नु नपर्ने” भन्नासाथ एक व्यक्ति “के भनिस् रे” भन्दै दाजुमाथि खनिए, हातपात गर्न थाले । हामी गर्न केही सक्दैनथ्यौं, धुरुधुरु रोइरह्यौं । त्यतिखेरै दैवज्ञ दाजुका मित झलकरमण सुवेदीले कताबाट देखेछन् र हस्याङ फस्याङ गर्दै आएर छुट्याए । धन्न, अरू अप्रिय र अझ ठुलो दुर्घटना घट्न पाएन ।
यसरी स्थानीय व्यक्तिबाटै दैवज्ञ दाजु कुटिएपछि विद्यार्थीहरूको बैठक बस्यो । पहरासँग कुइनोको जोर चल्दैन । असुरक्षित अवस्थामा दिङ्लामा बस्नुभन्दा छोडेर अन्तै जानु कल्याण छ । छात्रावासमा रहेका ७८ रै जना विद्यार्थीहरू राजी भएर दिङ्ला छोड्ने निर्णय भयो । अब अध्ययनका खातिर दिङ्ला नफर्कने भन्दै हामीले बाटो ततायौँ । झिसमिसे उज्यालो हुँदा नहुँदै हामीले दुई कोसको बाटो काटिसकेका थियौं । हरेक बाटो छुट्टिने ठाउँमा छुट्टिँदै–बिदा हुँदै हामी आ–आफ्नो घरतर्पफको गन्तव्यतिर लाग्यौं । पछि दैवज्ञ दाजु अध्ययनार्थ बनारस हुँदै दाङ जानु भएछ, म जनकपुर गएँ ।
मेरा मित्र प्रा.लालानाथ सुवेदीले केही समय पहिले मसँग दिङ्लासम्बन्धी लेख–रचना माग्नुभयो । मैले “दिङ्लालाई अभिवादन” शीर्षकको संस्मरण पठाएँ । एउटै सन्दर्भको संस्मरण भएकोले त्यसैबाट एउटा अनुच्छेद यहाँ पनि उद्धृत गर्न चाहन्छु ः–
“ढिकी कुटाईपछि दिङ्लालाई बाईबाई” किन लेखेँ मैले ? वास्तवमा जीवनमा उतारचढावका यस्ता घटना धेरै घट्छन् । नलेखेको भए पनि हुन्थ्यो होला । हाम्रो नियति नै त्यस्तै थियो । ७८ जना विद्यार्थीलाई धेरै समयसम्म दिङ्लामा बसेर पढ्न लेखेको थिएन भावीले । अनि त त्यस्तो अप्रिय घटना घट्यो । त्यो घटना विद्यार्थीहरूको भविष्यका लागि त अप्रिय छँदै थियो, दिङ्लाका लागि पनि प्रिय थिएन । घटाउनेका लागि पनि अप्रिय थियो र घट्ने–पीडित विद्यार्थी दैवज्ञका लागि पनि प्रिय थिएन । कतै कसैको हितमा थिएन, तापनि दुःखद घटना घटिहाल्यो, अन्तर्मनमा नमीठो छाप बसिहाल्यो ।
२. साहित्यकार दैवज्ञराज न्यौपाने :
दिङ्लाबाट छुट्टिएको सात वर्षपछि २०२५ सालमा हाम्रो भेट भयो काठमाडौंमा । पेफरि दाजुको आत्मीयता पाएर म पुफरुङ्ग भएँ । दाजुले त्यसैवर्ष एम.ए. उत्तीर्ण गर्नुभयो । मचाहिँ भर्ना भएँ शास्त्रीमा । बसाइ फरक फरक भए पनि हाम्रो भेट भैरहन्थ्यो । मैले लेखेका कविता दाजुलाई देखाउँथें । लेख, लेख्नुपर्छ, राम्रा छन् भनेर हौस्याउनु हुन्थ्यो । हरेक भेटमा नयाँ नयाँ कविता सुनाउनुहुन्थ्यो, मीठो लयमा । कविता सुनेर म दङ्ग पर्थें । यस्तै कविता लेख्न सके कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो । कोसिस गर्थें/गरेँ । तर