कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सेतो पहेँलो नीलोको सङ्गम : दैवज्ञ

कृष्ण जोशी

त्यो दिन थियो – २०६८ साल पुस २ गते शनिवार । बिहान बत्ती थिएन अर्थात् विजुलीमा बल्वहरू कतै मुर्च्छा परेर हस्पिटलको बेडमा लम्पसार परेका थिए होलान् । रेडियो, टीभी बन्द । त्यो बिहान के के घटनाहरू घटे, कहाँ कता कस्ता दुर्घटनाहरू भए, कति हत्या अपहरण, भाषण भीषण भए, कता के कस्ता आकारका मान्छेहरू जन्मिए, कतिको वम गोलीबाट मृत्यु भयो सबैबाट अनभिज्ञ थिएँ म । उपत्यका बन्दको पनि दिन थियो त्यो । आवत जावत भेटघाट पनि सहज थिएन ।

बेलायतबासी भोजपुरेहरूको संस्था भोजपुर प्रतिभा प्रतिष्ठानद्वारा त्यसैदिन दिउँसो प्रतिभा सम्मान एवं प्रतिभा प्रतिष्ठान पुरस्कार अर्पण कार्यक्रम निर्धारण भएको थियो । प्रमुख अतिथिका रूपमा मैले वरिष्ठ संस्कृतिकर्मी जी वी लुगुन र चर्चित कवि विप्लव ढकाललाई क्रमशः प्रतिभा सम्मान र प्रतिभा पुरस्कार प्रदान गर्नु पर्ने भएकोले निर्धारित समयमै म कार्यक्रम स्थलमा पुगें । उपस्थिति अलिक पातलो थियो । हामीले सल्लाह गर्‍यौं । कार्यक्रममा अलिक विलम्ब गर्‍यौं ।

केही समयपश्चात् कवि विप्लव ढकाल उपस्थित भए । उनको अनुहार अलिक .......... मलिन थियो । मैले सोधें– आपँैफ पुरस्कृत हुने कार्यक्रममा पनि किन ढिलो उपस्थिति ? अनुहार पनि प्रपुफल्लित हुनुपर्ने– त्यस्तो पनि छैन, ओइलिएको आवाजमा उनले जवाफ दिए– भोजपुमा जन्मिएका नेपालका एकजना प्रसिद्ध स्रष्टा दैवज्ञराज न्यौपानेको आज बिहानै निधन भयो । अन्तिम श्रद्धाञ्जलि अर्पण गरेर सिधै आइरहेछु ।

म भने थाहा नपाएर आज जान सकिन । कतैबाट फोनबाट पनि कसैले केही भनेनन् । मलाई पश्चात्ताप भयो । मैले आर्यघाटमा गएर दैवज्ञलाई एउटा माला पनि समर्पण गर्न सकिन । विप्लव भन्दै थिए – आर्यघाटबाट हिडेर नै आइरहेछु । बस, टेम्पोहरू केही गुडेका छैनन् । हुन सक्छ आज उपस्थिति अपेक्षाकृत हुनेछैन ।

कार्यक्रम प्रारम्भ भयो । प्रारम्भमा नै एक मिनेटको मौन धारणबाट दैवज्ञराज न्यौपानेप्रति अत्यन्त रिक्त, विरक्त मन लिएर ससम्मान उठेर श्रद्धाञ्जलि व्यक्त गर्‍र्यौं । उक्त कार्यव्रफममा सम्मान र पुरस्कार प्रदान गर्दै मैले भनेको थिएँ काठमाडौंको हरेक साहित्यिक कार्यव्रफममा भोजपुरे स्रष्टाहरूको उपस्थिति दश प्रतिशतसम्म पुग्ने गर्छ । त्यही दश प्रतिशतको एउटा स्वाभिमानी उपस्थिति थिए दैवज्ञराज न्यौपाने । उनान्सत्तरी वर्ष पहिले भोजपुरको एउटा गाउँमा जन्मिएर करिब पाँच दशकसम्म बाल साहित्य, कविता, समालोचना तथा सम्पादन क्षेत्रबाट नेपाली साहित्यको अभिवृद्धिमा आफ्नो अमूल्य योगदान पुर्‍याएर उनी गए । जान त गए उनी कहाँ गए, कता गए कसैले केही भन्न सक्दैनन् । तर यति भन्न सकिन्छ जानुभन्दा पहिले नै उनले नेपाली साहित्यको पन्ना र अध्यायमा आपूफलाई अविस्मरणीय बनाईं अमिट छाप छाडेर गए ।

