सम्झनाको दैलो उघारेर भाइ दैवज्ञलाई हेर्दा
पेफरि आज किन–किन भाइ दैवज्ञलाई अतीतको दैलोबाट चिहाउन मेरो चेतनाले अह्राइरहेको छ, मलाई । कवि दैवज्ञलाई भाइ भन्दा आफ्ना पाठकसामु उत्ताउलिन पुगियो कि जस्तो पनि लाग्छ । यो नाता पारिवारिक सम्बन्धले खटाएर नदिएको भए पनि हामीबीचको आत्मीयताले माया–मोह मिसाएर आपसमा सिर्जना गरिदिएको नाता हो । हामी दुई जनाबीच पहिलो भेट र चिनजान कहिले कहाँ भयो त्यो स्मृतिपटलमा सञ्चित छैन अहिले । अध्ययनकै क्रममा पूर्वको दिङ्लाबाट पश्चिमको दाङ हुँदै फनक्क फन्को मारेर काठमाडौंको गहिरो खाडलमा आपूफलाई बिसाउन आइपुगेका रहेछन् उनी । ओखलढुङ्गा जस्तो प्राकृतिक सौन्दर्यको भण्डारभित्रै अन्यन्तै रमणीय परिवेश अँगालेको रामपुरटारको मनमोहक वातावरणबीच पनि नअघाएर खै किन हो अनेकौं सपना र मनभरि चोट बोकेर पुफत्किँदै काठमाडौं (त्यति खेरको नेपाल) आइपुगेको एक्लो मान्छे म ।
तिथि–मिति सम्झना छैन । वाल्मीकि संस्कृत महाविद्यालय पुतलीसडकको एउटा कार्यक्रममा दैवज्ञजीको देशभक्तिले भरिएको भावुक र परिमार्जित कवि व्यक्तित्वप्रति मन्त्रमुग्धभैंफ भएर आकर्षित हुन पुगेको हुँ म । म मात्र होइन, उनको कविताको उचाइले थिचिएर सम्पूर्ण श्रोता लालायित हुन पुगेको अनुभव गरें मैले । श्रोताहरूले पनि लेखनाथ, माधव र डमरु बल्लभको बलियो उत्तराधिकारी भेट्टाए होलान् त्यहाँ ।
इच्छा र रुचि एउटा छ, तर गर्नु पर्दछ अर्कै– जीवनसँगै गाँसिएर आउने विडम्बना यस्तो पनि छ– यति सुन्दर कविता वाचन गर्ने दैवज्ञ न्यौपाने नेपाली एम.ए. भन्दा पहिले साहित्यका विद्यार्थी होइनन् रे । पहिले व्याकरण र स्नातकमा मीमांसा मूल विषय थियो अरे उनको । त्यसो त यस्तो विडम्बनामा दैवज्ञ मात्र अटाउन आइपुगेका अपवाद चाहिं होइनन् । लेखनाथ, सम, वी.पी., माधव आदि र पछिका त्रिपाठी लगायत यसभित्र पर्न आउँछन् । यिनीहरूको मूल विषय पनि साहित्य नै भइदिएको भए झन् सुनमा सुगन्धको परिकल्पना साकार पो हुने थियो कि ?
अध्ययनपछिको समय युवा जोस र देश बनाउने जाँगरकै धूनमा देशको निम्ति त्याग र समर्पणतिरै केन्द्रित हुन पुगेकाले मनभरि सेवाभाव बोकेर त्यतिखेरको दुर्गम लमजुङ कलेजलाई आफ्नो पहिलो कर्मथलो बनाउन पुगेँ । साढे छ वर्षजति कलेज सञ्चालन गरेर कृषि क्याम्पसको व्यवस्था मिलाई सरुवा भएर जनकपुरको रा.रा.ब. क्याम्पसमा समर्पित भएर सत्र–अठार वर्ष सेवा गरी लामो समयपछि नारीसेवाको मूल केन्द्र पद्मकन्या क्याम्पस वागबजारमै कार्यरत हुन पुनः काठमाडौं भित्रिन आइपुगेको हुँ ।