खै, कहाँ सकेँ त्यस्ता राम्रा कविता लेख्न ? प्रसिद्ध साहित्यकार दैवज्ञ दाजुले हुने बिरुवाका चिल्ला पात (बालजीवनी सङ्ग्रह, २०४५) मात्र लेख्नु भएन, उहाँ स्वयं हुने बिरुवाको चिल्लो पात हुनुहुन्थ्यो । दिङ्लामा छँदै साहित्यिक चिल्लो पातको छनक दिइसक्नु भएको थियो । उहाँ अनुहारको जति सुन्दर हुनुहुन्थ्यो त्यति नै सुन्दर कविता लेख्नुहुन्थ्यो । वाचनकला त्यस्तै आकर्षक थियो । गला औधी मीठो थियो । रूप, लावण्य र सौन्दर्य धपधप बलेको त्यति सुन्दर मान्छे त मैले देखेकै छैन । सुन्दरताको कुरा गर्दा दैवज्ञ दाजुको सम्मानमा बानेश्वर क्याम्पसमा आयोजित एउटा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रकवि माधव घिमिरेले भनेको सम्झन्छु अहिले पनि–दैवज्ञजी तेलमा चोपलेर पुफत्त निकालेको तामाको ठुन्कोजस्तै सुन्दर हुनुहुन्छ । यो सौन्दर्योद्गार साहित्यिक चेलाप्रति गुरुको मिथ्याश्लाघा थिएन । न त अतिशयोक्तिको लेश नै, त्यसमा थियो केवल यथार्थ धरातलको सही मूल्याङ्कन । कसलाई लाग्दैन थियो– दैवज्ञ अत्यन्त राम्रा थिए, मीठो बोल्थे, राम्रा कविता लेख्थे, मीठो स्वरमा सुनाएर श्रोतालाई मुग्ध पार्थे । कविता–कौशलका धनी थिए, कला र गलाका पारखी थिए ।
उहाँको आरोग्यको कामना गर्दै तीनकुने, गैरीगाउँ, सुन्दरबस्तीस्थित उहाँकै निवासमा २०६६ साल असोज ३० गते त्रिचालिसौं कोकगोष्ठी सम्पन्न भएको थियो । १८ जना कविद्वारा कविता श्रवण गराइएको त्यस गोष्ठीमा मैले “त्वदीयं कीर्ति दैवज्ञ” शीर्षकको कविता पाठ गरेको थिएँ । राम्राका विषयमा त्यस कवितामा लेखेको थिएँ–
कला राम्रो गला राम्रो, राम्रो छ अझ सिर्जना
स्रष्टाको रूप त्यस्तै छ, राम्राकै हुन्छ अर्चना ।
त्यहाँ वाचित कवितासहित अरू थुप्रै कविका दैवज्ञ दाजुसम्बद्ध कवितात्मक आरोग्यकामनाहरू समावेश गरी कवि प्रह्लाद पोख्रेलको सम्पादकत्वमा “दैवज्ञः पद्यध्वनि” (२०६६) नामक पुस्तक प्रकाशित भएको छ । उहाँले विविध विधा र फाँटमा कलम चलाएर नेपाली साहित्यको भण्डार भर्नु भएको छ, बहुमुखी प्रतिभाको विशिष्ट परिचय दिनु भएको छ । उहाँका वार्णिक छन्दमा रचित अत्यन्त सुललित कविता, कविता–सङग्रह, काव्य तथा खण्डकाव्यहरू, गेयात्मक लयदार गीत र गीतिकविता–सङ्ग्रहहरू, गुणराज उपाध्यायका खण्डकाव्य र भारती खरेलका नाटकमाथि गरिएका समीक्षात्मक सग्ला कृतिका अतिरिक्त विभिन्न साहितयकारका कृतिहरूको यथार्थपरक मूल्याङ्कन गरिएका समालोचनात्मक लेखहरूका साथै कथा र निबन्धका फाँटमा पनि उहाँको कलम दगुरेको थियो । उहाँले साहित्यिक पत्र–पत्रिकाहरूमा आबद्ध भएर सम्पादकीय कुशलता प्रदर्शन गर्नु भएको थियो भने अन्य स्रष्टाका सिर्जनात्मक कृतिमाथि विवेचनात्मक भूमिका लेखेर दक्ष–भूमिका लेखकको भूमिका पनि निर्वाह गर्नु भएको थियो । सिर्जनाको बहुआयामिक फाँटमा सबै विधामा अब्बल देखिए पनि विशेषतः छन्दोबद्ध कविता, गीतिकविता र बालसाहित्यको क्षेत्रमा उहाँलाई सिद्धि प्राप्त भएको छ ।
