स्मृतिका विम्बमा प्रतिविम्बित दैवज्ञराज न्यौपाने
दैवज्ञराज न्यौपानेसँग चिनजान भएको ठ्याक्कै तिथिमिति त मलाई सम्झना छैन तर स्थान चाहिँ कीर्तिपुरको डाँडो नै हो भन्ने पक्का छ । यिनको नाम पहिलेदेखि नै सुनेको भए पनि यिनीसँग मेरो राम्रो चिनजान म एम्.ए. पढ्न कीर्तिपुर आएपछि मात्र भएको हो । दैवज्ञराज निकै झिल्के छन् भन्ने कुरा त निकै पहिलेदेखि नै सुनिएकै हो तर त्यसको वास्तविकता बोध कीर्तिपुरमै भयो । यसर्थ दैवज्ञ र मेरा बीचमा सम्बन्ध स्थापित गराउने काममा कीर्तिपुरे डाँडाको उल्लेख्य भूमिका छ । पहिले पाटन संयुक्त क्याम्पसमा लामै समय पढाएका र क्याम्पस प्रमुखसमेत भएका दैवज्ञराज न्यौपाने कसैको कृपापात्र भएकाले कीर्तिपुर ल्याइएका रे भन्ने गाइँगुइँ चर्चा सुनिए पनि त्यसले हामीलाई खासै असर पार्नेवाला थिएन । उनी कीर्तिपुरका अरू कतिपय चाटुकार धुपौरेभन्दा योग्य थिए ।
एम्.ए.को कक्षा कार्यतालिकामा कविता पढाउने शिक्षकको नाममा दैन्यौ लेखिएको थियो । नेपाली विभागमा सबै शिक्षकको नाम यसै गरी लेख्ने चलन पुरानै रहेछ र अद्यावधि छँदैछ । अन्त भए उनलाई दैवज्ञ वा डि.एन. भनिन्थ्यो । यसरी बाहिर क्याम्पसमा पूरा नाम वा अङ्ग्रेजीबाट छोटकरी नाम लेख्ने–भन्ने बानी परेर आएका विद्यार्थीलाई सुरुमा एकपटक त तिलमिल नै पार्छ । यस कीर्तिपुरे ढाँचाले हामीलाई पनि पारेकै हो र अहिले पनि पारिरहेकै देखिन्छ । यसरी नेपालीमै छोटकरी नाम बनाउनु त राम्रै हो तर कतिपय नाम त्यसरी छोटकरी पारेर भन्न त के उच्चारण गर्नसमेत नसकिने खालका पनि हुन्छन् । संयोग नै भन्नुपर्छ नेपाली विभागमा अहिलेसम्म त्यस्तो परिस्थिति चाहिँ आएको छैन तर कुनै दिन यस्तो परिस्थिति नआउला पनि भन्न सकिन्न । साप र नाग सम्म पुगिसकेकै छ बाँकी हेर्दै जाऊँ ... । धन्य परमात्मा कसैको भागबन्डाबाट पनि अहिलेसम्म त्यस्तो उच्चारणै गर्न नसकिने नाम नपारिदिएकोमा ।
अँ, प्रसङ्ग दैवज्ञराज न्यौपानेकै । पहिलो दिन दैन्यौ सर कक्षामा आए, चिनजान गरे, सामान्य कुराकानी गरे र आपूफले पढाउने विषय बताए अनि गए । सफारी सुट र ढाका टोपीमा ठाँटिएका दैन्यौको व्यक्तित्व आकर्षक त छँदै थियो, कम झिल्के पनि थिएन । मुसुक्क हाँस्दा उनी झनै सुन्दर देखिन्थे । उनको हाँसोमा कुटिलता देखिन्नथ्यो । पढाउने सिलसिलामा उनी कहिलेकाहीँ त लट्टा पर्ने गरी नै ठट्टा पनि गर्थे । बालकृष्ण समका कविता पढाउँदा तपाईंहरूलाई थाहा छ, सम र उनका बाबुको एउटै केटीसँग लभ परेको थियो नि झ् भन्दै हँसाउँथे तर त्यो कुरा उनले कसरी थाहा पाए भन्ने कुरा न सोधियो न उनले नै बताए । उनले चट्ट समजी झ् भनेर दुई हात ठटाएको अहिले पनि झलझली सम्झना छ मलाई । उनी विद्यार्थीसँग राम्रै हेलमेल गर्ने शिक्षकका रूपमा परिचित थिए । कतिपय शिक्षकहरू दैन्यौ जोरमुरली बजाउन खप्पिस छन् भन्थे तर त्यस्ता तुक नभएका कुराप्रति हाम्रो कुनै चासो थिएन र हामी वास्ता पनि गर्दैनथ्यौँ ।