पहिलेदेखि नै यहीं बसेर यहाँको भेगियार हुने सौभाग्य दैवज्ञलाई प्राप्त थियो तापनि स्थायी बसोवासको निम्ति दलाल बेगर घर–जग्गा थाहा पाउन नसकिने, पेफरि दलालसँग किन्नै नसकिने यहाँको जटिल समस्यासँग दैवज्ञ भुक्तभोगी भएकाले हामी साथी–भाइहरूलाई ठुलो मद्दत हुने गर्दथ्यो । आफ्ना शुभचिन्तकहरूको सद्भाव र सहयोगमा निरन्तर जुट्न खोज्ने दैवज्ञ आपैंफँ एकाएक पक्षाघातजस्तो कठोर बिमारले थला परेपछि हामी शुभचिन्तकहरू चिन्तित हुन पुग्नु स्वाभाविक नै थियो । तसर्थ सान्त्वना सहयोगको निम्ति बारम्बार पुगिरहने गर्दथें म । मेरो एकजना भतिजा जीवनाथ पनि पक्षाघातबाट पीडित भएर योग र व्यायामले अहिले आपैंफ खान र हिँड्न सक्ने भएको सत्य घटना अगाडि उभ्याएर बारम्बार सान्त्वना र हौसला दिने गर्दथें म ।
दाइ झ् दिउँसो एक्लै हुने भएकाले मलाई समय काट्न धेरै कठिन हुन्छ । पुफर्सद मिलाएर आउँदा दाइका संस्मरणात्मक लेख, कविता र गीतहरू रोचक हुन्छन्, लिएर आउनू भन्थे उनी । शब्दचयनमा नै भाव सम्प्रेषण आश्रित हुने भएकाले शब्द हेर–पेफरको महत्त्वपूर्ण सुझाव पाउथें म । त्यहाँ पुगेपछि हामीलाई दिन बितेको पत्तै हुँदैनथ्यो । पछिपछि त झन् बोली नै पो बुझिन छोडियो उनको । अनि सुधा बहिनीको आगमनको प्रतीक्षामा बसेर अबेरसम्म पनि बस्न थालें म ।
पुफर्सद मिलाएर केही समयपछि अलिक ढिलो गरी पुग्छु त शारीरिक अवस्थामा धेरै पो सुधार भएछ दैवज्ञ भाइको । एकजना स्वास्थ्यकर्मी भाइको सहयोगले योग र व्यायाममार्पफत आपैंफँ उठेर समाइदिएपछि बिस्तार बिस्तार हिँड्न पो थालेछन् । साहै खुशी लाग्यो । राति अबेरसम्म बसेर घर आएँ म । तर दैवको बात कसले जान्ने ? अपशोच ! दैवज्ञ भाइसँगको मेरो अन्तिम भेट त त्यही पो रहेछ । यता भाइहरू र तोया भाइबाट झन्–झन् समर्थ हुँदै गएको खबर पाउँथें म ।
समय मिलाएर कविता गीतहरू लिएर सुनाउन जान्छु भन्दै थिएँ । त्यस दिन अन्तै जान हिँडेको थिएँ । बाटामा एकजना परिचितलाई भेटेँ । “दैवज्ञको मलामी गएर आएको” भने उनले । झसङ्ग भएँ । हैन कहाँ हुन्छ ? अस्ति मात्र त्रिपाठीजीकहाँ कान्छो भाइ महेश्वरसँग दिनभरि सँगै बसियो । “दाजु अब त अलि–अलि लेख–पढ पनि गर्न थाल्नु भएको छ” भन्नु भएको थियो, मैले भनें । त्यो उनको भनाइ पत्यार लागेन मलाई । तर के हुन्थ्यो झ् पेफरि मनले मानेन, त्यतैबाट सोभैफ दौडेर हुर्रिंदै आर्यघाट पुगें । चितामाथि स्नेही दैवज्ञ भाइका सुकोमल सग्ला दुइटा गोडा मात्र देख्न पाएँ मैले ।
भावुक मान्छे म । भावविभोर मनले चितालाई हात जोडेको देखेर होला प्रह्लाद पोख्रेल भाइले “जाऊँ दाइ” भनेपछि सत्तलतिर बस्न आयौं हामीहरू । निकैबेरको निस्तब्धतालाई छिचोल्दै सुस्त मनले बल्ल कसरी अपर्झट निधन हुन पुगेको हो ? बिमारी बारे सोध–खोज गर्न थालें । आपूफप्रति सदैव सदाशयतापूर्ण सद्भाव र ममता राख्ने आत्मीय शुभचिन्तकलाई यस धर्तीबाट सदा–सदाको लागि बिदा दिएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरी मनभरि निराशै निराशा बोकी फर्केर आएँ ।
रामपुरटार,ओखलढुङ्गा,
हाल : बानेश्वर, काठमाडौँ
न्यौपानेवंश–बत्ती चहक धपधपी दैवले नै निभायो
यस्तै साहित्यसेवी कविवर दिल नै स्वर्गवासी बनायो
थाम्नैलाई बिँडो यो नियतिकन छली आउनू दीप हाम्रा
अर्पें यी शब्दश्रद्धा गह–गह जल ली दिव्य दैवज्ञ हाम्रा ।