मेरा लागि दिउँसै रात पर्यो
यौटा मन्दिर जो बन्यो रहरको नेपाल नामाङ्कित
सङ्लो पौरखबाट निर्मित महान् कल्पान्त सन्दीपित
हाम्रो जीवनमा अनन्त रचना अर्पौं यसै अन्तर
एकै देश रचेर विश्व रचिने सङ्गीत हो सुन्दर ।
उपर्युक्त कविता कवि दैवज्ञराज न्यौपाने (१९९९–२०६८) ले रचना गर्नु भएको हो । भोजपुर जिल्लाको अत्यन्त रमणीय स्थल तथा प्राकृतिक छटाले लवालव भरिएको मनोहर गाउँमा जन्मनुभएका कवि दैवज्ञराज न्यौपानेले त्यस ठाउँको मनोरम प्रकृतिप्रदत्त प्रभावबाट अभिप्रेरित भई भावनाको सागरमा डुबुल्की मार्दै काव्यात्मक अभिव्यक्ति पोख्नु स्वाभाविकै देखिन्छ । अत्यन्तै मीठो, सुन्दर तथा लालित्यपूर्ण कविताले उहाँको सहज प्रतिभाको परिचय दिएको छ भन्नुमा अत्युक्ति नहोला । वार्णिक छन्दका कविता रचना गर्नमा सिद्धहस्त कवि न्यौपानेका कविताहरू कतिसम्म सरल, सरस र संवेद्य छन् भन्ने कुरा उपर्युक्त कविताको अध्ययन गर्दा पनि सहजै अनुमान गर्न सकिन्छ । कवि न्यौपानेका कविताहरू देशप्रेम, प्रकृतिप्रेम र प्रणयरसले ओतप्रोत भएका हुन्छन् । मलाई लयदार छन्दमा कोरिएका कविताहरू पढ्न र लेख्नमा रुचि भएकाले म सानैदेखि उहाँका कविताहरू भाका हालेर पढ्ने गर्थें । त्यसकारण मलाई उहाँसितको साक्षात्कारका लागि चौ चौ लाग्नु स्वाभाविकै थियो ।
मलाई समयले डोर्याउँदै लगेको हो वा कवि दैवज्ञराज न्यौपानेसित साक्षात्कार भई उहाँको माया पाउने संयोग परेको हो, म वि.सं. २०३६ साल श्रावण महिनामा प्रमाणपत्रतह (IA) कोअध्ययनका लागि पाटन संयुक्त क्याम्पसमा भर्ना हुन पुगँे । २०३६ साल भाद्र महिनादेखि त्यस क्याम्पसको पढाइ सुरु भयो । म पनि पढ्न जान थालेँ । त्यतिखेर त्यस क्याम्पसका सहायक क्याम्पस प्रमुख कवि दैवज्ञराज न्यौपाने हुनुहँदो रहेछ । मैले त्यो कुरा थाहा पाएपछि त्यस क्याम्पसको नेपाली विभागमा गएर उहाँलाई भेटी नमस्कार गरेँ । उहाँले दुबै हात उठाएर नमस्कार फर्काउनु भयो र सोफातिर देखाउँदै मलाई बस्ने आग्रह गर्नुभयो । मैले उहाँको आज्ञा शिरोधार्य गरी बसेर आफ्नो नाम बताएँ । उहाँले– “कता कता तपाईंको नाम सुनेजस्तो र पढेजस्तो लाग्यो” भन्नुभयो । त्यसपछि म अलिअलि लेख्ने काम पनि गर्छु र पत्रपत्रिकाहरूमा फाटफुट छपाउँदै आएको छु । मेरा तीन ओटा पुस्तकाकार कृतिहरू पनि प्रकाशित छन्” भनेँ । उहाँले हो र ! ल राम्रो गर्नु भो, ती कृतिहरूका नाम के के हुन् नि ? भनेपछि मैले “किसान” कविता सङ्ग्रह, “आत्मज्वाला” लघुकाव्य र “भूल कि पूफल ?” उपन्यास” भनेँ । त्यसपछि उहाँले यसो सम्झेजस्तो गरेर “ए ! मैले कृष्णप्रसाद पराजुलीको हातबाट तपाईँको “आत्मज्वाला” प्राप्त गरेर पढेको थिएँ” भन्नुभयो ।
