कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

श्रद्धासुमन : कवि दैवज्ञराज न्यौपानेप्रति

वन्दना कोइराला

२०६८ पौष २ गते राति घरबाट फोन आयो । मामुले के कसो छ नानी भन्दै ल मानसिक रूपले दह्रो बन, दैवज्ञ ज्वाईँ अब रहनु भएन भन्नु भयो । मेरो दिमागमा झड्का लाग्यो । उहाँकै स्मृतिले मस्तिष्कलाई रिँगायो । साँच्चै उहाँ हामीबीच रहनु भएन त ? पत्याउन नै गाह्रो भयो तर नपत्याई नहुने रहेछ, जन्मनेले मर्नु पर्ने शाश्वत तथ्य यक्ष र युधिष्ठिरकै संवादले सिकाएथ्यो, हो रहेछ । यस्तै मनोवादमा घन्टौं समय बिताएँ । सौरभ के कसरी काममा बस्ला ? दिदीको पेफरिएको पोसाक कसरी हेर्ने ? भूषण, उज्ज्वल, अर्चना सबै बाहिर छन् । दागबत्ती कान्छाले नै दिने भएछ । लौ... उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु भनी जानेको श्लोक मनमनै वाचन गरेँ । भावविभोर बनँे, आँखा रसाएर पनि सुके... । के मेरो मन निष्ठुर भयो वा परदेसिएको ज्यानले मन पनि परदेशी बनायो ? या त परिवारसँग बिछोड भएपछि दुःखका आँसु साटासाट गर्न पनि आफन्त नै चाहिने रहेछ ? मैले थाहा पाइराखेकी छैन ।

एक दिन मलाई श्रीमती पुनम काफ्ले (अन्तर्राष्ट्रिय साहित्यिक समाज न्यूयोर्क च्याप्टरकी वर्तमान अध्यक्ष) ले भीमनिधि तिवारीज्यूको सतवार्षिकी समारोहमा आउन भन्नुभयो । मैले भनेँ— हुन्छ दिदी, साहित्यकार दैवज्ञराज न्यौपानेज्यू अब हामीबीच रहनु भएन के गर्ने ? भन्दा सोही दिन श्रद्धाञ्जलि अर्पण गरौँ न भन्ने कुरा भो । सोही संस्थाकी केन्द्रीय महासचिव गीता खत्री, साहित्यकारहरू ज्योति पौडेल, विनोद रोका, कमला प्रसाईँ, धनीराम सापकोटा आदिले मन्तव्य राख्नुभयो । मैले पनि राख्न पाएँ । पहिला थाती राखेका आँसु यति बेला झरे । विकास विष्टले उहाँको फोटो सिर्जनाका यात्राका लागि साँच्नु भयो । सानो भए पनि साहित्यकारद्वय भीमनिधि तिवारी र दैवज्ञराज न्यौपानेज्यूमा श्रद्धा सुमन पोख्न पाउँदा त्यो दिनको सार्थकता महसुस भयो । आदिकवि भानुभक्त आचार्यका पनाति श्री ज्ञानचन्द्र आचार्य यू.एन. मिसन नेपालका लागि राजदूत हुनुहुन्थ्यो । उहाँका अभिव्यक्तिले पनि कवि न्यौपानेको अभाव देशमा खट्किने जनायो । हस्याङ् फस्याङ्को अमेरिकी व्यस्ततालाई मध्यनजर गरी समयको मितव्ययिता गर्दै गरिएको कार्यक्रम गुणात्मक रूपमा उत्कृष्ट थियो । छोटो समयमा उहाँहरूले साहित्यकारद्वयको श्रद्धासुमन कार्यक्रम समायोजन गर्न सक्नुभयो । त्यसको प्रशंसा नगरी रहन सक्दिन ।

