कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

शुभ सम्झना

अर्जुनकुमार न्यौपाने

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि

–गीता

उदयपछिको इहलीलाले अस्ततर्पफ डोर्‍याउँछ । यो प्राकृतिक सिद्धान्त विद्वान् र बलिष्ठदेखि जेष्ठ र कनिष्ठसम्म लागु हुन्छ । राष्ट्रिय कवि व्यक्तित्व दैवज्ञराज न्यौपानेले पनि उक्त नियतिलाई वि.सं.२०६८ साल पुष २ गने ब्रह्मलीनतासँगै वरण गर्नुपर्‍यो ।

बेलायती वैज्ञानिक पिटर हिग्सले कल्पना गरेको हिग्स वसन नामक सूक्ष्माणु उनकै जीवनकालमा पत्ता लाग्यो । त्यसले इलेक्ट्रोन र न्युट्रनलाई जोड्ने, आकार दिने र गुरुत्वाकर्षण भर्ने काम गरेभैंँफ मानव शरीरमा पनि कुनै त्यस्तो वस्तु हुनुपर्छ जसले हामीलाई सात्विक, राजसी र तामसी कार्य गर्न सघाउँछ । त्यो तत्त्व हिग्स वसनभन्दा सयौँ गुना सानो हुनसक्छ । त्यसलाई हामी ईश्वराङ्गको नाम दिन सकौंला । यदि त्यो पत्ता लाग्न सके मानिसको आयु निकै लम्ब्याउन सकिन्थ्यो कि ? नेपालमा त वैज्ञानिक अन्वेषण सम्भव नै छैन नि ! हामी अति ढिला छौं काममा । ३ खर्ब वर्षमा त महाविष्फोट, ब्रह्माण्ड विस्तार, विलयन र पुनः निर्माण हुन्छ भनी मनीषी र वैज्ञानिक मतैक्य भइसके ।

मेरो यो वैज्ञानिक प्रसङ्ग काका दैवज्ञराज न्यौपाने हजारौंँ वर्ष बाँच्नुभएको भए हुन्थ्यो भन्ने अर्थमा हो । कालविधानले ६९ वर्षको उमेरमै उहाँलाई टिप्यो । एकजना उहाँ हजार वर्ष बाँच्दा प्रकृतिमा कुन चाहिं प्रलय आउँथ्यो होला र ? आरोग्यको कामना गर्दै “दैवज्ञ : पद्यध्वनि” कविताकृतिमा स्थापित र वरिष्ठ कवि–कवयित्रीद्वारा बन्दनीय कविताहरू लेखिए तर यमले आँखा चिम्लेर बसे, हेर्दै हेरेनन् । आविर्भावान्त सबैको हुँदोरहेछ ।

मन र मस्तिष्कलाई एकै मधुर वाक्यमा प्रभाव पार्न सक्ने कविलाई मैले वि.सं. २०२८ सालमा देखेको थिएँ । गोगनेको रमिते डाँडो रमित लाग्दै छ । पहिले त्यहाँ चौमासा पुराण गुञ्जिन्थ्यो । पहिलोपल्ट चप्पल लगाएर पुराण सुनी फर्किंदा बानी नपरेको मैले छोडेर फर्किएँछु । खोज्न गएँ, भेटिनँ, तथापि पुराण सुन्न गइरहन्थें । पर्वकै कुनै अवसर हुनुपर्छ, काका रमिते डाँडामा आउनुभयो । सुधामय बोली भएका कवि–भूषण, अर्चनीय र उज्ज्वल अनुहारका, सौरभपूर्ण कृति छर्ने काका दैवज्ञसित हामी साना पुफच्चेले बोल्ने मौका त पाउँदैनथ्यौं, राम्रोसँग हेर्ने अवसर पनि जुर्दैनथ्यो ।