त्यसपछि मैले– “मलाई लयात्मक कवितामा अत्यन्तै रुचि भएर छन्दमा लेख्ने प्रयास गरेको, त्यसमा धेरै नै छन्दोभङ्ग छ सर !” भनेँ । उहाँले हर्षविभोर भएर– “स्याबास ! तपाईँलाई छन्दमा जति रुचि लागेको छ, त्यति नै छन्दमा लेख्नु पनि पर्छ । सुरु सुरुमा त्यस्तै हुन्छ । साधनारत भइरह्यो भने पछि बिस्तार बिस्तारै हात बस्दै जान्छ । त्यसमा धन्दा नमान्नुहोस् । छन्दमा कविता लेख्न गारो भयो भनेर लेख्न छोड्नु होला । छन्दमा लेख्न विशेष साधना गर्नुपर्छ, सानोतिनो साधनाले छन्दमा कविता लेख्न सकिदैन । तपाईँको “आत्मज्वाला” पढ्दा नै तपाईँले छन्दमा कविता लेख्न सक्नुहुन्छ भन्ने मलाई लागेको छ” भन्नुभयो र मलाई हौस्याउनु भयो । मैले पनि दैवज्ञ सरको अमृतमय वचनलाई शिरोधार्य गर्दै “म प्रयास गर्छु सर” भनेँ । उहाँ र मेरा बीचमा यति कुरा भएपछि म नेपाली विभागबाट बाहिरिएँ ।
मैले सोचेभन्दा बढी सुन्दर व्यक्तित्व रहेछ कवि दैवज्ञराज न्यौपानेको । अग्लो कद, ठुलो निधार, सलक्क परेको नाक, सिपीजस्ता टुपुक्क परेका कान, सुन्दर एवं आकर्षक नेत्रज्योति, अनारका दानाजस्ता टम्म मिलेका दन्तपङ्तिफ, गोरो र हँसिलो मुखाकृति, दौरा–सुरुवाल, कोट र ढाका टोपीमा सजिसजाउ भएर हिँड्दा कवि दैवज्ञराज न्यौपानेको व्यक्तित्व कुनै सुन्दर राजामहाराजाको भन्दा कम देखिँदैनथ्यो । उहाँको शारीरिक सुगठन अत्यन्त आकर्षक भएको कारण उहाँका लागि दौरा–सुरुवाल होस् वा सुट र टाई, कुर्ता सुरुवाल र जुहारी कोट होस् वा सामान्य कमिज सुरुवाल, जुनसुकै पोसाकमा पनि उहाँको व्यक्तित्व सारै नै आकर्षक देखिन्थ्यो । मलाई उहाँको मुस्कानमा उषा मुस्कुराएजस्तो लाग्थ्यो । कवि दैवज्ञराज न्यौपाने मृदुभाषी, मिलनसार, आपूफभन्दा ठुलालाई श्रद्धा र आपूफभन्दा सानालाई स्नेह गर्ने तथा विनयी भावनाले परिपूर्ण र विद्वान् व्यक्ति हुनुहुन्थ्यो । उहाँ परिस्थिति र अवस्था अनुसार मनोविनोदी भावना प्रकट गर्न पनि पछि पर्नु हुन्नथ्यो । उहाँलाई देखेपछि म उहाँको विनयशीलताका साथै लेखनाथको कविता सम्झन्थेँ ।
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो नभुफकेको कहाँ छ र !