कवि दैवज्ञराज न्यौपाने मेरो बाबाको मिल्ने साथीमध्ये एक हुनुहुन्थ्यो । म सानैदेखि उहाँ, उहाँका भाइहरू केदार र महेश्वर न्यौपाने अनि भतिज कविराजसँग परिचित थिएँ । उहाँहरूले म बामे सरेको बेलादेखिकै कुरा गर्नुहुन्थ्यो । मलाई भने २०३१ सालदेखिको सम्झना हुन्छ । म चार कक्षामा मार्टियस मेमोरियल बोर्डिङ्ग स्कूलमा पढ्दथेँ । महेन्द्र माला नेपाली पुस्तकको पाठ्यक्रममा रामशाहको न्याय कविता थियो । साथीहरूलाई छाती पुफलाएर भन्थेँ– यो कविता लेख्ने मान्छे मेरो बाबाको साथी हो । मैले देखेकी छु । साथीहरू भन्थे– अँ होला... ? किन होइन... यस्तै यस्तै । ती कविताका हरफहरू अहिले पनि गुनगुनाउन मन लाग्छ ः–

थिए योग्य राजा बडा राम शाह
सबै भन्दथे छैन केही अथाह
सबै मित्र ठानेर गोर्खा कजाई
सधैँ स्नेहले राज्य गर्थे रमाई...।

एउटा अविस्मरणीय घटना छ । आफ्नो हुस्सुपनको पर्दाफास हुने । सन्दर्भ उहाँसँग जोडिएकाले नलेखी रहन सकिन । मेरो उमेर १० वर्षको मात्र हुँदा पाठक सबैले माफी गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु । २०३५ साल बैशाखको सुरु हप्ताको कुरा हो । मेरो कान्छो भाइ रोशन १७ दिनको थियो । मेरो बाबाले विराटनगरमा घर बनाइराखेको कुरा सुनेर उहाँ भेट्न आउनु भएको रहेछ । उहाँले हाम्रो छिमेकीसँग— विपिन कोइरालाको घर कुन हो ? भनेर सोधेको सुनेँ । पुलुक्क हेरेँ । चिनेँ पनि । ए काका आउनु भा रहेछ । हामी त डेरामा बस्छौँ, आउनु न । सडकमा गाईको किलो सारी उहाँलाई लिएर डेरा गएँ । कहाँ राख्ने ? खाटभरि थाङ्ना थिए । एउटा खाटको थाङ्ना अर्कामा सारेँ र गुट्मुट्याएर राम्रो रुमालले छोपेँ । नाक र आँखा मात्र खुला राखेको बच्चा सुताएको होसै गरिन । च्याँ आवास आयो । लौन भाइ भनी खोतलेँ । थाङ्ना असरल्ल पिँफजिए । कविवर मुसुमुसु हाँस्नुभयो । मेरो जीवनमा एउटा ज्ञानको ढोका खुल्यो । यथार्थलाई लुकाउनु पर्ने के छ र ? हामी सबै आमाको फरियाको थाङ्नामा नै त हुर्केका हौँ नि । बच्चा भएको ठाउँमा थाङ्ना नभए के हुन्छ त ? ढुङ्गालाई माकुराले छोपिन्छ र ? रुमालले थाङ्ना छोप्दा झन्डै भाइको ज्यान गएन । सबैले माफ गरे पनि कान्छो भाइले के सोच्ला ? प्रायश्चित्तले पनि होला, मलाई भने ऊ नै बढी प्यारो लाग्छ । अनि भाइ बोकी ममी–बाबा बोलाउन गएँ । भाइलाई केही नभए पनि ग्लानि र डरले म काँपिराखेकी थिएँ ।

२०४५ सालदेखि उहाँलाई भिनाजु वा पुफपाजु भन्नुपर्‍यो । काका भन्दा भन्नै नआउने । बर्षौँपछि मात्र बानी परेथेँ । २०४६ सालमा भाइ सौरभराज न्यौपानलाई हेर्न मन लाग्थ्यो, जान्थेँ । उहाँसँग भेट भइरहन्थ्यो । उहाँको सम्पूर्ण घरपरिवारसँग कुटुम्बको नभएर स्वयं आफ्नै खलकभैँफको सम्बन्ध गाँसियो र यथावत् त्यही नै छ पनि ।