एम्.ए.को पठनपाठन सकियो । जाँच भयो, रिजल्ट भयो । हुने–नहुने अनेकथोक चर्तिकला पनि भए । अहिले प्रसङ्ग अर्कै भएकाले त्यतातिर नजाऊँ, आवश्यकता परे त्यसबारे छुट्टै चर्चा गरौँला । एम्.ए.पास गरेको केही समयपछि नै म त्यहीँ पढाउन थालेँ । यस घटनाले कतिपयको निद हराम भएको र कतिपय घुसघुसेले भित्रभित्र विरोध गरेको पनि थाहा पाइयो तर दैन्यौले विभागका लागि चाहिने एउटा योग्य मान्छे आयो त के फरक पर्यो ? भन्ने ज्यादै सकारात्मक प्रतिक्रिया दिएछन् । यसपछि उनीप्रति मेरो श्रद्धाभाव अझ बढ्दै गयो ।
दैन्यौ अधिकांशतः सकारात्मक सोचाइ राख्ने व्यक्ति भएको कुरा उनका अनेक गतिविधिले देखाउँथ्यो तर एकपटकको कुरा हो, उनी यति नकारात्मक भए कि त्यो कल्पनै गर्न सकिन्नथ्यो । त्यतिखेर विभागकै एकजना शिक्षक निकै बिरामी भए । उनलाई परिवारले पूरै बेवास्ता गरेको, औषधिउपचार गर्ने खर्च नदिई घरबाट निकालेको... आदि इत्यादि अति अमानवीय कुरा सुन्दा हामी द्रवीभूत भयौँ । उनको उपचारका लागि अनेक ढङ्गबाट रकम सङ्कलन गर्न थालियो ।
देवी गौतम र मैले निकै संवेदनशील बेहोरा लेखेर विभिन्न व्यक्तिबाट एक हजारका दरले चन्दा उठायौँ । अहिलेका सन्दर्भमा यो रकम न्यून देखिए पनि त्यो बेला त्यति रकम चन्दा दिनु भनेको कल्पनातीत नै थियो । अझ नढाँटी भन्ने हो भने त्यतिखेर हामी कसैको पनि एक हजार चन्दा दिनसक्ने हैसियत थिएन । त्यो रकम आधा महिनाको तलब बराबर थियो । हामीले सबभन्दा पहिला आफ्नै नाममा रकम लेखी हस्ताक्षर गर्यौँ र त्यो कागज लिएर अनेकतिर दौडियौँ । कतिपयले हामीले भनेको हार्न नसकेर तत्काल दिए, कतिपयले केही दिनपछि दिने भने कतिपयले हामी आपैफँ उठाएर दिन्छौँ भने । हामीले चन्दा उठाउने कामलाई निरन्तरता दियौँ र कतिपयलाई दबाब दिएरै उठाउन पनि बाँकी राखेनौँ ।
यसै सिलसिलामा हामीले दैन्यौलाई भेट्यौँ । उनले ती व्यक्तिका नाममा पैसा दिन ठाडै अस्वीकार गरे । त्यति सम्पन्न व्यक्तिलाई उपचार गर्न किन चन्दा उठाउनु पर्यो, घर झगडाको कुरा त बहाना मात्र हो, प्रचारबाजी मात्र हो, अनि त्यस्ता पापी...झ् आदि भनेर उनले चन्दा दिनै मानेनन् । त्यति नरम स्वभावका दैन्यौ त्यस्तो उग्र भएको देख्दा हामी छक्क पर्यौँ । तत्काल त छक्क पर्नु मात्र त के हामीलाई उनीसँग रिस पनि उठ्यो र कस्तो अमानवीय मान्छे रहेछ जस्तो पनि लाग्यो । यस्ता पापीलाई पैसा दिनुभन्दा... गर्छु भन्ने अरू कतिपय कनिष्ठ व्यक्तिहरू भेटिएका भए पनि हामीले तिनलाई त्यति वास्ता गरेका थिएनौँ तर दैन्यौजस्तो वरिष्ठको त्यस्तो रुखो व्यवहारले भने हामीलाई आश्चर्यचकितै तुल्यायो । हामी मानवीय संवेदना यसरी किन सुकेको होला भन्ने कुराले चिन्तित भयौँ तैपनि पैसा उठाउने काम रोकिएन ।