अनि उहाँको र मेरो बराबर भेट हुन थाल्यो, आत्मीयता झन् झन् प्रगाढ बन्दै जान थाल्यो र म उहाँसित दिनप्रतिदिन धेरै नै निकट बन्न पुगँे ।
यसैवर्ष अर्थात् २०३६ साल कात्तिक ६ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको ७१ औँ जयन्तीको अवसर पारेर पाटन संयुक्त क्याम्पसको आयोजनामा “विद्यार्थी हित समिति” का प्रमुख आशाराम शाक्यको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप शाखाले बडो धुमधामसित उपत्यकाव्यापी क्याम्पसस्तरीय प्रतियोगितात्मक कविगोष्ठी गरेको थियो । त्यस कविगोष्ठीमा मेरो कविताले प्रथम स्थान प्राप्त गर्यो र मैले रु. २,०००/– नगद पुरस्कारका साथै प्रमाणपत्र पनि प्राप्त गरेको थिएँ । त्यस कविगोष्ठीको पुरस्कार निर्णायक मण्डलमा कवि दैवज्ञराज न्यौपाने पनि रहनुभएको रहेछ । त्यो कुरा मैले निकै दिनपछि मात्र थाहा पाएको थिएँ । त्यसपछि त उहाँले मसित भेट हुने बित्तिकै “मीठा कवि” भनेर सम्बोधन गर्न थाल्नु भयो । त्यो व्रफम उहाँको जीवन पर्यन्तसम्म नै रहिरह्यो । आजसम्म पनि मैले त्यस कुरालाई बिर्सन सकेको छैन र म मेरो जीवनपर्यन्त सम्झिरहने छु ।
त्यतिखेर मैले भर्खर प्रमाणपत्र तह(IA)को पढाइ सुरु गरेको थिएँ । त्यसमा पनि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर(MA)सम्मको अध्ययन गरिरहेका विद्यार्थीहरू लगायत उपत्यकाका सम्पूर्ण क्याम्पसहरूमा अध्ययन गर्ने प्रमाणपत्र तह (IA) देखि लिएर स्नातकोत्तर (MA) सम्मका विद्यार्थीहरूलाई उछिनेर मैले प्रथम पुरस्कार प्राप्त गर्दा म सारै नै हर्षविभोर भएको थिएँ र मलाई अभैफ निरन्तर साहित्यसाधना गर्ने हौसला प्राप्त भएको थियो । त्यसैको फलस्वरूप आज म यहाँसम्म आइपुगेको छु । मैले त्यस कविताको शीर्षक “स्मरणको लहर” राखेको थिएँ । पछि गएर त्यो कवितालाई मैले “कर्मयोगी देवकोटा” महाकाव्यको समापन सर्गमा समावेश गरेको छु ।
मैले प्रमाणपत्रतहको प्रथम र द्वितीय “सेमेस्टर” अर्थात् आई.ए. प्रथम वर्ष उहाँसित पढ्ने मौका पाइनँ । तेस्रो र चौथो सेमेष्टर अर्थात् आई.ए.को द्वितीय वर्ष उहाँसित पढ्ने मौका पाएको थिएँ । मूल विषय नेपाली लिएर पढ्ने विद्यार्थीहरूमा अच्युत प्याकुरेल (का.जि.इन्द्रायणी), म, लीला ढकाल र विन्दु दवाडी मात्र भएको हुनाले कवि दैवज्ञराज न्यौपाने र वरिष्ठ समालोचक एवं निबन्धकार राममणि रिसालज्यूले हामीहरू चारै जनालाई कक्षाकोठामा नभई नेपाली विभागमै बसेर पढाउनु हुन्थ्यो । गुरुवर न्यौपानेज्यूले हामीलाई कविता–काव्य, कथा–उपन्यास, नाटक– एकाङ्कीजस्ता विषय पढाउनु हुन्थ्यो ।
