कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

जीवनको कथा

डा. ठाकुरराज अधिकारी

बाल्यकाल बित्यो दाजु, प्रौढावस्था सँगै बित्यो
प्रेमधारा सधैँ बग्थ्यो अब ता प्राण नै छुट्यो
मायाको भाव उस्तै छ स्नेह नाता यसै पनि
सदा सद्गुण सम्भेफर बाँच्नु रै”छ यसै पनि ।

शम्भु रक्षक पारेर बुर्जाको हलमा बसी
पढेको म त बिर्सन्न दाजुभाइ सँगै बसी
बाल्य भाव सँगै जान्थे दिङ्लाका परिवेशमा
प्रयत्न थालियो दाजु बित्यो काल निमेषमा ।

भाइ ठाकुरको नाम स्नेह साथ निभाउँदै
यो कान्तिपुरमा आई ज्ञान वृद्धि गराउँदै
सुनाम कविको राखी भई सफल शिक्षक
हामीलाई यसै छाडी जानु भो अभिभावक ।

प्रतिभा तेजिलो पार्न लेख भाइ ! तिमी पनि
पत्रिकाभित्र लौ लेख स्वास्थ्य लेखहरू पनि
लेखेथेँ प्रेरणा दाइ छाप्नै बालक मा सबै
के गर्न सकियो दाजु ? पशुभैँफ नरवेश भै ।

भाव उर्लेर आँखामा आँसुको रूप लिन्छ यो
अपूर्व स्वादको वस्तु किन हो ? नुनिलो भयो
राख्ने खै ढङ्ग नै छैन भएको मनको व्यथा
सम्भेफर सकिने छैन यौटा जीवनको कथा ।

२०६९ भाद्र १८