कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि दैवज्ञका स्मृतिमा

प्रा.डा. केशवप्रसाद उपाध्याय

दैवज्ञराज न्यौपाने कवि मात्र थिएनन्, उनी उच्च प्रतिभासम्पन्न गीतकार, निबन्धकार, समालोचक र बालसाहित्यकार पनि थिए । पेसाले उनी प्राध्यापक थिए र आफ्नो पेसामा उनी दक्ष र निष्ठावान् थिए । उनी कन्दर्पझैँ सुन्दरताका प्रतिमूर्ति थिए । उनका विचार र कर्म पनि सुन्दर थिए । साहित्य शाश्वत सत्यका लागि लेखिनुपर्छ भन्ने उनको मान्यता थियो । आफ्नो मूल्याङ्कन अरूले गर्नुभन्दा पहिले आपूफले के कति गर्न सकेको छु र समय सन्दर्भमा मेरो के कति महत्त्व छ भन्ने बुभेफर मात्र आपूफले आफ्नो मूल्य खोज्नुपर्छ भन्ने उनको विचार थियो । साहित्यकारले आफ्नो मूल्य खोज्नुभन्दा बढी काम गर्नुपर्छ भन्ने पनि उनको विचार थियो । साधना र परिश्रमविना बढी मूल्य खोज्ने, लोभ गर्ने, प्रशंसाका लागि गुट खडा गरेर होहल्ला गर्दै हिँड्ने जस्ता प्रवृत्तिका उनी विरोधी थिए । यस्तो सुन्दर विचार गर्ने स्रष्टा विरलै देखिन्छन् । यो उनको व्यक्तित्वमा अन्तर्निहित तनको सौन्दर्यसँगै मनको सौन्दर्यको पनि प्रतिफल हुनुपर्छ ।

(साहित्यकार परिचय र अभिव्यक्ति, ने.रा.प्र.प्र. वि.सं. २०५४)

६९ वर्षको आयु पाएका कवि दैवज्ञले जीवनको उत्तरार्धमा प्रवेश गरेपछि दुर्भाग्यवश पक्षाघातजस्तो कठोर र क्रूर रोगको सिकार भएर थलिनु परेकाले उनीबाट हुँदै गरेको शिक्षा सेवा, साहित्य सेवा र समाज सेवामा पूर्णविराम चिह्न लाग्यो । यसरी उनको सृजनशील र क्रियाशील जीवनकाल त झन् छोटो रह्यो । जीवन छोटो भए पनि सारपूर्ण रह्यो । महाकवि देवकोटाले भनेकै छन् ः–

पुफल्नू सुन्दर भै दुवै दिन पनि हो सार संसारमा ।

सुन्दर व्यक्तित्व र सुन्दर जीवनका धनी कवि रोगाक्रान्त भएर थलिएका अवस्थामा म उनलाई हेर्न उनको पहिलो घर र दोस्रो घर दुवैतिर पुगेको थिएँ । पहिलो पटक हेर्दा नै त्यस्ता सुन्दर र स्वस्थ व्यक्ति कान्तिहीन मलिन अनुहारका साथ अशक्त भएर शैयामा लम्पसार परेको देखेर म स्तब्ध र व्यथित भएको थिएँ । केन्द्रीय नेपाली विभाग (त्रि.वि.कीर्तिपुर) जाँदा उनलाई जहिले पनि हँसिलो, उज्यालो र रातोपिरो अनुहारमा देख्ने अभ्यास भएकाले रुग्णावस्थाको उनको अशक्त शरीर र कान्तिहीन अनुहार देख्ता मलाई मानसिक आघात पर्नु र पीडाको अनुभव हुनु स्वाभाविकै थियो । मलाई मात्र के त्यस अवस्थामा उनलाई हेर्न जाने जोसुकैलाई पनि त्यस्तै अनुभव हुँदो हो ।