कवि दयाकृष्ण राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि काङमाङ नरेशले भोजपुरको साहित्यिक उर्वरतामा प्रकाश पारेका थिए । पुरस्कार ग्रहण गर्दै कवि विप्लव ढकालले भनेका थिए “भोजपुर त्यस्तो ठाउँ हो जहाँ पृथ्वीनारायण शाहकालीन कवि उदयानन्द अर्ज्याल देखिका स्रष्टाहरूको अभिलेख पाइन्छ । त्यही अभिलेखका एउटा उल्लेखनीय अध्याय थिए – दैवज्ञ ।” उनको मृत्युपश्चात् स्रष्टाहरूबीचमा जब जब साहित्यमा शाश्वत र सत्य पक्षको चर्चा हुन्छ त्यतिबेला दैवज्ञको यो भनाइ अवश्य पनि स्वतः प्रकट हुनेछ । साहित्य शाश्वत सत्यका लागि लेखिनु पर्छ र यसको निरन्तर उन्नति हुँदै जानु पर्छ ।

(जयदेव भट्टराई, साहित्यकार परिचय र अभिव्यक्ति, २०५४ पृ. २१५) ।

दैवज्ञको निधनको त्यो समाचारले म निक्कै बिथोलिएँ । भावुक पनि भएँ । लुगुन र विप्लवका बारेमा अलिकति चर्चा त गर्नु नै पर्ने थियो मैले– प्रमुख अतिथिका रूपमा । त्यही क्रममा एक्कासि मेरो मनमा नयाँ सोच आयो । मैले त्यतिबेला नै लेखेको कविता “श्रवण मुकारुङको बयान” आपैंफले होइन श्रवण र विप्लवबाट वाचन गराउने । उनीहरूले अत्यन्त सुन्दर र शक्तिशाली शैलीमा कविता वाचन गरे । आफ्नो वयान आपैंफले पढ्ने व्रफममा श्रवण अलिकति प्रपुफल्लित, अलिकति उत्तेजित र अलिकति अन्यौलमा थिए । त्यो कविता उनले प्रथम पटक त्यहाँ नै देखेका थिए । “श्रवण मुकारुङको वयान” कवितामा श्रवण मुकारुङको प्रतीक भएर आजको सामाजिक, आर्थिक, राजनीतिक चव्रफव्यूहभित्र कठिनतम जिन्दगी भोगिरहेका, बाँचिरहेका स्रष्टा दैवज्ञराज न्यौपाने मात्र होइन वर्तमानका सम्पूर्ण सर्जकहरू, स्रष्टाहरूको जीवन्त चित्र चित्रित भएको हुँदा सबैले मन पराए । दैवज्ञले भनेका थिए– “मलाई विशेषतः सेतो, पहेंलो र नीलो रङ्ग मन पर्छ” (मोहन दुलाल, अक्षरभित्र स्रष्टाहरू खण्ड १, २०६७, पृ. १७७) ।

कार्यक्रम समाप्तिपछि आ–आफ्ना ठाउँतिर प्रस्थान भयौं । बाटामा हिंड्दा पनि हामीहरूको मनमा दैवज्ञ यसरी खेलिरहेका थिए – दैवज्ञले तीन रङ्गको एउटा सङ्गम निर्माण गरेर गए । त्यो सङ्गम सेतो, पहेंलो र नीलो रङ्गको ।

आकाश हेर्‍यो – सेतो
गुलाफ हेर्‍यो – पहेंलो
नदी सागर महासागर हेर्‍यो – नीलो

दैवज्ञलाई मनपर्ने यी तीन रङ्गको सङ्गममा उनको विम्ब तैरिरहेको देख्ने छौं सधैँ सधैँ नै हामीले । यसरी नै केही क्षण बेलायत बसेर पनि नेपाली साहित्यको सम्वृद्धिमा समर्पित सर्जकहरू दयाकृष्ण राई र काङमाङ नरेश अनि केही क्षण दैवज्ञराज न्यौपानेको चर्चा गर्दै अलिक वर आएपछि हामीहरू छुट्टियौं ।

घट्टेकुलो, काठमाडौं
२०६९ साउन ९

तराइका पाउ हाम्रा पहाडका छाती

ह्यूँचुलीको शिर हाम्रो हामी वीर जाति

मेचीदेखि कालीसम्म सबै हाम्रो घर

सबैभन्दा रमाइलो पौरखको भर।

दैवज्ञराज न्यौपाने

'घामले ढोका खोल्यो'