धाइपा अर्थात् घरतिर जाने क्रममा भकारीघरतर्पफको तेर्सो बाटो लाग्दा बाटाको हिलो मेरो खुट्टाले उछिट्टिएर टक्टकाउँदो सेतो सुरुवालमा छिटो बनेर लाग्यो । “मेरो सुरुवाल फोहोर पारिस् नि केटा !” उहाँले भन्नुभयो । उहाँले मसँग गरेको पहिलो एकाङ्गी संवाद यही नै थियो । वि.सं.२०३६ सालको दसैंमा उहाँ पेफरि गोगने जानुभयो । बाटैमा पर्ने हुँदा उहाँ हाम्रा घरमा पसी मेरा पितालाई ढोगेर सुकुलमा बस्नुभयो । म तीन वर्षसम्म विराटनगरमा बसेर त्यही दसैँमा घर गएको थिएँ । दलानमा आएर मैले उहाँलाई ढोगिदिएँ । उहाँले “के गर्दैछस् केटा ?” भन्नुभयो । “म त विराटनगरमा त्यत्तिकै रल्लँदै छु” भनें । “काठमाडौं जान्छस् त ?” उहाँले सोध्नुभयो । मैले “हुन्छ” भनें । त्यतिबेलाका ती दुई वाक्यहरू नै मेरो जीवनमा शैक्षिक, आर्थिक र सामाजिक रूपान्तरण ल्याउने मूल मन्त्र भए । म त्यो क्षणिक संवादलाई महान् चाडको प्रसादतुल्य मान्ने गर्छु । उहाँले मलाई काठमाडौं आउनका लागि रु. १०० पनि दिनुभयो । त्यही पैसाले म यहाँ आएँ पनि । दसैँ–तिहार सकेर म आहाले, दारेगौंडा, टक्सार बजारको पुछार, सुनबालुवा, चतरा र धरान हुँदै विराटनगर पुगी एकजना साथीसित मिलेर काठमाडौं आएँ । ९० रुपियाँका दुई टिकट काटी हामी बाइरोडको बाटो हुँदै राजधानी आइपुग्दा गोधूलि भएको थियो । सुनधारामा उत्रियौं । टु–वे सवारी चल्थ्यो । बाटो काट्न असजिलो भयो । एकजना सज्जन सिपाहीले हामीलाई पाटन क्याम्पससम्म पुर्‍याइदिए । धन्य छ तिनलाई ! आजभोलिका मानिसहरू उत्तर दिन पनि पैसा पर्ला भैंफ गर्छन् । क्याम्पसका सहयोगी कर्मचारीले काकाको निवास बानेश्वरमा पुर्‍याइदिए । भेट भयो काकासित, दुबैले ढोग्यौं । दुईचार दिनपछि उहाँले नेशनल ट्रेडिङ लिमिटेडका तत्कालीन सह–महाप्रबन्धक माधवजङ्ग राणासित भेट गराइदिनु भयो । म त्यस संस्थाको जुत्ता गोदाममा दैनिक दस रुपियाँको जागिरे भएँ ।

त्यसपछि पुल्चोक, ललितपुरको त्रिपद्म विद्यालयमा कक्षा आठमा भर्ना भई रमेश न्यौपाने र तुलसी नेपालको डेरा पूर्णचण्डी, ललितपुरमा बस्न थालेंँ । यसरी काठमाडौं आउने खर्च दिई जागिर पनि जुटाईदिने काकाले मबाहेक अरू धेरै दाजुभाइ, इष्टमित्र र साथीसङ्गीलाई वस्तुगत, वैचारिक, मौद्रिक र पेसागत सहयोग गर्नुभएको छ ।

काका यदाकदा क्षणिक आवेशमा आउनुहुन्थ्यो तर गाली गराइ र पिटाईको अविलम्ब आत्मबोध गर्दै मनमनै “हत्तेरि !” भन्नुहुन्थ्यो । एकपल्ट अनामनगरको बाटो हुँदै कतै जाँदा आर्मीभैंफ देखिने खाइलाग्दा किशोरले चलाएको साइकलले काकालाई अलिकति ठक्कर दियो । काकाले नरम भए पनि फराकिलो दाहिने हत्केलाले ठोक्काउनेको गालामा कसिलो झापु हान्नुभयो । छ–सातजनाको हुद्दा र कविजीको असरदार जीउडाल देखेर होला ती मानिसले कुनै प्रतिक्रिया नदेखाई साइकल डोर्‍याउँदै हिंडे । मलाई पिटाई खानेको माया लागेको थियो तर काकासँग कुनै जिज्ञासा राखिनँ ।

काकासित मैले काठमाडौंदेखि विराटनगरसम्मको रात्रीबसमा यात्रा गरेको छु, २०५० सालमा । बिहेका लागि उहाँले मलाई केटी देखाउन लानुभएको थियो । यात्राभरि उहाँले मलाई कालिदास, श्रीहर्ष, माघ, दण्डी र भारविका व्यक्तिगत–चारित्रिक विशेषताका साथै कृतित्वका बारेमा बोध गराउनुभयो । साङ्ख्ययोग र द्वैताद्वैत वेदान्त दर्शनका गूढ रहस्यका बारेमा पनि चर्चा गर्नुभयो । म उहाँका सुधामय वाणीहरू सुन्थें तर कुरोको चुरो नबुभेफर बबुरो बनी “हजुर ! हजुर !!” मात्र भन्थें । देवकोटाको “शाकुन्तल” महाकाव्यबारे उहाँले मलाई धेरै जानकारी गराउनुभयो । उहाँसँगको स्नेहशील सान्निध्य सङ्गतले मलाई शनैः शनैः छन्दोबद्ध कवितातर्पफ उत्प्रेरणा गराएको हो ।