म कहाँ मकवानपुरमा नब्बे सालमा जन्मेर उनीभन्दा १४ वर्ष जेठो र कलैया (वारा) मा हुर्की बढी त्यहीँ संस्कृत साहित्यमा उच्च शिक्षा प्राप्त गरी नेपालीको पठनपाठनमा लागेको मान्छे झ् उनी कहाँ भोजपुरमा जन्मी काठमाडौं बसेर संस्कृतमा विशेष अध्ययन गरी नेपालीमा स्नातकोत्तर गरेर नेपालीको पठन पाठनमा संलग्न भएको मान्छे झ्झ् तर नेपाली साहित्यको लेखक र शिक्षक हुनाका नाताले मेरो उनीसँग निकट सम्बन्ध गाँसिएको हो र केन्द्रीय नेपाली विभागले त्यस सम्बन्धलाइ अझै निकट बनाउन भूमिका खेलेको हो । म राजविराजमा महेन्द्र–विन्देश्वरी क्याम्पसमा कार्यरत रहँदा होस् वा वीरगन्जमा ठाकुरराम क्याम्पसमा कार्यरत रहँदा होस्, मलाई काठमाडौं आइरहनुपर्थ्यो । नयाँ शिक्षा योजना लागु भएपछि अनिवार्य नेपाली र मूल नेपालीका विषय समितिहरूका बैठक र गोष्ठीहरूमा भाग लिनु पर्दा मेरो काठमाडौं आउने जाने क्रम तथा प्रतिनिधिका रूपमा विभिन्न क्याम्पसबाट तिनमा सहभागी हुन आउने प्राध्यापकहरूसँग चिनाजानी, सहकार्य र आत्मीयता स्थापनाको क्रम पनि बढ्यो । यस क्रममा केन्द्रीय नेपाली विभागका कतिपय प्राध्यापकहरूसँग बढी निकटता र आत्मीयता भयो । म विद्यावारिधिका लागि अध्ययन बिदा लिएर काठमाडौंमा बस्न थालेपछि केन्द्रीय पुस्तकालय (कीर्तिपुर) गइरहन्थेँ र यदाकदा विभागमा पनि पस्थेँ । मेरा निर्देशक डा.वासुदेव त्रिपाठी भएकाले कार्यविशेषले पनि म विभागमा जान्थेँ । त्यसै गरी कार्यवश म डा.त्रिपाठीको घर पनि गइरहन्थेँ । कवि प्राध्यापक दैवज्ञसँग मेरो उनी पाटनमा कार्यरत रहँदादेखि नै चिनजान थियो । उनी केन्द्रीय नेपाली विभागमा पुगेपछि त्यो कसिलो हुँदै गयो । उनको घर डा.त्रिपाठीको छिमेकमा भएकाले म यदाकदा उनको घरमा पनि पस्थेँ । उनका भाइ प्रा.केदार न्यौपानेको घर पनि त्यहीँ भएकाले म उनको घरमा पनि पस्थेँ । यी दुई भाइसँग मात्र नभएर उही पेसा भएका उनीहरूका भाइ महेश्वर न्यौपानेसँग पनि म परिचित थिएँ । तीनै भाइको योग्यता, शील–स्वभाव र सौजन्यबाट म सदा प्रभावित रहिआएको छु र मैले सदैव उनीहरूको कल्याणको चाहना गर्दै आएको छु ।

बिरामी कवि प्रा.दैवज्ञ श्रीमतीका साथ अर्को घरमा बस्न थालेपछि भने म चाहेर पनि उनलाई हेर्न जान सकेको थिइनँ, मलाई सो कुरा थाहा पनि थिएन । केही वर्ष अघि कुनै कार्यक्रममा डा.त्रिपाठीको घर गएको बेला म उनलाई हेर्न जान तम्सिँदा त्यतिखेर उनी दोस्रो घरमा भएको थाहा भयो । मैले दोस्रो घर नदेखेकाले उनलाई नहेरी घर फर्कन लाग्दा मलाई प्रा.पीताम्बर दाहालले आफ्नो घर देखाउँदै दैवज्ञजी बसिरहेको घरमा पुर्‍याए । उनको स्वास्थ्यमा केही सुधार भएको देखेर मलाई प्रसन्नताको अनुभव भयो । उठबस गर्न नसक्ने भएका उनले दुईजनाको सहायताले कोठामा र छतमा यताउति हिँडेर पनि देखाए । त्यतिबेला उनकी श्रीमती सुधाले आफ्नो जागिर थाम्दै पतिको उपचार र रेखदेखको आवश्यक र उचित प्रबन्ध मिलाएको देखेर मलाई उनीप्रति गहन सहानुभूति भयो भने श्रद्धा पनि जागेर आयो । त्यहीँ उनीसँगको मेरो अन्तिम भेटघाट भयो । त्यसपछि त म आपैँफ हाडनसासम्बन्धी समस्याले ग्रस्त भएर बाहिरपेफर जान–आउन असमर्थ हुँदै गएँ । अहिले त म आपैँफ घरमा कैदी जस्तो भएर बसेको छु । यो सानो संस्मरण पनि कयाँै दिन लगाएर बल्ल बल्ल लेखेको हँु ।

एक ऊर्जाशील, सृजनशील र क्रियाशील व्यक्ति रोगले ग्रस्त भएर वर्षौँ थलिएको देख्नु नै पीडादायी अनुभव हो, उसमाथि उनको असामयिक निधनले त मर्माहत पार्ने नै भयो । उनको निधन उनका परिवार र इष्टमित्रहरूका लागि अपूरणीय क्षति हो भने साहित्य, संस्कृति, शिक्षा र समाजसेवाका क्षेत्रमा संलग्न व्यक्तिको निधनका सन्दर्भले अपूरणीय राष्ट्रिय क्षति पनि हो । म उनको अमर आत्माको चिरशान्तिको कामना गर्दछु ।

सरस्वतीनगर, चावहिल–६

देखिन्छ नौलो रचना विचित्र

छन् सृष्टिमा नूतन दिव्यचित्र

वसन्तमा जीवन सिर्जना छ

अनन्त माया अनि तिर्सना छ।

दैवज्ञराज न्यौपाने

'वसन्त : केही अनुभूति'