कुरैकुरामा एकदिन मैले गुरु दैवज्ञराज न्यौपानेज्यूसित– “सर ! एउटा रोमान्टिक कविताको राम्रो उदाहरण बताइदिनुहोस् न” भनेँ । उहाँले “किन र ?” भन्नु भयो । मैले– “रोमान्टिक विषयवस्तुको कविता कस्तो हुँदो रहेछ भन्ने जानकारीको लागि मात्र हो सर !” भनेँ । त्यसपछि उहाँले तुरुन्तै तलको गीतिकविता सुनाउँदै रोमान्टिक कविताको सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नु भई त्यस कविताको व्याख्या र विश्लेषण पनि गर्नु भएको थियो । मैले त्यसैबेलादेखि नेपाली साहित्यमा रोमान्टिक कविताको सिद्धान्तका बारेमा राम्रो जानकारी प्राप्त गरेको थिएँ ।
शिवजीको हातमाथि पार्वतीको हात
पर्वतले राखिदिए बडो भक्तिसाथ
रोमाञ्चित भए शिव पार्वतीले छुँदा
जाडो भयो घर जान्छु भनी मागे बिदा
प्रचलित लोक कविता
कवि दैवज्ञराज न्यौपानेका कविताहरू जति मीठा र चित्ताकर्षक हुन्थे त्यत्ति नै उहाँको कविता वाचन गर्ने कला पनि मीठो र आकर्षक थियो । उहाँले सुरिलो स्वरमा वार्णिक छन्दका कविता वाचन गर्दा श्रोताहरू मन्त्रमुग्ध भएर सुन्थे । यस कुराले के प्रष्ट हुन्छ भने उहाँ सारै नै मीठो स्वरको धनी हुनुहुन्थ्यो । उहाँको कविता लेखनमा जसरी काव्यात्मक, रसात्मक र कलात्मक अभिव्यक्ति पोखिएका हुन्थे त्यसरी नै उहाँको सस्वर कविता वाचनमा आकर्षक कला र सुरिलो गलाको संयोजन भएको हुन्थ्यो । अतः उहाँका कविताहरू पढ्न र सुन्नका लागि भावकहरू सधैं नै लालायित र पुलकित भएका पाइन्थे ।
श्रद्धेय गुरु दैवज्ञराज न्यौपानेले हामीलाई साहित्यकार भीमनिधि तिवारीको पूर्णाङ्की नाटक “चौतारा लक्ष्मीनारायण” पनि अध्यापन गर्नुहुन्थ्यो । त्यो पुस्तक पढाउने व्रफममा उहाँले हामीलाई एउटा कुरा भन्नु भएको थियो । त्यो कुरा मैले आजसम्म पनि बिर्सिएको छैन । त्यो कुरा के हो भने चौतारा लक्ष्मीनारायणले राजालाई विष ख्वाएर मारेपछि दरबारको सम्पूर्ण शासनसत्ताको वागडोर आफ्नो हातमा लिएर आफ्ना विपक्षीहरूलाई क्रमैसित मार्दै परास्त गरिसकेपछि कान्छी रानीलाई समेत आफ्नो कठपुतली बनाई रानीसित हिस्करिएर हरबखत खोपीमा नै दिन बिताउन थाल्छ । त्यसपछि ऊ अब मेरा कुनै पनि विपक्षीहरू बाँकी छैनन् । अब म पूर्णरूपले शक्तिसम्पन्न भइसकेको छु । मैले जे गरे पनि हुन्छ भन्ने घमण्डले उन्मत्त हुन्छ र कसैले उसलाई नमस्कार गर्दा पनि हात उठाएर नमस्कार फर्काउँदैन । अभिमानले ग्रस्त भई गमक्क टाउको मात्र हल्लाउँछ । अभिमानको चरम बिन्दुमा पुगेको चौतारा लक्ष्मीनारायणलाई आखिरमा खड्का र खत्रीले खुकुरी प्रहार गरी मार्दछन् । यहीँनेर पुगेपछि हामीलाई गुरु दैवज्ञराजले भन्नुभएको थियो– तिमीहरूले कुनै व्यक्तिलाई नमस्कार गर्दा उसले हात उठाएर नमस्कार फर्काउँदैन, गजक्क