सहृदयीपन, सरल व्यवहार र सुमधुर गलाले उहाँलाई सबैको प्रिय बनायो । आकर्षक व्यक्तित्व र प्राध्यापन शैलीको प्रभावकारिता एक अर्काका पूरकजस्ता थिए । उहाँको प्राध्यापकीय र साहित्यिक दुबै क्षेत्रमा समान वर्चस्व थियो । उहाँका कोमल सिर्जनाले जनजनका हृदय छुन्छन्, मन–मस्तिष्क हुँडल्छन् । “लेख, लेखिरहू” भनेर सधैँ घच्घच्याइरहने दैवज्ञ दाजुले २०४१ सालमा छापिएको मेरो तीर्थकाव्य “हलेसी” मा भूमिका लेखेर मलाई निक्कै पुफर्क्याउनु भयो । उहाँका पुस्तक प्रकाशित हुनासाथ मैले पाइहाल्थेँ । “जोर मुरली” (कविता सङ्ग्रह–२०४६) मलाई दिँदा दाजुले लेख्नु भएको रहेछ– “भाइ राधेश्याम भट्टराईलाई सस्नेह दैवज्ञराज न्यौपाने ०४६/७/५ ।” मैले श्रद्धापूर्वक दुईचार पल्ट पढें हुँला त्यतिखेरै । अहिले “जोर मुरली” का ती महान् शिल्पीको अभावमा त्यही मुरली बजाउन मन लाग्यो । मन जोर मुरलीका प्वाल (पाना) मा औँला राखेर–छामेर कतै मुरलीको धुनसँगै महकिन खोज्छ, कतै बहकिन खोज्छ । मलाई सबै सुरताल (व्याख्या–विश्लेषण) आउँदैन । सुरताल विनाको राग अलाप्न खोजेजस्तै होला । जे भए पनि मैले समाएँ जोर मुरली ।
शार्दूलविव्रफीडित छन्दमा रचित “समर्पण” कविताले सुसेलेको जोर मुरलीको स्वरलहरीमा लहरिँदै–लहरिँदै जाँदा गीति छन्दको “बाडुली” मा पुगेपछि मनको ढोका खुलेजस्तो लाग्छ, मनको बाँसुरीमा स्वर फर्केजस्तो लाग्छ अनि लाग्छ अँधेरीमा सिर्जनाको ज्योति बलेजस्तो । कसरी केलाउँफ म “समर्पण” र “बाडुली” बीचको अन्तरसम्बन्ध ? “समर्पण” ले “बाडुली” रोजेको हो कि “बाडुली” ले “समर्पण” खोजेको ? बाँसुरीमा स्वर फर्केजस्तै “जोर मुरली” का स्वरलाई पनि फर्काएर सुनौं न कलापक्ष, भावपक्ष तथा सौन्दर्य चेतनाका दृष्टिले अत्यन्त उत्कृष्ट रहेका कविताका स्वरहरू । तर मेरो ध्याउन्न चाहिँ समीक्षात्मक दृष्टिकोणभन्दा कविताका शीर्षक मात्र उल्लेख गर्नेतिर केन्द्रित छ ।