२०६३ सालमा म सातवर्षपछि अमेरिकाबाट नेपाल फर्किएकी थिएँ । उहाँलाई “स्ट्रोक” भएर टिचिङ हस्पिटल लगिएको रहेछ । भाग्यबस बाँच्नु भएको रहेछ । भूषण, उज्ज्वल र अर्चना देशबाहिर अध्ययनरत थिए । सौरभ सानै अनि विद्यार्थी, सुधा दिदीले नै धेरै कुर्नुभयो, सेवा गर्नुभयो । भतिज अभिशेक र भाइहरू यस्तै । केही गर्ने अवसर नै पाइएन । न्यौपाने परिवारको मातृत्व र पितृत्व भक्तिको पारिवारिक संस्कार लोभलाग्दो थियो । परिवारको महत्त्व नै यस्तै बेलामा थाहा हुने रहेछ । उहाँ घर फर्किनुभयो । खुशीले सबैका आँखामा प्रपुफल्लता झल्किन्थ्यो । हर्षका आँसुको सीमा रहेन । दुःखको पाटो पक्षाघातको समयमा खानपिन र शौचालयका निम्ति पनि कठिन थियो । काम गर्ने भाइ सन्तोषले धेरै सघायो । दिदीको अनुपस्थितिमा सौरभ र सन्तोषले नै गरेथे । आज टि.भि. मा देखेको, घरेलुमा काम गर्ने रहेछ, देखेर चिनेँ । कल्याण होस् उसको ।

२०६३ सालमा म नेपाल पेफरि फर्किएँ । मेरो “प्रफोजन सोल्डर” भएको थियो । वीर हस्पिटलमा कार्यरत दाजु दिवाकर कोइरालाले कविवरलाई दिनैपिच्छे आएर फिजियोथेरापी गराउनु हुँदोरहेछ । उहाँहरूले मलाई पनि त्यहीँ आउन भन्नुभयो । गएँ । दाजुको हातमा जादू नै रहेछ । भिनाजु पनि बिस्तारै हिँड्न र आफ्नो काम गर्न थाल्नु भएथ्यो । मेरो पनि धेरै ठिक बनाइ दिनुभयो । उहाँको स्वास्थ्यको सुधारले धेरै आशा पलाएथ्यो । बोलीमा सुधार । अक्षरमा सुधार आदि इत्यादि । चार महिनाको उपचारको क्रममा उहाँलाई धेरै नजिकबाट चिन्न पाएँ । साहित्यप्रतिको प्रेम, अथक परिश्रम र सिर्जनशील शक्ति देखेर आपूफ केवल खानका लागि मात्र बाँचेको रहेछु भन्ने लाग्यो । जीवनका औचित्य खोज्न अन्तरमुखी बनेँ । सङ्कल्प पनि छ, हेरौँ के गर्न सकिन्छ । एउटा काम दिमागमा पुफर्‍यो । आमाको कविता सङ्ग्रह निकाल्नु पर्‍यो । कविवरलाई पनि दुई शब्द लेख्न अनुरोध गर्छु । फलतः मौन आकाश प्रकाशित गरियो, उहाँका दुई शब्द पनि । अब गर्ने प्रकाशनमा यी शब्द नपाइने भयो । मन खिन्न हुन्छ ।

उहाँको बिछ्यौनाको छेउमा एउटा सानो टेबुल थियो । भतिजी कविताले समय समयमा खाना, पेय ल्याएर ठिक पार्थिन् । दिदीको सरकारी नोकरी थियो, छोड्नु व्यावहारिक थिएन । उहाँको अनुपस्थितिमा कविताले गरेको सेवाको कदर नगरी रहन सकिन । खाना भने आपैँफ खानु हुने । शौचालय पनि आपैँफ जाने, भित्तो समाएर ।

