कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

स्मृतिमा बाँचिरहने कवि : दैवज्ञ

सरिता पाण्डेय (राधा)

नेपाली साहित्यका जीवन्त स्रष्टा कवि दैवज्ञराज न्यौपाने भोजपुर गोगनेको हरियाली, छाँगा–छहरा, खेतबारी, लेकबेंसी, उकाली–ओराली गर्दै, खेल्दै, पढ्दै हुर्केर उच्च शिक्षा हासिल गर्न दिङ्ला, दाङ हुँदै काठमाडौं आइपुग्नु भएको जानकारी त सबैलाई छँदैछ । तर पहाडमा आफ्नै तालमा आमा, बाबा, भाइ, बहिनी, दाजुहरूसँग आत्मीय मायामा रुमलिँदै बढ्नु र राजधानी आएर आफ्नै बुद्धि, मिहिनेत, धैर्यमा अडिग भएर युवा अवस्थाको पढाइ, बास, गाँस, कपासको समेत जोरजाम गर्दै एक उत्कृष्ट व्यक्ति भएर कवित्व हृदयले ओतप्रोत भै लोकप्रिय गुरु, मिलनसार सहयोगी सामाजिक व्यक्ति र राष्ट्रप्रेमी साहित्यकार भएर आफ्नो कीर्ति छोडी जाने व्यक्तित्व बिरलै हुन्छन् ।

कवि दैवज्ञराज न्यौपाने राष्ट्रपतिबाट सम्मानित हुने विशिष्ट स्रष्टा हुनुहुन्छ । यो गौरवगाथाले पनि उहाँ रोगबाट ग्रसित हुँदा समेत हौसिएर–“मैले अभैफ लेख्नु छ, समाज राष्ट्रमा उत्थान पुर्‍याउनु छ” भनेर कलम समात्न हर प्रयत्न गरिरहनुहुन्थ्यो । इष्टमित्र, बन्धुबान्धव, कवि, साहित्यकारहरूको जमघटमा खानपानमा विशेष निगरानी राख्ने, सादा जीवन उच्च विचारलाई आत्मसात् गर्दै रोगी, बिरामीको सेवामा जुट्न,े दूरदराजबाट आएका सर्वसाधारणलाई समेत सकेको सहयोग गरेर कतै जागिरमा अल्झाई दिएर अब गरी खाओ, पढ, सामाजिक भएर बाँच भन्ने सन्देश कविले छरेका छन् । नेपाली माटो मुछेर, नेपाली ढुङ्गा कुँदेर नेपाललाई साँच्चै सुन्दर बनाउने अठोट राष्ट्रिय भावनाले सिँचिएका उनका गीतका पङ्तिफहरूमा उजागर छन् । हिरा, मोती, चाँदी, सुन माटाका अगाडि केही होइनन् भन्ने मूल ध्येय गीतका रसमा डुब्नेले छर्लङ्गै बुझदछ ।

पाठ्यपुस्तकको “किसान” कविताले नागरिकले देशको कर्मठ किसानको भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन्छ । कवि स्रष्टाको मिहिनेत, कलमसँगको मितेरी साइनो अमूल्य र अथक योद्धाको वर्णन गर्न थोरै लेखबाट के सम्भव हुन्छ र ? धार्मिक, सामाजिक कार्यमा जताततै पुग्ने, पाहुनालाई आत्मीय सत्कार गर्दै महिनौं पाल्दासमेत उहाँ रत्तिभर विचलित हुनुहुन्नथ्यो । बिरामीलाई सेवा दिने व्यक्ति आपैँफ बिरामी परेर हलचल गर्न नसक्दा समेत उहाँ धैर्यवान् नै देखिनु हुन्थ्यो । विभिन्न थेरापीहरू, हर्दम औषधि, व्यायामले निकै लाभ पुर्‍याउँदै थियो । उहाँ मनका भावना पोख्न कलमसँग खेल्न खोजिरहनु हुन्थ्यो । पोहर साल दशैंमा टीका लगाएको चित्र ममा ताजै छ । आजादपन्छी बनेर विभिन्न कविगोष्ठी सभाहरूमा टुप्लुक्क पुगिरहने, ज्ञानगुनका रस बाँडिरहने व्यक्तिलाई कोठामै जकडिएर भएर बस्नु पर्दा परेको पीडा त छँदै थियो । तर २०६८ साल पौष २ गते नयाँ बानेश्वरको नागरिक अस्पतालमा देहत्यागेको क्षण सम्भिँफदा सपना भैँफ लागिरहन्छ । परमेश्वरको नियम टारेर टार्न नसकिने रहेछ । अस्पताल परिसरमा समाचार सुनेर आइपुगेका कवि, साहित्यकार, आफन्त, इष्टमित्र, छरछिमेकको ठुलो भिडलाई छिचोल्दै पशुपतिनाथको आर्यघाटमा रुवाबासीका साथ अन्त्येष्टिमा देखिएको आत्मीय भाव बोकेर सयौंँ व्यक्तिले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

विदेशबाट छोरी अर्चना टेलिफोनै पुफट्ने गरी बिलौना गर्दै रोइन् । छोराहरू भूषण र उज्ज्वल आइपुगे । यहाँ श्रीमती सुधा र छोरा सौरभको हाल पनि बेहाल हुने नै भयो । शोकाकुल परिवार, मौन, उदास घर, शुभचिन्तक स्तब्ध रहे । दाजुभाइ बुहारीहरू दौडधुप । उफ ! मृत्यु कति निर्दयी र क्रूर हुन्छ । संसारमा कवि दैवज्ञराज न्यौपानेको शरीर नरहे पनि उहाँका अमर कृतिहरू देश विदेशमा सदैव बाँचिरहने छन् । एक कर्मठ योद्धा, कुशल, लोकप्रिय गुरु, रसिला, सुन्दर, मिलनसार कवि साहित्यकार दैवज्ञराज न्यौपाने हरयुगले सम्झिरहने नाम हो । उहाँ अजर, अमर रहिरहनुहुनेछ । हरपल सबैका सम्झनामा गीत, कविताहरू जग्मगाइरहने छन् ।

२०६९ श्रावण ४