अब “जोर मुरली” कविता–सङ्ग्रहमा सङ्गृहीत कविताका नाउँ काढ्दै जाऊँ । यहाँ धर्तीमा नवचेतना दिने “ज्योतिष्मती” को खोजी छ भने जीवनका अनन्त रचना नेपाल नामको मन्दिरमा अर्पेपछि पूर्ण हुन्छ– “सङ्कल्प आफ्नै उत्साहको ।” “कविताको खोजीमा” प्रणयका मुरली गुञ्जिएका छन् । “वैशाख” को कोइलीले काफल पाकेको सन्देश सुनाएर उन्मादको वर्षा गर्छ । अमर–रचना बनेर आउँछिन्– “शरद–बाला ।” “आषाढ” ले महाकवि कालिदास रचित “मेघदूत”ं को झझल्को दिन्छ । मान्छे सफल असफल दुबैको नमुना हो– “कहाँ जान्छ यो जिन्दगानी ?” आपूफलाई चिन्न सके देश नै स्वर्ग हो, मान्छे आपैँफ देवता हो “आपैँफभित्र आपूफलाई नियाल्दा ।” “युवा” शक्ति र पूर्णताको प्रतीक हो । सरल स्वभाव र निश्छलपनका कारण “बालकहरूसित” सुन्दर भविष्य रच्ने सक्कलीपन छ । कला र संस्कृतिका लाखौं फाँट उघारेर मन्त्रबीज बन्ने आह्वान छ “कवि र कविताको ।” अर्काको सौन्दर्यमा लोभिएर काँडामा पनि मुस्कुराउने पूफल कोपिलामै किन टिप्ने ? सुन्दर मूर्ति मैलो किन पार्ने ? आफ्नो भागमा चित्त नबुझाएर “मै भाग कस्को झिकूँ ?” । सहज सुखको शिल्प बोल्ने कहानी छ “चौतारी ।” आफ्नो धर्तीमा अमर रहने सौरभ छर्ने “युवा आकाङ्क्षा ।” वास्तवमा “मनभन्दा राम्रो के छ ?” केही छैन । यो देशमाथि उठाउने आह्वान छ “उठ हे ! उठ तन्नेरी !! मा । दुई दिनको जिन्दगी खाली घाम–छाया हो “जिन्दगी त यस्तै न हो ।” ढोका टाल्न नसकेपछि, भोटो पेफर्न नसकेपछि पुसको स्याँठ चल्दा “मन हुन्छ हतास ।” सुख–दुःख दुबै अवस्थालाई भिजाउने “आँसु–जल” भन्दा चोखो गङ्गाजल छँदै छैन । एकै झल्को हेराइमा आँखा गडेपछि “किन बज्दैन मनको तार ?” । तिम्रो बाडुली र मेरो सपनीको साटासाटपछि “पठाउँफ के अरू पनि ?” । “चेलीको लाज” ले सम्झाउँछ– सबैलाई यस्तै हो सोह्र–सत्रमा । पिरतीको गाग्रोमा नरित्तिने पानी भर्न आएकी “रूपारानी” आज कता गइन् ? जवानी चढेपछि उन्माद पनि चढ्दछ, त्यसबेला भनिरहनु पर्दैन “कल्ले चोर्यो मेरो मन ?” छोडी जाने मायालु सम्झी आँसुसँगै “आँखै बगेछन् ।” पानी न बगी जलनको ताप मेटिँदैन, त्यसैले त “आँखा बन्छन् पानी” । आफ्नू प्रिय टाढा हुँदैन, ऊ “देवता” हो आफ्नै हृदयभित्र हुन्छ । रङ्गसँग रङ्ग मिलाएर खुल्नुपर्छ सिर्जनाको “इन्द्र–धनु” । सबै देखिन्छ मनको दियो बाली “पर्खंदैछु खालि” । अत्यन्त मन परेकोसँग छुट्टिनु पर्दा “मन कतै छोडिने” नै भयो ।
यसरी कविताका शीर्षकहरू उच्चारण गरिसकेपछि नमुनास्वरूप केही कवितांश उद्धृत गर्न मन लाग्यो ।
बन्दैछ नौलो दिन बार–बार
म विश्व मेरै श्रमले तयार
मभित्र लाखौँ बल दाजु–भाइ
समाज मेरै म समाजलाई ।
+
म तिर्खा तृप्तिका निम्ति सृष्टिका निम्ति सिर्जना
म माटो मुटुका निम्ति राष्ट्रका निम्ति जीवन
+
माटो बोल्छ बने मान्छे, माटो मर्छ बने पशु
नेपाली घरको मान्छे, म नेपाल बनी बसँू ।
+