उहाँका वरिपरि चाङ्का चाङ साहित्यिक पुस्तकहरू थिए । नयाँ पुराना धेरै । उहाँका पाण्डुलिपि बिछ्यौनामा टुट्दै टुट्दैनथे । सधैँ लेख्ने गर्नुहुन्थ्यो । दिदी आएर त्यसको पुनर्लेखन गरिदिनु पर्ने । न बोली बुझिन्थ्यो, न त अक्षर नै । न त भावार्थक कुनै शब्द वा पर्यायवाची शब्दले चित्त बुझाउन सक्नु ? एक पेज पुनर्लेखनलाई नै दुई तीन घन्टा लाग्ने । उहाँको पक्षाघातपछि नै कसरी तीन तीन ओटा पुस्तक प्रकाशन गर्न सम्भव भयो ? म आश्चर्य चकित हुन्छु । यसरी पक्षाघातसँग लड्दा लड्दै गरेको उहाँको सिर्जना भावी पिँढीलाई प्रेरणा हुनेछ । अनि दिदीलाई अनुरोध गरेँ, डायरीमा लेख्न भन्नु न, ता कि पाण्डुलिपि सुरक्षित रहून् ।

कवि दैवज्ञराज न्यौपानेको सिर्जना विविध क्षेत्रमा थियो । विशेषतः बालकहरूका लागि अमूल्य कृति दिएर जानु भएको छ । सबै बाल कविताहरू रोचक छन् । कलिला उमेरका बच्चाबच्चीलाई भाषा सिकाउन सकिने सरल र सरस छन् । उहाँको कविता पढाउँदा बालकहरूको कल्पना शक्ति बढ्नेछ र सिर्जनात्मक अभ्यासमा लाग्नेछन् । पढ्ने भन्ने कुरा लब्धाङ्क लिनु मात्र होइन । एउटा रुचि, भोक र अभ्यास हो । जो कोही नेपाली अभिभावकले उहाँको कृतिको उपयोग गर्न सकेमा बालबालिकाको पढाइप्रतिको पूर्वाधार निर्माण गर्न सक्नेछन् । बालकमा कौतुहल जगाउने पाठ्यक्रमको कति महत्व रहेछ, अमेरिकाका हरेक पुस्तकालयमा राखिएका पुस्तकका ठेलीले मलाई अनुभूति गरायो ।

उहाँका सबै कृतिले नेपाली साहित्यलाई जीवन्त राखेका छन् । भाषाको मिठासलाई श्लोकबद्ध रूपमा ध्वनि दिएको छ । नेपालीको कण्ठ कण्ठबाट आएको प्रतिध्वनिले आफ्नै अनुपम स्थान ओगटेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र दैवज्ञराज न्यौपानेको श्लोक लयलाई अनुकरण गरी लेख्न सक्ने कला सायदै कम साहित्यकारमा होला भन्ने मलाई लाग्छ ।

मलाई सबभन्दा मन पर्ने उहाँको कविता किसान हो जसमा जीवनको प्राण राख्ने अनाज फलाउने किसानको इज्जत गर्नु भएको छ । पशुपन्छी, जङ्गली जनावर आदि चराचर जगत्को आहाराको उत्पादन गर्ने किसानको परिश्रमको उहाँ अत्यधिक प्रशंसक हुनुहुन्छ । सायद आपूफ पनि परिश्रमकै उपासक भएर होला । उहाँले लेख्नु भएको छ ः–

