कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

ध्रुवतारा

ललिता दोषी

कोमल भावका तिमी

गुनी अति गुनी

वक्रोक्ति होइन

सरल शब्द चुनी

लेख्यौ बाबु–नानीका

असल मित्र बनी

अघाउन्नन् पिई कोही

तिम्रो सृजना माधुरी

यात्रा थियो कठिन अति

सम्झँदा मुटु चर्कने

सुरिलो कण्ठ गुम्यो

भयौ कहिल्यै नफर्कने

पिई अथाह पीडा

छटपटायौ कतिकति

अमूल्य निधि थियौ

गयौ शीतभैफँ सुकी

काया हो बिलाउँछ

सत्कर्म मर्दैन कहिल्यै पनि

दिएका छौ अमूल्य मणि

रहन्छौ ध्रुवतारा बनी ।

बुद्धनगर, काठमाडौं