काकासित मैले त्रिभुवन विश्वविद्यालयमा कवितापत्र पढ्ने सौभाग्य पाएँ । उहाँको भतिज भनी थाहा पाएपछि कतिपय मित्रहरू अलिक हच्केर मसित बोल्थे भने कोहीचाहिं सामीप्य बढाएर कविका बारेमा विविध जिज्ञासा राख्थे । यसमा मलाई गर्व लाग्थ्यो । कवितापत्रको परीक्षण गर्दा म टुप्लुक्क काकाको कोठामा छिरें । उहाँ मेरै उत्तरपुस्तिका जाँचिरहनुभएको थियो । म मुसुमुसु हाँसे । “बिगारिछस् त नाथे !” भन्नुभयो । मलाई प्राप्ताङ्क देखाउनु भएन, भन्नु पनि भएन । मनमनै “अलिअलि नम्बर बढाइदिनु भए हुन्थ्यो !” भनें, बोल्ने हिम्मत गरिनँ । न्यौपानेको स्वानुशासन निकै कडा पो छ त झ्

एकपल्ट मेरा मित्र हरि अधिकारी र म गोर्खा जिल्लाको भच्चेक गा.वि.स.स्थित उहाँकै घरमा जानुपर्ने काम पर्‍यो । गन्तव्यमा पुगिएन, बाटामा बास बस्नुपर्‍यो । संस्कृत साहित्यमा महाकाव्य लेख्नुहुने पूर्णप्रसाद ब्राह्मणका भाइ पर्नेको घर रहेछ । परिवारका सबै सदस्यहरू त्यस दिनको मेलो सिध्याएर घाँसका मुठा र भारी बोकी करेसामा आइरहँदा घामले विश्रामका गोडा टेक्दै थिए । हामी आँगनछेउको ढुङ्गे पर्खालमा बसेका थियौं । घरमुलीले गाईवस्तुलाई खोले–घाँसको व्यवस्था गरिसकेर भाँडा र चामल मागी पकाइतुल्याइ गर्न ठिक्क परेका हाम्रो परिचय मागे । “म भोजपुर, गोगनेको न्यौपाने हुँ” भनें । यति भन्नेबित्तिकै उनले “दैवज्ञराज न्यौपानेलाई चिन्नुहुन्छ ?” भने । मैले “उहाँकै भतिज पर्छु” भनें । यसो भनेपछि उनले प्रसन्न मुद्रामा हाम्रो ठुलो खातिर गरे । बिहे त हामी दुबैको भएको थिएन तर घरमुलीकै भान्सामा ससुरालीको झल्को दिने परिकारयुक्त स्वादिष्ट खाना खाएर सिरकडस्नासहित फराकिलो फलैंचामा आनन्दले सुत्न पायौं ।

काकाको गहकिलो सृजना “किसान” कक्षा ८ को नेपाली किताबमा समावेश गरिएको धेरै वर्ष भयो । त्यो कविता पढाउँदा मलाई गोगनेका प्रत्येक खेतमा गाँज फारेर पसाउनका लागि हुर्किरहेका धानका बोटहरूको सम्झना हुन्छ । कविका बारेमा धेरै कुराहरू विद्यार्थीलाई श्रवण गराउँछु । एकदुई टुक्रा आफ्ना रचना पनि सुनाउने गर्छु । जन्मभूमिकै मायाले होला “किसान” काव्यको वायुपङ्खी घोडा चढेर म वर्षमा एकपल्ट रचने र काउले हुँदै भन्ज्याङ्गमा भारी बिसाई कुलामुनिबाट झरेर अमले गाउँसम्म भावात्मक विचरण गर्छु । गोगनेका अनेक ठाउँमा भुल्भुलाउँदै पुफट्ने पानीका मूल मुहान सम्भेफर कोटेश्वरस्थित हालको घरको अण्डरग्राउण्ड ट्याङ्कीमा ६ महिनादेखि सिमेन्टको धूलो समाहित खल्लो पानी आँखा चिम्लेर घुटुक्कै निल्ने गर्छु । जेहोस् कविजीको रचनाले मलाई २३ वर्षयता पाइलै नराखेको जन्मभूमिका अन्तरकुन्तरमा काल्पनिक घुमफिर गराउँछ ।