जलको पहिलो स्पर्श मट्टीमा हर्हराउँछ
मेरो अन्तरको स्वप्ना बाली भै लहराउँछ

म नौलो सपना देख्छु अन्न ऐश्वर्य ल्याउने
आपूफ बाँचेर धर्तीमा अर्कालाई बचाउने

श्रमको पसिना दाना दिव्य दाना फलाउँछ
वीजको एक मानाले लाखौँ लाख तुल्याउँछ ।

आज दुनियाँ पैसा र विना मेहनतको कमाइमा दौडिरहेको छ । श्रमको पसिनाको दानाले नै पेट भरिन्छ, मोतीका दानाले कदापि भरिन्न । विकासका विगुल पुफक्नेहरूले दिगो विकासका आधारशिला कृषकलाई उचित सम्मान, सहयोग र प्राथमिकता दिनु पर्दछ । अन्यथा सङ्कट कुनै बन्दुकका नाल र तोपको आवाजले टर्न सक्ने छैन । म उहाँको यस कविताको भावमा जति पनि डुब्न सकिराखेकी छु, नयाँ नयाँ विचारले कवितालाई आत्मसात् गर्छु । साहित्याकाशमा चुलिएको छ यो कविता । मेरो पाँच फिटे उचाइले छुन सक्दैन । मैले सुनेँ– उहाँको नाममा साहित्यिक प्रतिष्ठान खुलेको छ रे झ् यस प्रतिष्ठानले उहाँका अप्रकाशित कृतिहरू प्रकाशमा ल्याओस् ।

नेपाली बालबालिकाहरू अङ्ग्रेजी वा हिन्दी कार्टुन चित्र वा सिरियल हेर्दछन् । सबभन्दा पहिले त्यसलाई वृत्तचित्र वा कार्टुन चित्रको रूपमा पर्दामा ल्याओस् । उहाँका कृतिहरू हरेक बालबालिकाको हातमा रहोस् । नेपाली भाषाको जरुरत प्रवासमा रहेका नयाँ पिँढीमा झन् छ । त्यसैले सबैले उहाँका कृतिहरू पढ्न पाएमा बच्चाहरूमा नेपाली भाषाप्रतिको रुचि, माया, ममता सबै जीवन्त राख्नेछ ।

उहाँको व्यक्तित्वको बारेमा जति चर्चा गरे पनि पुग्ने छैन । एकजना दीर्घा दिदी हुनुहुन्छ । मेरो घरको तीनपुस्ते साथी । आमा, सुधा दिदी र मेरी पनि । मेरो बाबाले दिएको नाम तीनपुस्ते साथी । उहाँले भन्नु भएथ्यो दैवज्ञ सर साह्रै राम्रो मान्छे । भगवानले पुफर्सदमा कुँदी कुँदी बनाए जस्तो । हो उहाँका सबै छोराछोरीमा उहाँकै बनावट छ । सौरभ त दुरुस्तै लाग्छ मलाई । उहाँ व्यवहारमा दिन जान्ने, लिन नजान्ने भन्ने दिदीको गुनासो थियो । पूर्णरूपेण सकारात्मक सोच राख्नु हुने कविवर कसैले लाखाँै रुपियाँ वर्षौसम्म नदिँदा पनि केही नभन्ने रे । पण्डितको छोरो भएर होला अत्यन्त पूजा आजा गर्ने । उहाँसँग मिल्ने नै दिदीसँग विवाह भयो होला । पूजा आजाको दृष्टिकोण त मेरी हजुरआमासँग पूरै मेल खाने । हजुरआमा भन्नुहुन्थ्यो, – “जहिले पानी पर्छ त्यहिले घुम ओडौँला भन्थी सुधी, अब ज्वाइँकाँ नगरी सुखै छैन ...।” आज भोलि दिदी धेरै रूपान्तरित हुनु भएको छ । नेपाली उक्ति सबै सार्थक छन् भने यो किन नहुनु ।