आज हाम्रो प्रतिज्ञा छ तिमी मन्त्र बनी बस
यो राष्ट्र काव्य हो तिम्रो तिमी काव्य बनी बस
+
३. भानिज दाजु दैवज्ञराज न्यौपानेः
दैवज्ञराज न्यौपाने मेरो भानिज दाजु, माथि लेखिसकेँ मैले । यसलाई स्पष्ट पार्नु पनि आवश्यक छ । लहरो तान्दा पहरो गर्जिएको नठानियोस् । अलिकति पुर्ख्यौलीतिर फर्कनैपर्छ । पुर्ख्यौली इतिहास कोट्याउँदामात्र नाता–सम्बन्ध खुट्याउन सजिलो हुनेरहेछ । उहाँ मेरा भानिज दाजु, म मातृकुलतिरको भाइ । तर कस्तो ? छर्लङ्ग पार्न भट्टराईवंशको उल्लेख गर्नै पर्ने भयो । झट्ट हेर्दा भट्टराईको वंशावली पो हो कि ? भन्ने पनि लाग्ला । त्यस्तो आरोप आइलागे पनि मैले चुपचाप सहनैपर्छ । तर विनम्रतापूर्वक म के अनुरोध गर्दछु भने यहाँ भट्टराईहरूको मात्र वंशावली हुने छैन । यहाँ अलिकति पोखरेलहरूको र अलिकति न्यौपानेहरूको पनि वंशावली आउने छ । तापनि सबैको केन्द्रीय मियोचाहिँ भट्टराईकै हुनेछ । सोझै भन्नुपर्दा दैवज्ञ दाजुकी आमा उमादेवीका माइती कुभिन्डेली पोखरेल हुन् । त्यसैले म दैवज्ञ दाजुको बूढा मावलीतिरको भाइ परेँ । हाम्रो नाता–सम्बन्धलाई अझ फराकिलो रूपमा चिनाउन मैले वंशावलीको सहारा नलिई सुख पाइन ।

जीवनका रमाइला ९० वसन्तसँग खेलिसक्दा पनि शारीरिक रूपमा स्वस्थ र हृष्टपुष्ट देखिने स्वनामधन्य विद्वान् पण्डित खगेश्वर उपाध्याय न्यौपाने मेरो भानिज हजुरबा पर्नुहुन्छ । उहाँको मावल आउने घर हाम्रै घर हो, हामी उहाँका मावली हौं । उहाँ हाम्रो कुलको सबभन्दा माथिल्लो पुस्ताको पूजनीय व्यक्तित्व हुनुहुन्छ, श्रद्धा र आस्थाको धरोहर हुनुहुन्छ । उहाँ मेरा प्रपितामह रामनाथ भट्टराईभन्दा पनि तीन पुस्तामाथिका मेरा पितृ–पुर्खाहरू पुष्पलाल, राजीवलोचन र माधवलाई तर्पण–पिण्डदान दिँदै हुनुहुन्छ–मातामह, प्रमातामह, बृद्धप्रमातामहका रूपमा । पण्डित हजुरबा, (पं.खगेश्वर) पुष्पलालकी कान्छी छोरी पद्मकुमारी र पं.पद्मलाल न्यौपानेका पुत्ररत्न हुनुहुन्छ । उहाँका सुपुत्र हुनुहुन्छ प्रा.कविराज न्यौपाने ।
यसै परिप्रेक्ष्यमा पुर्ख्यौली जरो समात्नु पर्दा माधवलाई नै समात्न उचित ठहर्याएँ । हाम्रा गौरवशाली पुर्खा माधवकै बेलो समातेर पुर्खाको नालीबेली पर्गेल्दै जाने निधो गरेँ । लामीडाँडे भट्टराई माधव र तिलोत्तमाका सन्तानका रूपमा राजीवलोचन र नन्दलाल दुई छोराको जन्म भयो । राजीवलोचन र लीलावतीका तारानिधि, शिवदत्त, पुष्पलाल र लच्छिमापति नामका चार भाइ छोरा र एक छोरी भइन् । छोरी महादेवीको विवाह ओखलढुङ्गाको सतलुङका षडानन्द सुवेदीसँग भएको थियो । पुष्पलाल र ललितादेवीको कोखलाई धन्य