कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

श्रद्धा सुमन

श्याम न्यौपाने

कुलका दीप दैवज्ञ राष्ट्र्रकै गहना थियौ्

दैवको खेल हो कस्तो ? हामीबाट बिदा भयौ

राजा, रङ्क, युवा बाल बृद्ध छन् कालपासमा

देहै हो नाशिने हाम्रो रहन्न नित्य साथमा

बाँच्ने मानिस हो आफ्नै त्याग कर्म र कीर्तिमा

अनेकौं देन छन् तिम्रा साहित्य इतिहासमा

यात्रा होस् सजिलो तिम्रो शान्तिको गर्छु कामना

श्रद्धाका पूफल अर्पन्छु नरहोस् शोक भावना

विराटनगर