काका असाद्धे धार्जे मान्छे । मनुष्यको जीवनलाई सुखभन्दा धेरै दुःखका बाताहरूले कस्ने गर्छन् । बुद्धि र श्रमले आर्जित ऐश्वर्यलाई सन्तुष्टिको बिन्दु मान्नुहुने काकाले पद र पैसाको खेतीका लागि हाँप र झाँप गरेको मैले कहिल्यै थाहा पाइनँ । उहाँकी ममतामयी आमा उमादेवी न्यौपाने पनि पक्षाघातको बिरामी हुनुहुन्थ्यो । उहाँको सेवामा माहिली बुहारी सरिता न्यौपानेको मूल भूमिका रहे पनि अन्य छोराबुहारीको सत्प्रयास उत्तिकै स्मरणीय रह्यो । मेरी माता डम्बरकुमारी न्यौपानेले पनि उमादेवी न्यौपानेको सेवा गर्ने सुयोग पाउनु भयो । हजुरआमाले भोग्नुपरेको पीडादायक प्रतिफलहरूमा हामी सबै द्रवीभूत हुन्थ्यौं । तर स्थितप्रज्ञ भैंफ देखिनुहुने कवि दैवज्ञको अनुहारमा हृदयरेसाबाट बाटिंदै आएका विषादका डोराहरू पटक्कै देखिंदैनथे । अपसोच ! पछि उहाँ आपैंफलाई पक्षाघातले थला पार्‍यो । परिवारका अन्य सदस्यमा यो रोग नलागोस् भनी म अभ्यर्थना गर्दछु । रीता काकीलाई अल्पायुमै अर्बुद रोगले चुँडेर लग्यो । उहाँको स्याहार गर्दा पनि कवि तनावरहित मुद्रामा देखिनुहुन्थ्यो, छटपटी र बेचैनीले के उहाँलाई सताएन होला र झ् तर हामीलाई अनुभूत भएन । मन उम्लेर तातो आँसु कसको गहमा टप्किंदैन र ? तर कवि त्यसलाई निर्जन स्थानमा लामो उच्छ्वाससहित बाहिर फ्याँक्नुहुन्थ्यो होला । शोकसागरका हरेक उत्तालहरूलाई स्वाभाविक रूपमा छिचोल्नुहुने कविजीबाट हामीले सिक्नुपर्ने यही हो– वियोग विरहको भीष्म बज्रपात भए पनि आफ्ना पारिवारिक र सामजिक दायित्वहरूलाई धीरोदात्त नायक भएर यथासमयमा परिपूर्ण गर्नुपर्छ । आपत्मा लत्तो छोड्ने मान्छे आगतको पत्तो पाउँदैन ।

कविजीसँग जोडिएका परोक्ष/अपरोक्ष अनगिन्ती प्रसङ्गहरूले मलाई मिष्टभाषी, रचनाधर्मी, बन्धुवादी र सहनशील बन्न सदा उत्प्रेरित गर्छन् । काकाको शालीन व्यक्तित्व र गहन कार्यकुशलता मनको आँखामा त्यतिबेलासम्म नाचिरहन्छ जतिबेलासम्म मेरो काया बाँचिरहन्छ । काठमाडौंमा रहेर अर्थोपार्जनका निम्ति तँछाडमछाड गर्दै कुदाकुद गर्ने मानिसहरूको भीडबाट कुनै साहित्यकर्मी एक दिन “जोर मुरली” घन्काउँदै कविका बारेमा सम्पूर्ण सत्य प्रकाशन हुने “घामको ढोका” पक्कै पनि खोल्छन् भन्ने आशाका साथ कविज्यूको आत्माले सदैव शान्ति पाओस् भनी परमेश्वरसँग प्रार्थना गर्दै मेरो यो सानो शुभ–सम्झनालाई यहीँ स्थायित्व प्रदान गर्छु ।

छ यो बेला मेरो तरुण वयमा तागत नयाँ

धरित्रीमा छर्ने विविध रचना सृष्टिसुषमा

सहस्रौँ श्रद्धाका कुसुम बटुली अर्पण गरूँ

म मेरो धर्तीमा अमर रहने सौरभ छरूँ।

दैवज्ञराज न्यौपाने

'युवा आकाङ्क्षा'