तुल्याउँदै चार भाइ छोरा र सात बहिनी छोरीहरूको आगमन भयो । तिनमा रामनाथ, तारानाथ, बद्रीनाथ र दीननाथ नामका चार भाइ छोरा थिए । सात बहिनी छोरीहरूमा जेठी छोरी रेणुकाको विवाह सल्लेली पौडेल जीवनाथसँग, माहिली नन्दादेवीको जरायोटारका खनालसँग, साहिली आदित्यमायाको सल्लेरी पौडेलसँग, काँइली छोरी इन्द्रछायादेवीको चार्खुले पोखरेल यदुनाथसँग, ठाँइली छोरी चम्पादेवीको गोगनेका न्यौपाने देवीप्रसादसँग, अन्तरी छोरी पवित्रादेवीको हर्कपुरे खतिवडासँग र कान्छी छोरी पद्मकुमारीको गोगनेका न्यौपाने पं.पद्मलालसँग भएको थियो ।
ज्योतिषी रामनाथ भट्टराई र इन्द्रछायाका चार बहिनी छोरी र दुई भाइ छोरा जन्मेका थिए । जेठी छोरी कृष्णमायाको विवाह खार्पाली पोखरेल खरिदार बालकृष्णसँग, माहिली छोरी विष्णुमायाको चार्खुले पोखरेल देवीप्रसादसँग, साहिली छोरी बछलादेवीको कुभिन्डेली पोखरेल गणेशप्रसादसँग र कान्छी छोरी अम्बिकादेवीको कुभिन्डेली पोखरेल कोते सुवेदार चूडामणिसँग सम्पन्न भएको थियो । कस्तो अनौठो संयोग ! रामनाथका सबै छोरीहरू मात्र पोखरेल परिवारमा परेका थिएनन्, दुइटै बुहारीहरू पनि पोखरेल परिवारबाटै भित्रिएका थिए । जेठा छोरा डिल्लीकेशरको विवाह खार्पाली पोखरेल मुक्तिनाथकी छोरी प्रेमकुमारीसँग भएको थियो भने कान्छा छोरा मुक्तिनाथको विवाह पनि खार्पाली पोखरेल प्रेमलालकी छोरी पुष्पमायासँग भएको थियो । दैवज्ञ दाजुकी मावलतर्पफकी हजुरआमा अम्बिकादेवी पोखरेल मेरी बूढी पुफपू हुनु भएकाले दैवज्ञ मेरा भान्दाजु हुनुभएको हो ।
तीन घण्टाको पैदलमार्ग छिचोलेपछि लामीडाँडाबाट खार्पा हुँदै कुभिन्डे पुगिन्छ । मूलतः ब्रह्मस्थलका रूपमा रहेका यी गाउँहरू भौगोलिक हिसावले मात्र टाँसिएका छैनन्, बिहेबारी, नातागोता र पारस्परिक सम्बन्धका दृष्टिले पनि निकै गाँसिएका छन् । त्यही अन्तरसम्बन्धका कारण लामीडाँडे भट्टराई, खार्पाली पोखरेल र कुभिन्डेली पोखरेलहरूका लागि लामीडाँडा, खार्पा र कुभिन्डे पानी–पँधेरोजस्तै थिए । दैवज्ञ दाजु आफ्नो घर गोगनेबाट मावल (कुभिन्डे) गएका बेला बूढो मावल (लामीडाँडा) पनि जानुहुन्थ्यो । प्राध्यापन पेसामा आबद्ध भएपछि पनि काम विशेषले खोटाङ–भोजपुरतिर जाँदा भरसक मावलीहरूसँग भेट नगरी बाटो काट्नु हुन्नथ्यो । मेरा पिताजी दाजुलाई औधी मन पराउनुहुन्थ्यो । उहाँको लेखकीय व्यक्तित्व र कार्यकुशलतासँग परिचित भएर नै भन्नुहुन्थ्यो–मान्छे हुनु त दैवज्ञ भानिजजस्तो पो झ्
