श्रद्धाञ्जली : कवि दैवज्ञलाई
न्यौपाने कुल–दीप–उज्ज्वल तिमी मुस्कान छर्ने छवि
नेपाली कवि–काव्य–फाँटभरिका ज्यादै उज्याला कवि
तिम्रो उच्च विचार भाव महिमा सम्झी सधैँ यो क्षण
थोपा तप्प चुहाउँदै हृदयले श्रद्धाञ्जली अर्पण
१
न्यौपानेभरिका प्रतिष्ठित तिमी व्यक्तित्व हौ राष्ट्रिय
तिम्रो कीर्तिकथा मिठो रहरिलो हो पूर्ण साहित्यिक
तिम्रो कोकिल–कण्ठले कवि–कला घोल्थ्यो जसै स्वर्णिम
श्रोताको मन पुफर्पुफरी हुन गई जाग्थ्यो त्यहाँ जीवन
२
लेख्यौ राष्ट्रिय गीत सुन्दर सफा यो देश ब्यूँझाउने
लायौ प्रीत नयाँ नयाँ रहरमा ती बैंस सम्झाउने
गायौ गीत सुरम्य बोल लयमा रानीचरी सम्भँफदै
लाग्यौ आज कता परन्तु कविजी खोजौँ कहाँ गै रुँदै
३
तिम्रो सुन्दर रूपको कि त उता खाँचो पर्यो स्वर्गमा
यद्वा डाह भयो स्वरूप भरिलो देखी स्वयं ईशमा
को मान्छे नमुना लिएर म भनूँ सौन्दर्य यस्तो थियो
कल्लाई म सुनाउनू अब कठै ! वाणी सुधा नै थियो
४
नारीमा मुमताजको टिपिलियो सौन्दर्य उद्यानको
तिम्रो सुन्दरता टिप्यो पुरुषमा आएर अम्लानको
हे दैवज्ञ ! जमाउनू कविकला स्वर्गीय उद्यानमा
तिम्रा गीत सुनाउनू र कविता गाई मिठा छन्दमा
५
भन्थे बाबुहरू– सुपुत्र हुनु ता दैवज्ञजस्तै हुनू
ज्यादै सुन्दर काव्यकार गतिलो त्यस्तै तिमीले हुनू
बोली रूप र शीपमा गहकिलो सौन्दर्य छर्ने थियौ
त्यो लावण्य अभूतपूर्व तर हा ! बेला नभै अल्पियौ
६
तिम्रा सुन्दर शब्द छन्छन यहाँ कल्लोलमा बज्दछन्
तिम्रा प्रीत र गीतका तरुलता यै धर्तिमा बग्दछन्
छैनौ आज परन्तु हे कवि ! तिमी तिम्रै कला बन्द छन्
तिम्रो शूल्यपनासँगै विरहले यी लेखनी मन्द छन् ।
७