पुफलेर टाउको मात्र हल्लाउँछ भने त्यो मानिस घमण्डले उन्मत्त भएको रहेछ भन्ने बुझनू । त्यस्तो मानिसलाई नमस्कार नगरे पनि हुन्छ । श्रद्धेय व्यक्तित्वले दुवै हात जोडेर नमस्कार फर्काउनु भनेको आफ्नो विनयशीलता प्रकट गर्नु हो । यदि कसैले त्यसो नगरी एक हातसम्म पनि उठाउँदैन भने त्यो जस्तो कृतघ्न व्यक्ति अरू कुनै हुन सक्दैन भन्ने बुझनुपर्छ । तर उसका दुबै हातमा केही सामान रहेछन् र हात उठाएर नमस्कार फर्काउन नमिल्ने रहेछ भने टाउको मात्र हल्लाए पनि उसको विवशतालाई बुभेफर नमस्कार गर्नुपर्छ । मेरा श्रद्धेय गुरु दैवज्ञराज न्यौपानेका मुखारविन्दबाट प्रकटित ती कुराहरूलाई श्रद्धापूर्वक हृदयङ्गम गरी आजसम्म पनि मैले अक्षरशः पालन गर्दै आएको छु ।
स्नातक तह (Diploma) उत्तीर्ण गरी ४/५ वर्ष त्यत्तिकै बसेँ । त्यसपछि कता कता मेरो मनले त्यतिकै बस्न मानेन र मैले स्नातकोत्तर (MA)पढ्ने निधो गरी त्रि.वि.मा भर्ना भएर २०४७ साल भाद्र महिनादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरमा धाउन थालेँ । त्यतिखेर गुरुवर दैवज्ञ सरुवा भएर त्यहीँ नै प्राध्यापन गर्न पुग्नुभएको रहेछ । त्यहाँ पनि मैले कविता–काव्यजस्ता साहित्यिक विधाहरू अन्य गुरुहरू लगायत उहाँसित पनि पढ्ने मौका पाएको थिएँ । त्यसबेला कीर्तिपुर केन्द्रीय क्याम्पसस्थित विद्यार्थीहरूको संस्था “साहित्य कुञ्ज” मार्पफत हामीहरूले २०४८ सालमा साहित्यकार बदरीनाथ भट्टराई र पारिजातको भव्य समारोहबीच अभिनन्दन गरेका थियौँ । त्यस समारोहमा गुरुवर दैवज्ञराज न्यौपानेको पनि अविस्मरणीय सहयोग रहेको थियो । त्यस अभिनन्दन कार्यव्रफममा विशिष्ट वक्ताको तर्पफबाट दैवज्ञराज न्यौपानेज्यूले साहित्यकार बदरीनाथ भट्टराईको निम्नलिखित एक श्लोक कविता मीठो लयमा सस्वर वाचन गर्दै कवि भट्टराई र साहित्यकार पारिजातका साहित्यिक योगदानको बारेमा विस्तृत रूपले प्रकाश पार्नु भएको थियो । –
रक्षा खातिर सर्पको शरणमा पर्ने कुनै मानिस
देखेको छ र के सुरक्षित यहाँ लाग्दै नलागी विष
ज्यादै प्रेम गरेर खास उसले गर्दा पनि चुम्बन
हाम्रो यो अनमोल जीवन उडी जाने खरानी हुन ।
त्यसैगरी उहाँ क्याम्पसका विद्यार्थीहरूले गरेका अन्य साहित्यिक गतिविधिहरूमा पनि सव्रिफय रूपमा सहभागी बन्दै आउनुभएको कुरा पनि मेरा लागि अविस्मरणीय रहेको छ ।