काठमाडौंमा घर भएकालाई क्वार्टर नदिने त्रिविको नियमविपरीत हामीले निकै संवेदनशील कुरा गरेर त्रिविका तत्कालीन पदाधिकारीहरूलाई पनि प्रभावित तुल्याई क्वार्टर दिने विशेष निर्णय गरायौँ । प्रिन्सिपलले क्वार्टरको साँचो दिन नमान्दा साँचो फोरेरै उनलाई त्यहाँ लगेर राख्यौँ । अनेकथोक गरेर टेलिफोन पनि जोडिदियौँ । त्यतिखेर टेलिफोन जडान गर्न अहिलेजस्तो सजिलो थिएन । एउटा टेलिफोन लाखौँमा बिक्थ्यो । त्यतिखेर कतिपय सांसद्हरूको पेसा नै त्यही थियो रे झ् निकै माथिका सँग कुरा गरेर अझ भन्ने नै हो भने ठुलै सोर्सफोर्स लगाएर मात्र टेलिफोन जोडिएको थियो ।
यी सब कुरा दैन्यौलाई ठीक जँचेको थिएन । उनी पछि थाहा पाउँछौ यथार्थ भन्दै हामीलाई जिस्क्याउँथे । के भनेको होला यस्तो कुरा भनेर हामी छक्क पर्थ्यौँ । त्यस घटनामा हाम्रो संवेदनशीलता अलि बढ्तै भएको र दैवज्ञको कुरा नै ठिक भएको कुरा खुल्न धेरै दिन पर्खन परेन, छिटै खुलिहाल्यो । के कसरी आदिबारे यहाँ धेरै व्याख्या नगरौँ, आवश्यक परे अन्त कतै गरौँला । अहिलेलाई यत्ति भनौँ हामीले निजप्रति देखाएको अतिशय संवेदनशीलता बेठिक रहेछ र दैवज्ञले भनेको कुरा सोरै आना ठिक रहेछ भन्ने कुरा प्रमाणित भएपछि दैन्यौप्रतिको मेरो सम्मानभाव अझ वृद्धि भयो ।
त्यतिखेर नेपाली विभागमा फलानो फलानो ग्रुपको अनि फलानो चाहिँ फलानो ग्रुपको भनी बिल्ला भिराइदिने प्रचलन व्याप्त थियो । त्यो अहिले पनि पूरै हटिसकेको नभए पनि केही कम चाहिँ अवश्य भएको छ । दैन्यौलाई जुन ग्रुपको भनिन्थ्यो उनी मेरा गु्रपमा पर्दैनथे । हाम्रो ग्रुप भिन्न भए पनि हाम्रा बीचमा कुनै वैमनस्य थिएन, सम्बन्ध सुमधुर थियो ।
म नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रमा हुँदा उनको एउटा कविता पाठ्यपुस्तकमा राख्ने निधो गरेर मैले उनीसँग कविता मागेँ । त्यतिखेर उनी प्रसन्न मात्र होइन निकै भावुक पनि भए । त्यो कुरा उनको सोचाइभन्दा बाहिरको रहेछ । त्यसको कारण चाहिँ उनको र मेरो गुट अलग हुनु रहेछ । त्यो कुरो उनैले खोले र निकै भावुक हुँदै तपाईंले मप्रति दर्साउनु भएको सम्मान म कहिल्यै भुल्दिन, तपाईंजस्तो स्पष्ट र निष्पक्ष मान्छे मैले कमै देखेको छु, आदि भन्दै अरू थुप्रै व्यावहारिक कुरा पनि गरे । उनले एउटा कविता मात्र होइन सिङ्गो पुस्तक नै तुरुन्तै ल्याइदिए । उनको कविता छानेर पाठ्यपुस्तकमा राखियो ... ।
दैन्यौ तपाईंका फलानो फलानो शीर्षक लेखहरू पढेको र ती निकै राम्रो लागेको भन्ने कुरा मसँग बारम्बार गरिरहन्थे । गरिमामा प्रकाशित तपाईंको एउटा निबन्ध त पत्रिका नपाएर फोटोकपी गरेरै पढेको, त्यति राम्रो हास्यव्यङ्ग्यात्मक लेख त मैले पढेकै थिइन आदि भनेर मलाई उत्प्रेरित गरिरहन्थे दैवज्ञ सर । प्रशंसा सबैलाई मन परे पनि मचाहिँ प्रशंसा सुनी पुफरुक्क परेर बुरुक्क उप्रिफने कोटिमा नपर्ने हुँदा प्रतिक्रिया स्वरूप मुस्कुराउँथेँ मात्र । उनका यस्ता अभिव्यक्तिमा कतै कुनै कलुष भाव नदेख्दा उनलाई म झनै आदर गर्न थालेँ ।