आजीविकाको क्रममा दैवज्ञ दाजु र म काठमाडौंका वासिन्दा हुन पुग्यौं । विद्यार्थी जीवनदेखिकै मेरा अभिभावकसँगको सम्पर्क झन्झन् प्रगाढ हुँदै गयो । एकदिन दैवज्ञ दाजुले बडो रमाइलो ख्यालठट्टा गर्नुभयो– म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा छ भाइ झ् मेरा हजुबाभन्दा मेरा बा जेठा हुनुहुन्छ, मेरी आमाभन्दा मेरा दाजु जेठा हुनुहुन्छ । तिमीले यो कुरा बुझिराख्नू । म छक्क परेँ । त्यस्तो अचम्मको कुरा मैले कसरी बुझने ? दाजुतिरै जिज्ञासा राखेँ– मैले त केही बुझनै सकिन दाजु ? सुन, मेरा पिताजीभन्दा मेरा मावली हजुरबा चूडामणि पोख्रेल कान्छा, मेरा जेठा दाजु जयप्रसादभन्दा मेरी आमा कान्छी हुनुहुन्छ । छक्क पर्ने कुरै छैन भाइ ! रहस्य खोतल्नु भयो यसरी । ख्यालठट्टाजस्तो लाग्ने भए पनि उहाँको भनाइमा वास्तविकता लुकेको रहेछ । ठुलीआमा विष्णुमाया न्यौपाने दुई छोरा जयप्रसाद र केशवानन्दलाई हुर्काई बढाई ठुलो पारेर यस धर्तीबाट बिदा हुनुभएपछि पिताजी दोस्रो विवाह गर्न बाध्य हुनुभयो । भावीको तारतम्य जस्तो थियो, त्यस्तै भयो । पुफपू, बूढी पुफपू भन्ने हाम्रो चलन छैन । हामी दिदी, पुफपू, बूढी पुफपू तीन पुस्तालाई नै “दिदी” भन्छौं । दैवज्ञ दाजुकी आमालाई पनि, मावलीकी हजुरआमालाई पनि दिदी नै भन्थ्यौं ।
मैले दिदीको घर कुभिन्डेमा भिनाजुले बङ्गाली भाषाको पुस्तक पढेको देखेको थिएँ । रामायण पढेको भन्नुहुन्थ्यो । लिपि बङ्गाली नै थियो क्यारे । म चिन्दिन थेँ । भिनाजु बङ्गाली भाषाको पनि ज्ञाता हुनुहुँदोरहेछ । पछि थाहा पाएँ– बङ्गाली भाषाका प्रख्यात साहित्यकार कृत्तिवासाको रामायण रहेछ त्यो । म हाम्रा जिजुबाजे रामनाथ भट्टराई नै केन्द्रीय धुरीमा राखेर उहाँका शाखा–सन्तानहरूको उन्नति–प्रगतिमा मख्ख पर्दछु, गर्व गर्दछु । अहिलेको सन्दर्भ ख्यातिप्राप्त साहित्यकार लोकप्रिय कवि प्रा.दैवज्ञराज न्यौपानेको भएकाले मूलतः प्राज्ञिक–साहित्यिक क्षेत्रमा लागिपरेका आनुवंशिक व्यक्तित्वहरूप्रति मात्र केन्द्रित रहनु पर्ने बाध्यता छ मसँग । समाजसेवा र राजनीतिमा संलग्न रहेर पनि पशु अधिकारको वकालत गर्ने “पशुवध नगरौँ” (काव्य, २०१५) का लेखक ज्योतिष विद्यामा निष्णात पं.देवीप्रसाद भट्टराई रामनाथका नाति हुनुहुन्छ भने अब चर्चा गरिनेहरू सबै पनातिपुस्ताका खम्बा रहेको प्रष्ट पार्दछु ।