त्रिभुवन विश्वविद्यालयमा उहाँले प्राध्यापन गर्नुहुन्थ्यो । उहाँका विद्यार्थीहरू मेरा साथी थिए । कोही मैले आदर गर्ने दिदीहरू पनि हुनुहुन्थ्यो । उषा अधिकारी र गायत्री दिदीले भन्नु भएथ्यो– वन्दना ! दैवज्ञ सरको व्यक्तित्वले कक्षालाई शान्त बनाएको हुन्छ । सङ्गीत भरिएका सुमधुर आवाजमा साहित्यको चर्चा गर्न थालेपछि त यस्तो लाग्छ, कक्षा सकिँदै नसकियोस् । कहिले काहीँ अन्तिम कक्षा छ भने त उहाँले थप समय पनि लिनुहुन्थ्यो । उहाँ घडी हेरेर प्राध्यापन गर्ने प्राध्यापक होइन । तेरी दिदी भाग्यमानी हो यस अर्थमा । मैले मन मन सम्भेँफ, भनुँ कि नभनुँ भनी, भनी हालेँ–“मेरी दिदी पनि आत्मस्वावलम्बी, अध्ययनशील र परिश्रमी हुनुहुन्छ । मैले सोचेँ– प्रेम र युद्धमा सबै ठिक हुन्छ भन्थे थप कुरो, ठिक के हो बेठिक के हो, त्यो मूल्याङ्कन पनि समयसापेक्ष फरकफरक हुन्छ । व्यक्तिव्यक्ति बीचको अनुभूति र पूर्वाग्रह, अहङ्कार र स्वार्थ त झनै हुन्छ । पछिल्ला दिनहरूमा कविवरका अधुरा काम पूरा गर्न उहाँकी धर्मपत्नीको हैसियतले दिदीले सुन्नुहोस्, सबैले सहयोग गर्न सके शुभकामना यही छ । उहाँमाथि सच्चा श्रद्धाञ्जलि पनि यही नै हुनेछ ।

सद्विचार, सदाचार र सहिष्णुताका धनी कवि न्यौपाने अत्यन्त सरल स्वभावका हुनुहुन्थ्यो । शान्त, शालीन, भद्र एवं प्रतिभाशाली । ज्ञानको भोको हुनुहुन्थ्यो । साहित्यिक साधनामा अनवरत रूपले लागिरहनुहुन्थ्यो । उहाँको अन्य साहित्यकारसँगको सम्बन्ध देख्दा अचम्मै लाग्छ । डा.वासुदेव त्रिपाठी र उहाँको सम्बन्ध “मह” जोडीको भैँफ थियो । त्यहाँ दक्षिणपन्थी वा प्रगतिशील लेखक समालोचकहरूको चिरा देखिन्नथ्यो । बरु एक प्रखर लेखक र प्रकाण्ड विद्वान् समालोचकको बीच हुनुपर्ने अन्तरसम्बन्धको नमुना नै थियो । साहित्यकार उदारवादी हुन् वा अनुदारवादी, दक्षिणपन्थी हुन् वा वामपन्थी उहाँको सबैसँग समदूरीको सम्बन्ध थियो । वास्तवमा दूरी नै थिएन । प्रगाढ मित्रता थियो । एकचोटि उहाँको संयोजकत्वमा भएको “प्रभात पेफरी” भन्ने साहित्यिक कार्यक्रममा देखेको झलकले पाएको अनुभूति हो यो । जो कोही जे पनि हुन सक्छ तर आपैँफमा दुर्गुण, दुराचारिता र नकारात्मक सोचाइ छन् भने कसरी अरूले सुगन्ध पाउँछ र ? त्यसैले मैले सोचँे– जोसँग जे छ त्यही प्रवाह गर्छ । सत्यवादी, आदर्शवादी व्यक्तिले मात्र आफ्नो वैचारिक कुण्डमा बुद्धि, विवेक, विचार, ज्ञान भर्न सक्दछन्, भावनाको तरेली खाली पानामा पोख्न सक्छन् । त्यो अमृत पान पाठकले गर्न सक्दछन् । राजनीतिमा भैँफ साहित्यकारको यो होडमा मलाई पुफर्सद छैन सबैको पढ्न । बरु दोहोर्‍याएर पनि कवि दैवज्ञराज न्यौपानेको पढ्न सकौँला । जहाँबाट ज्ञानको अमृत वर्षेको हुन्छ, यति भन्दै यो श्रद्धासुमन यहीँ टुङ्याउँछु ।

जून २४, २०१२

न्यू योर्क, संयुक्त राज्य अमेरिका