मैले त्रि.वि.बाट स्नातकोत्तर (MA) उत्तीर्ण गरिसकेपछि पनि विभिन्न सङ्घ–संस्थाहरूले आयोजना गरेका साहित्यिक कार्यव्रफमहरूमा उहाँको र मेरो बराबर भेटघाट भइरहन्थ्यो । उहाँ आपैफँ पनि विभिन्न साहित्यिक संस्थाहरूसित आबद्ध भएको कारण ती साहित्यिक संस्थाहरूले आयोजना गरेका प्रत्येक साहित्यिक सभा–समारोहहरूमा मलाई आमन्त्रण गर्नुहुन्थ्यो । म पनि ती कार्यव्रफमहरूमा निकै हर्षोल्लासका साथ सहभागी बन्न पुग्थेँ । ललितपुरको हात्तीवनस्थित “लिटिल एन्जल्स बोर्डिङ स्कूल” ले त्यस स्कूलका प्रिन्सिपल उमेश श्रेष्ठको सव्रिफयतामा प्रत्येक वर्ष असार महिनाको अन्त्यतिर “भानु जयन्ती” मनाउने गर्थ्यो । कविवर दैवज्ञराज न्यौपानेज्यूले ती कार्यव्रफमहरूमा मलाई पनि आमन्त्रण गरी सहभागी बनाउनु हुन्थ्यो । सोही सिलसिलामा मैले २०५४, २०५५ र २०५६ सालसम्म त्यस स्कूलले आयोजना गरेका भानुजयन्तीमा भाग लिएको थिएँ । काठमाडौं उपत्यकामा मात्र नभई देशका विभिन्न जिल्लाहरूमा गरिएका साहित्यिक व्रिफयाकलापहरूमा मलाई पनि उहाँसँगै भाग लिने मौका प्राप्त भएको थियो । वि.सं. २०५९ सालमा प्रकाशित मेरो “अन्तरका सुसेली” नामक कविता सङ्ग्रहमा गुरुवर दैवज्ञराज न्यौपानेज्यूले सारगर्भित भूमिका पनि लेखिदिनुभएको थियो ।
त्यसपछि ५/६ महिनासम्म गुरुवर दैवज्ञराज न्यौपानेसित भेट हुन सकेन । विभिन्न साहित्यिक संस्थाहरूले गरेका साहित्यिक सभा–समारोहमा पनि उहाँको अनुपस्थिति देखेर सोधनी गर्दा मैले थाहा पाएँ कि, उहाँ त पक्षाघातले थला पर्नु भएको पो रहेछ । त्यो कुरा थाहा पाएपछि उहाँको घरमा २/३ पटक भेट्न गएँ । मेरो हृदयभरि गुरुको अटुट सम्झना रहे पनि मेरो आफ्नै व्यस्तताले गर्दा बराबर श्रद्धेय गुरुलाई भेट्न जान सकेको थिइन । केही समय पश्चात् संयोगवश मैले जागिर खाने अड्डा स्थानीय विकास मन्त्रालयमा उहाँकी श्रीमती सुधा न्यौपाने उपसचिवको रिक्त रहेको पदमा सरुवा भएर आउनु भयो । त्यसको एक/दुई वर्षसम्म उहाँबाट मैले गुरु दैवज्ञराज न्यौपानेको बारेमा जानकारी लिन पाएको थिएँ ।
संस्कृतको विशेष अध्ययन गर्नु हुने साहित्यकार न्यौपानेले नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएका न्यौपाने कतै नेपाली विभागीय प्रमुख र कतै क्याम्पस प्रमुख हुँदै प्राध्यापक तहसम्म पुग्नुभएको थियो । उहाँ वार्णिक छन्दका कविता लेख्नमा सिद्धहस्त एवं सफल कविका रूपमा सुपरिचित हुनुहुन्छ । त्यसैगरी उहाँले थुप्रै गीत र बालसाहित्य पनि रचना गर्नुभएको छ । उहाँका सम्पूर्ण रचनाहरू अब्बल दर्जाका छन् । समालोचनाका क्षेत्रमा पनि उहाँको राम्रैसित कलम चलेको देखिन्छ । विभिन्न साहित्यिक पत्रिकाको सम्पादक समेत रहँदै आउनुभएका न्यौपाने युवावर्ष मोती पुरस्कार (२०४२) बाट सम्मानित पहिलो व्यक्तित्व हुनुहुन्छ । त्यसैगरी उहाँ गुणराज स्मारक व्याख्यान पुरस्कार, बाल हितकारी पुरस्कार तथा विभिन्न प्रतियोगितात्मक कविगोष्ठीमा पनि पुरस्कृत हुँदै आउनु भएका कवि न्यौपानेले अन्य धेरै पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ । वि.सं. २०६७ साल जेठ २१ गते शुक्रवार कोकगोष्ठी परिवारको तर्पफबाट त्रिचन्द्र क्याम्पसको हलमा कवि दैवज्ञप्रति आरोग्य कामना गरिएको कवितासङ्ग्रह “दैवज्ञ : पद्यध्वनि” को लोकार्पण गरी उहाँको सम्मान गरिएको थियो ।