खेमरञ्जन भट्टराई नेपाली र संस्कृत भाषामा कविता लेख्छन् । सरकारी सेवामा रही राष्ट्रिय सभाको सचिवसम्म बनेको यो लेखक पनि साहित्य सिर्जनामा सक्रिय छ । पोखरेलद्वय ताराकृष्ण र बलरामले पनि कविता लेखेको देखिन्छ । प्राध्यापन क्षेत्रलाई जीविकाको माध्यम बनाउँदै नेपाली भाषा साहित्यमा विशिष्ट योगदान दिने वरिष्ठ कवि तथा समालोचक प्रा.दैवज्ञराज न्यौपानेका भाइहरू डा.केदार न्यौपाने र प्रा.महेश्वर न्यौपानेले पनि दाजुकै अनुसरण गरेर प्राध्यापन क्षेत्रलाई अँगाले, साहित्य लेखनलाई समाले । त्यस घरमा भित्रिने बुहारी समेत दक्ष र कुशल छन् भन्ने कुरा भाउजू सुधाको साहित्यिक र प्रशासकीय व्यक्तित्वले पुष्टि गर्छ । सरकारी सेवामा रहेर प्रशासकीय परिचय समेत दिइरहेका प्रह्लाद पोख्रेल वर्तमान समयका चर्चित कवि हुन् । उनी पनि दैवज्ञ दाजुकै अनुयायी बनेर प्राध्यापन पनि गर्दै छन्, लेखन कार्यलाई तीव्रता पनि दिँदै छन् । प्राध्यापन पेसामै रहेका डा.रामचन्द्र भट्टराईको लेखन वित्तीय क्षेत्रसँग सम्बद्ध छ । हाल अमेरिकालाई आफ्नो कर्मस्थल बनाएका पेशल पोख्रेलले २०४३ सालको कविता–महोत्सवमा प्रथम स्थान प्राप्त गरेर कुलको गौरव बढाए ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्ने कविता–महोत्सवमा कहिले को, कहिले को गरी बाह्र पटकसम्म पुरस्कृत भएर रामनाथका पनातिहरूले कविता लेखनको क्षेत्रमा प्रतिष्ठापूर्ण स्थान ओगटेको प्रज्ञा प्रतिष्ठानको इतिहासमा अङ्कित छ । २०२८ सालको कविता–महोत्सवमा पुरस्कृत भएर दाजु दैवज्ञराज न्यौपानेले उद्घाटन गरेको वाग्देवीको मन्दिर (प्रज्ञा प्रतिष्ठान) बाट उहाँका भाइहरू केदार न्यौपाने, महेश्वर न्यौपाने, राधेश्याम भट्टराई, प्रह्लाद पोख्रेल र पेश पोख्रेलले पनि पुरस्कृत हुने सौभाग्य प्राप्त गरे ।
प्रसङ्गवश यहाँ पोखरेल, न्यौपाने र भट्टराईवंशका लहरा तानिए । ती लहरा आ–आफ्नै कुलका गौरवगाथा थिए, प्रतिष्ठा र पहिचानका अजस्रस्रोत थिए । त्यसैले भट्टराईको लहरो तान्दै जाँदा न्यौपानेको लहरो तानियो । अनि पोखरेलको लहरो तान्दै जाँदा न्यौपानेकै लहरो पाइयो । वास्तवमा जे चाहिएको थियो त्यही पाइयो, दैवज्ञ दाजुसँगको साइनो केलाइयो ।
दैवज्ञ दाजुको व्यक्तित्व र कृतित्वको समग्र अध्ययन गर्ने मेरो उद्देश्य होइन । यस संस्मरणात्मक लेखमा त्यो सम्भव पनि छैन । उहाँको महाप्रस्थानबाट राष्ट्रले एउटा वरिष्ठ साहित्यकार, परिवारजनले असल अभिभावक र मित्रहरूले हितैषी मित्र गुमाउनु परेको छ, अपूरणीय क्षति बेहोर्नु परेको छ । त्यसैले “जोर मुरली” कै चार हरफ कविता सापट लिएर उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ः–
भेटी होस् मनको ममत्व महिमा सद्भाव श्रद्धाञ्जलि
बाणीमा म गरीबका नसकिने तिम्रो प्रशंसा गरी
के गाएर म गाइसक्छु र ? कतै सानन्द तिम्रा स्वर
मेरो कोसिस मात्र हुन्छ यसमा आशीष तिम्रो भर ।
२०६९ साउन २२
रावा लामीडाँडा, खोटाङ