एकपटक विभागकै केही शिक्षकहरूका बीचमा कविताका विम्ब र प्रतीकबारे चर्चा भइरहेको थियो । त्यहाँ दैवज्ञ सर पनि थिए । हाम्रा समालोचकहरू फलानाका कवितामा भरमार विम्बप्रतीक पाइन्छ भन्ने लेख्छन् तर कुन र कस्ता भन्ने लेख्दैनन् आदि विषयमा चर्चा भइरहेका बेला मैले फलानाको फलानो कवितामा कहाँनेर विम्ब र प्रतीक छन् बताइदिनुहोस् न झ् भनी चुप लागेर बसिरहेका दैवज्ञ सरतिरै फर्किएर सोधेपछि उनी जुरुक्क उठेर मलाई तान्दै बाहिर निस्किए । म पनि उनीसँगै बाहिरिएँ । ढोकाबाट बाहिरिनेबित्तिकै उनले कानमा खुसुक्क भने खगेन्द्र झ् धरोधरम खासमा विम्बप्रतीक भनेको के हो र कसरी छुट्ट्याउने भन्ने मलाई थाहै छैन । यसको तात्पर्य उनी केही जान्दैनथे भन्ने कुरा होइन, उनी सारै इमानदार थिए भन्ने हो । उनको यस भनाइबाट हामी दुवै बेसरी हाँस्यौँ । हामी हाँसेको विषय अरूले बुभेफनन् र हामीले अरूलाई भनेनौँ पनि । उनको यति इमानदार अभिव्यक्तिबाट म झनै प्रभावित भएँ र उनीप्रति थप सम्मान जनाउन थालेँ ।
दैवज्ञका छोराछोरीको बिहे आदि सामाजिक कार्यमा हामी सपरिवार जान्थ्यौँ । एकपटक म एक्लै गएको । किन एक्लै, अरू खोइ त ? भन्दै निकै खै गरे । यी सब हार्दिकताका परिणाम थिए । उनी बिरामी भएको सुनेर हस्पिटल गइयो । त्यसबेला उनको रूप देख्दा आँसु थाम्न नसकेर म पुफत्तै बाहिर निस्केँ । अस्पतालबाट डिस्चार्ज भएपछि उनी पढाउन नसक्ने भए । उनको क्लास मैले लिएँ र यस्तो अवस्थामा तपाईं पढाउन आउनु पर्दैन हामी नै पढाउँछौँ, हाजिर मात्र गर्न आए हुन्छ भन्दा पनि उनी द्रवीभूत भएको मैले अनुभव गरेँ । उनी राम्ररी बोल्न नसक्दा पनि घरपरिवार सबको हालचाल सोध्थे... ।
सधैँ प्रसन्न मुद्रामा देखिने दैवज्ञको जीवन खुला किताबजस्तै थियो । उनी कसैलाई पनि भनी बिझाउँदैनथे र कसैप्रति दुव्यर्वहार पनि गर्दैनथे । यो कुरा मेरो मात्र होइन, दैवज्ञराज न्यौपानेलाई खराब भन्ने मान्छे बिरलै पाइएलान् । यदि कोही छन् भने तिनको चाहिँ पुनर्मूल्याङ्कन गर्नु आवश्यक छ भन्ने मेरो ठनाइ छ । एउटा घटनामा दैन्यौ किन त्यति त्रूफर भए भन्ने कुरा हामीले नै बुझन नसकी उनलाई नचिनेको मात्र रहेछ त्यसमा पनि उनी नै ठिक रहेछन् भन्ने निष्कर्षमा म पुगेँ ।
सामान्यतया ठिकै अवस्थामा रहेका बेला एक दिन अचानक उनी बितेको खबर सुन्दा म स्तब्ध भएँ... । कोही बितेको क्षणमा आखिर के रहेछ र जिन्दगी झ् एक दिन नगई नहुने, बिचरा फलानो पनि गएछ...झ् भन्न कसैले बाँकी राख्दैनन् तर त्यसको लगत्तैपछि कुकर्ममै लीन हुन्छन् । मान्छेको यस्तो स्वभाव देख्दा अचम्म लाग्छ । धन्य प्रकृतिको सर्वश्रेष्ठ प्राणी मानव झ्
जे होस्, दैवज्ञराज न्यौपाने हाम्रा सामु छैनन् तर आँखामा हाल्दा पनि नबिझाउने उनको व्यवहार सबैका सामु ताजै छ । मेरा स्मृतिमा उनको बिम्ब सदैव उच्च व्यक्तित्वका रूपमा प्रतिबिम्बित भइरहेको छ । अब दैवज्ञ सरलाई श्रद्धाञ्जलि अर्पण गर्नुबाहेक हाम्रो विकल्प नभएकाले त्यही विकल्पको उपयोग गर्दै म दैवज्ञ सरप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
यहाँ खेल खेल्नेहरू छन् हजार
यहाँ खेल भाँड्नेहरू छन् हजार
नजान्ने सबैलाई जान्ने बनाऊ
बिगार्ने नहून् खेल राम्रो बनाऊ।