वि.सं. २०६८ साल मङ्सिर २९ गते कवि न्यौपानेकी धर्मपत्नी सुधा मेडमले सरकारी जागिरबाट अवकाश प्राप्त गर्नुभयो । त्यसको दुई दिनपछि अर्थात् पौष २ गते साहित्य सदन रामहिटीमा साहित्यकार रमेश विकलको स्मृति दिवस मनाउने कार्यव्रफम रहेको थियो । त्यस कार्यव्रफममा रमेश विकलका जेष्ठ सुपुत्र एवं साहित्यकार विजय चालिसेले मलाई पनि आमन्त्रण गर्नुभएको थियो । त्यसकारण म पनि विकलको स्मृति दिवसमा सहभागी भएको थिएँ । त्यसैदिन बेलुका ३ बजेपछि मात्र कवि तथा साहित्यकार दैवज्ञराज न्यौपानेको निधन भएको कुरा मैले थाहा पाएँ । दैवज्ञराज न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जली दिएर बेलुकीपख विकलको स्मृति दिवसमा भाग लिन आएका साहित्यकारहरूबाट गुरुवर दैवज्ञको निधन भएको खबर मैले प्राप्त गरेको हुँ ।
त्यो दुःखद खबरले मलाई सारै नै स्तब्ध बनायो । म धेरै नै मर्माहत बन्न पुगेँ । मेरो मानसपटलमा गुरुसँग हिँडेको, साहित्यिक गोष्ठीहरूमा सँगसँगै भाग लिएको, सँगसँगै बसेर खाएको जस्ता कुराहरू सिनेमाको पर्दामा भैँफ घुम्न थाले । मेरा लागि एकप्रकारले दिउँसै रात परेजस्तो भयो । वि.सं. २०६८ साल पुस ५/६ गतेतिर स्थानीय विकास मन्त्रालयमा कार्यरत केही उपसचिव र म लगायत अन्य शाखा अधिकृतहरू अफिसबाटै मोटर लिएर श्रद्धेय गुरुमा सुधा न्यौपाने र काजक्रियामा बसेका उहाँका सुपुत्रहरूलाई भेट्न सुन्दरबस्ती, गैरीगाउँस्थित उहाँको घरमा गएका थियौं । एउटा महान् साहित्यिक महारथीको यसरी अन्त्य भएको थियो । प्रजातन्त्रिक परिपाटीमा आस्था र विश्वास राख्ने कवि दैवज्ञराज न्यौपाने अन्याय, अत्याचार तथा सामन्तवादको विरोधी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँद्वारा लिखित त्यस्तै भावना झल्कने एक कविता यहाँ प्रस्तुत छ :
सबैको जय होस् किन्तु कडा दुर्दिन ता नहोस्
मिली सामन्तले चुस्ने खाल्टो अन्यायको नहोस्
नहोस् अत्यास नै त्यस्तो पार्ने मानव बेपता
अर्को जन्म भए पेफरि रहोस् नेपाल सर्वदा
मेरा लागि आजीवन सम्झनामा रहिरहने कवि न्यौपानेसित सम्बन्धित यस्ता धेरै संस्मरणहरू छन् । ती सबै घटना विवरणहरू यो सानो लेखमा समेट्न सम्भव नभएकोले यति भन्दै श्रद्धेय गुरुवरप्रति भावनात्मक श्रद्धाञ्जली अर्पण गर्दछु ।
बालाजु, काठमाडौं